‘खोलो तर्यो, लौरो बिर्सियो’ । नेपाली कांग्रेसका लागि अहिले यो उखान ठ्याक्कै मिलेको छ । जुन लौरो टेकेर खोलो तरेको थियो त्यही टेकोलाई चटक्क बिर्सँदा यसपालि कांग्रेसले जँघार पार गर्न सकेन । गठबन्धनको मर्म लत्याउँदा सरकारका सम्पूर्ण शासकीय जिम्मेवारीबाट कांग्रेस बाहिरिएको छ । राजनीतिमा बहुआयाम हुन्छन् । यसमा अडान हुन्छ तर हठ हुँदैन । जुन हठ कांग्रेसले त्यागेन, उसै हठले कांग्रेसलाई जेलिदियो । आरजु राणा कांग्रेसको शीर्ष तहको राजनीति बागडोरमा प्रवेश गर्दा कांग्रेस नेतृत्वमा प्रश्न उठेक