डडेल्धुरामा नेकपा (एकीकृत समाजवादी)को कमिटी विस्तार

डडेल्धुरा : नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुराका सातवटै स्थानीय तहमा गाउँ र नगर कमिटी गठन गरेको छ। दुई नगरपालिका र पाँच गाउँपालिकामा कार्यकर्ताको उल्लेख्य सहभागितासहित कमिटी गठन गरिएको एकीकृत समाजवादी डडेल्धुराका प्रचार विभाग प्रमुख सुरेन्द्र मल्लले जानकारी दिए।उनका अनुसार अमरगढी नगरपालिकाको अध्यक्षमा खेमराज पाठक र सचिवमा प्रकाश ऐर चयन भएका छन्। अमरगढीमा ६५ सदस्यीय नगर कमिटी बनाइएको छ। यस्तै, परशुराम नगरपालिकाको नगर अध्यक्षमा रामसिंह धामी र सचिवमा मोहनबहादुर सिंह चयन भएका छन्। प