कोरोना संक्रमणका कारण बेलायतकी कोन्टाले विम्बल्डन नखेल्ने

एजेन्सी। तीनपटक ग्राण्डस्लामको सेमिफाइनल खेलिसकेकी जोहाना कोन्टाले कोभिड–१९ संक्रमणका कारण विम्बल्डन टेनिस गुमाउने भएकी छन्। टिममा एक जना संक्रमित भेटिएपछि २७औं वरियाताकी कोन्टाले प्रतियोगिता नखेल्ने निर्णय गरेकी हुन्। अल इङ्ल्यान्ड क्लबका अनुसार संक्रमित व्यक्तिसँग कोन्टा धेरै निकट भएकाले उनी १० दिन सेल्फ–आइसोलेसनमा बस्न लागेकी हुन्। विम्बल्डन आजबाट सुरू हुँदैछ। कोन्टाले २०१७ मा विम्बल्डनको सेमिफाइनल खेलेकी थिइन्।

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमणका कारण २ जनाको ज्यान गयो

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ९२ जनाको नमुना परीक्षण गर्दा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८५ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ । यस्तै पछ...

कोरोना संक्रमणका कारण जुम्लामा एक महिलाको मृत्यु

जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ निवासी ३३ बर्षीया बाटु सुनारको कोरोनाका कारण बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी...

कोरोना संक्रमणका कारण एकको मृत्यु

पाँचथर । कोरोना भाइरस संक्रमणका कारण बुधबार एक बृद्धाको मृत्यु भएको छ । फिदिम नगरपालिका–३, की ८४ बर्षीया बृद्धाको उपचारको क्रममा फिदिमस्थित समर्पित अस्पतालमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनलाई भदौ ६ गते कोरोना पोजेटिभ भएको थियो । योसँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । The post कोरोना संक्रमणका कारण एकको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं। आज देशभर थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ जना रहेको छ। हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु दर १.५ रहेको छ भने देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ।

आज देशभर ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर थप ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ। मन्त्रालयकाअनुसार हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युदर १.५ प्रतिशत रहेको छ। अर्कातिर, नेपालमा हालसम्म कुल ७ लाख ९८ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थप ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ। हाल नेपालमा कोरोनाको कारण हुने मृत्युको दर १.५ रहेको छ। त्यस्तै, हाल देशभर कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ।

कोरोना संक्रमणका कारण आज देशभर ३७ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युदर १.५ रहेको छ। हालसम्म नेपालमा ७ लाख ७३ हजार ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणका कारण देशभर ३४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर ३४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण आठ हजार ६७५ जनाको मृत्यु भइसकेको छ। हाल नेपालमा कुल संक्रमितको संख्या छ लाख ४५ हजार २०९ रहेको छ।

कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। नेपालमा कोरोना कारण हुने मृत्यु दर १.६ प्रतिशत रहेको छ।

कोरोना संक्रमण जोखिमका कारण घाटु प्रभावित

विश्वव्यापी कोरोना भाइरस संक्रमणको उच्च जोखिमसँगै गुरुङ संस्कृतिमा आधारित घाटु नाच यसवर्ष पनि प्रभावित भएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण अघिल्लो वर्ष जस्तै यसवर्ष पनि घाटु नाच प्रभावित भएको हो ।लमजुङका अधिकांश गाउँहरूमा वैशाख पूर्णिमाको अवसरमा घाटु नाच हुन्छ । गुरुड संस्कार र संस्कृतिमा निकै महत्वपूर्ण पर्वका […]