शिवरात्रीमा यसरी गरिँदै ट्राफिक व्यवस्थापन, पशुपतिमा ९ सय प्रहरी परिचालन

मंगलबार पशुपतिनाथको मन्दिरमा महाशिवरात्री पर्वमा हुने भीडलाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष ट्राफिक व्यवस्थापन योजना बनाएको छ । जसअनुसार सम्पूर्ण तयारी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग

काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी परिचालन सुरु गरेको छ ।  सवारी साधनको चाप धेरै हुने ठाउँमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको नगर प्रहरी बलका एसपी राजु पाण्डेले रातोपाटीलाई बताए । बुधबारबाट कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकीलगायत ठाउँको ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटिएका छन् ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

दशैंका लागि उपत्यका छाड्नेको संख्या बढ्यो

काठमाडौं । दशैं शुरू भएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ । यही असोज १ देखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ । काठमाडौं भित्रिने र बाहिरिने यात्रुको संख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिक रूपमा १ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । प्रहरीको अभिलेखमा रहेका बाहेक समेत धेरै यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिने क्रम बढिरहेको र दशैं बिदा शुरू भएपछि भने यो संख्या अझै बढ्ने बताए । ‘अहिलेसम्म सामान्य रूपमा बढिरहेको छ, अब थप बढ्छ,’ उनले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौं, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।’ असोज १ देखि २२ सम्ममा १ लाख ४२ हजार २२७ सवारीसाधनमा ७ लाख ७६ हजार ३७१ यात्रु भित्रिएको तथ्यांक छ । सोही अवधिमा १ लाख ४३ हजार ७७३ सवारी साधनमा ८ लाख ७० हजार ४९६ यात्रु बाहिरिएको महाशाखाले बताएको छ । यद्यपि रिजर्भ गरेर जाने यात्रुको संख्या यसपालि बढी छ । त्यसरी जानेको संख्या भने प्रहरीको अभिलेखमा रहँदैन । साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्भ गरेर घर जाने प्रचलन यसपटक बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए । यसपटक  असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट विक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष रूपमा टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा प्रहरी परिचालन गरिएको महाशाखाले बताएको छ । प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेको बताइएको छ । चाडबाडका बेला चोरी तथा आपराधिक घटना हुन सक्ने भएकाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ ओटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी खटाइएको जानकारी दिए । चाडबाडका बेला आफै पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । रासस

बडादशैँ नजिकिएसँगै उपत्यका छाड्नेको संख्या बढ्न थाल्यो

असोज २४, काठमाडौं । नेपालीको महान् चाड बडादशैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए ।  अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । काठमाडौं भित्रिने र बाहिरिने यात्रुको संख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दशैँ बिदा शुरु भएपछि भने यो संख्या अझै बढ्ने बताए । ‘अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ’, महाशाखाका प्रमुख भट्टराईले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ । यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए । प्राप्त विवरणअनुसार १६ गते भित्रिने संख्या ४२ हजार २२६ थियो भने बाहिरिने संख्या ४१ हजार ४८४ थियो । त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो । असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए । त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन् ।  यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए ।  महाशाखाले दिएको तथ्यांकअनुसार असोज २२ गते शुक्रवार ६ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए । सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ । त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जानकारी दिएको छ । असोज १ देखि २२ सम्ममा कुल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्यांक छ । सोही अवधिमा कुल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जानकारी दिएको छ । प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने संख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन् ।  यद्यपि रिजर्ब गरेर जाने यात्रुको सङ्ख्या यसपाली बढी छ । त्यसरी जानेको संख्या भने प्रहरीको अभिलेखमा रहँदैन । साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए । यसपाली  असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट विक्री खुला गरिएको थियो । अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ । त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जानकारी दिएको छ ।  प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ । माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ । कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जानकारी दिइएको छ । यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ ओटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।  प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिए । रासस

यातायात क्षेत्रमा ठगी रोक्न सादा पोशाकका ट्राफिक प्रहरी परिचालन

काठमाडौं : बडा दशैँ, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्ड कायम गराउन आजदेखि ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना कार्यान्वयन थालेको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रण निम्ति ट्राफिक प्रहरी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा ...