अबको प्रदेश सरकार : उद्यमी र आत्मनिर्भर सरकार

पछिल्लो समयमा संघीयताका सवालमा विभिन्न प्रवृत्तिहरु पर्दामा देखिने गरेका छन् । एकातिर संघीयतालाई अझै सुदृढ गर्नुपर्छ र यसको मूल मर्मअनुरुप पुनःसंरचना गरिनुपर्छ भन्ने प्रगतिशील धार देखिएको छ भने अर्कोतर्फ खास गरी आफू सत्तामा जान पाए संघीयता र प्रदेश सरकार ठीक, सत्ता छोड्नुपर्दा प्रदेशको काम छैन भन्ने एउटा प्रवृत्ति जबरजस्त ढंगले मौलाउँदै गएको देखिन्छ । यो प्रवृत्तिलाई सैद्धान्तिक रुपमै संघीयता विरोधीहरुले आफूअनुकुल उपयोग गर्दै जनताको ऐतिहासिक संघर्षबाट प्राप्त उपलब्धिलाई नै धरापमा पार्ने प्रवृत्त

सम्बन्धित सामग्री

नेपाल बैंकले लुम्बिनी प्रदेशका उद्यमीलाई ब्याज अनुदानमा कर्जा दिने

नेपाल बैंक लिमिटेड र लुम्बिनी प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच अनुदानग्राही उद्यमीहरूलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।यस सम्झौता बमोजिम पाँच वर्षका लागि प्रवाह गर्ने ऋणमा ब्याज अनुदानको सीमा बढीमा तीन वर्षसम्म पाँच लाख रुपैयाँमा नबढ्ने गरी ऋणको परिमाण निवेदकको माग बमोजिम प्रति उद्यमी अधिकतम २० लाख रुपैयाँ सम्म हुनेछ । यस सम्झौता बमोजिम ब्याज अनुदानका लागि ११ करोड रूपैयाँ उक्त कोषमा विनियोजन गरिएको छ । यस सम्झौता बमोजिम अनुदानग्र

वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने

काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो ।महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए ।महासङ्घको आयोजना तथा उद्योग वाण

हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी मेला

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी मेला सुरु भएको छ।बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति र प्रदेश महिला उद्यमी समितिको समन्वयमा दुई दिने मेला सोमबार सुरु भएको हो। मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरणको अवस्था राम्रो भएको बताए। उनले अब महिलाको आर्थि

बागमती प्रदेश सरकार : विनाधितो सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता

हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा उत्पादन तथा रोजगारी सृजनाका लागि विनाधितो सहुलियतपूर्ण ऋण व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रदेशअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आवमा सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत रूपमा विभाजन गरी कुल २ अर्ब लगानी गर्ने योजना बनाएर बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले गत आव २०७७/७८ देखि सो कार्यक्रमको शुरुआत गरेको थियो । सर्वसाधारण जनताका लागि जीविकोपार्जनतर्फ टेवा पु¥याउने उद्देश्यले ल्याइएको सहुलियत ऋण लगानी व्यवस्थापन कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउन निरन्तरता दिइएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । कार्यक्रम अनुसार कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय र फोहरमैला व्यवस्थापनतर्फ ऋण उपलब्ध गराइनेछ । ऋण प्रवाह हुने परियोजना नै सुरक्षित रहने गरी ऋण वा परियोजना धितो राखेमा बढीमा १० लाखसम्म ऋण उपलब्ध गराइनेछ । युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमलाई यस वर्ष निरन्तरता दिइएको छ । प्रदेश सरकारले १३ ओटै जिल्लामा रहेका कृषि विकास बैंक लिमिटेडमार्फत युवा उद्यमीलाई सहुलियतअन्र्तगत तीन प्रतिशत ब्याज दरमा ऋण लगानी गर्नेछ । २१ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति वा सो उमेर समूह मिलेर बनेको समूहले सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई सहुलियतपूर्ण ऋण लगानी गरिनेछ । विभिन्न व्यावसायिक क्षेत्रका लागि एक युवा उद्यमी वा युवा मिलेर बनेको समूहलाई बढीमा ५ वर्षका लागि वार्षिक ३ प्रतिशत ब्याजदरमा अधिकतम २० लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका योजना बजेट तथा कार्यक्रम महाशाखाले बताएको छ ।   कार्यक्रमअनुसार प्रदेश सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवर्द्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, वन तथा वातावरण क्षेत्र, महिला तथा दलित समुदाय विकासको क्षेत्र र फोहोरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने योजना छ । मन्त्रालयले सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत रूपमा  क्रमशः कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन प्रवर्द्धन, व्यापार व्यवसाय, वन तथा वातावरण र महिला तथा दलित सुरक्षा विकासको ऋण गरी फरक फरक क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानी गर्ने मन्त्रालयको रणनीति छ । चालू आवमा सहुलियतपूर्ण ऋणमध्ये सबैभन्दा बढी कृषि व्यवसायको क्षेत्रतर्फ १ हजार ६०० किसानका लागि ४७ करोड ८९ लाख ६१ हजार र सबैभन्दा कम वन तथा वातावरण क्षेत्रतर्फ एकजनाको लागि २ लाख लगानी गर्ने लक्ष्य रहेको मन्त्रालयले बताएको छ । बागमती प्रदेशभित्र ६५ ओटा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालय र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५१ शाखा कार्यालयमार्फत ऋण लगानी कार्यक्रमलाई निरन्तरता दिने मन्त्रालयको योजना छ । रासस

कोरोना प्रभावित उद्यम उद्दारमा ध्यान देऊ : विवेकशील साझा पार्टी

काठमाडौं। विवेकशील साझा पार्टीले संघीय सरकार तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्दारका लागि कुनै कदम नचालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। “संघीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत् अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ,” विवकशीलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्धन कार्यक्रम सुरु

काठमाडौं । बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तर्गत युवा उद्यमी प्रवर्धन कार्यक्रम सुरु भएको छ ।शनिबार एक कार्यक्रमका बिच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र ...

उद्यमी बन्न चाहने युवाले सहुलियत ब्याजमा कर्जा पाउने

उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रूपमा