काठमाडौंको ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग

काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी परिचालन सुरु गरेको छ ।  सवारी साधनको चाप धेरै हुने ठाउँमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको नगर प्रहरी बलका एसपी राजु पाण्डेले रातोपाटीलाई बताए । बुधबारबाट कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकीलगायत ठाउँको ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटिएका छन् ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

सम्बन्धित सामग्री

‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारेका हुन् । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड र जलजलाचोक–ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ । विकल्पसहित पार्किङ निषेध गरेकाले निर्णयबाट पछि नहट्ने प्रमुख कोइरालाको भनाइ थियो । ‘हरेक पार्किङस्थलबाट दुईदेखि तीन मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ,’ कोइरालाले भने । महानगरले बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको छ । सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रूपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेकोे कोइरालाले बताए । विराटनगर महानगरका उपप्रमुख शिल्पा निराला कार्कीले सडकमा पार्किङ निषेध गरिएकोप्रति यात्रु र सर्वसाधारणले खुशी व्यक्त गरेको दाबी गरिन् । ‘विराटनगर हामी सबैको हो, हामी सबै मिलेर लाग्यौं भने मात्र विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौं,’ उनले भनिन् । वडा नं ९ का अध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीलाई आग्रह गरे । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायब निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको जानकारी दिए । रासस

सटरबाहिर सामान राखे नियन्त्रणमा लिन मेयर कोइरालाको निर्देशन

विराटनगर । पसलको सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर प्रहरीलाई निर्देशन दिएका छन् । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाइ, फुटपाथ व्यापार नियन्त्रण र पार्किङ व्यवस्थापनको काम तीव्र बनाएको छ । महानगरका मेयर कोइराला नेतृत्वको टोलीले सोमवार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । सटरभन्दा बाहिर सामान राखेको पाइए नियन्त्रणमा लिन महानगर प्रहरीलाई मेयर कोइरालाले निर्देशन दिएका छन् । ‘महानगरले पटक पटक सार्वजनिक सूचना प्रकाशन र माइकिङ गरेर सटरभन्दा बाहिर सामान नराख्न आग्रह गरिसकेको छ,’ उनले भने, ‘सटर बाहिर सामान राखे अब महानगर प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसमा गुनासो गर्न पाइँदैन ।’ विराटनगरलाई व्यवस्थित बनाउने दायित्व महानगरवासी सबैको भएकाले सहयोग गर्न उनले आग्रह समेत गरे । अनुगमनमा मेयर कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, ११ नं वडाका अध्यक्षसमेत रहेका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीलगायतको सहभागिता थियो । महानगरले पहिलो चरणमा जलजलाचोकदेखि कोशी अस्पताल चोकसम्मलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । सो क्षेत्रको पार्किङ व्यवस्थापन जलजला हल अगाडि गरिएको छ । टोलीले महावीर रोड उत्तर र पुरानो गुद्रीमा निर्माण भइरहेको पार्किङस्थलको पनि निरीक्षण गरेको छ । त्यसैगरी महानगरले हिमालय रोडमा रहेको शपिङ कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ पनि सञ्चालनमा ल्याउने भएको छ ।

ट्राफिक व्यवस्थापनमा काठमाडौँ महानगर प्रहरीको सहयोग

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ। नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएका समय विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो।