ओमिक्रोनले तेस्रो लहरको जोखिम बढ्यो

नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ। नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो।कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन्। मुलुकभरबाट ¥यान्डम स्याम्पलिङ वि

सम्बन्धित सामग्री

गर्मीसँगै संक्रामकजन्य रोगको जोखिम बढ्यो

काठमाण्डौ – गर्मी बढेसँगै विभिन्न संक्रमणजन्य रोगको जोखिम बढ्न थालेको डाक्टरले बताएका छन् । यतिबेला औलो, डेंगी, कालाजार, जण्डिस, टाइफाइड, झाडापखाला, हैजालगायत रोगको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । उनीहरुका अनुसार प्रि–मनसुन र मनसुनमा लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगसँगै दूषित पानी, अस्वस्थकर खानेकुरा र सरसफाइको कमीका कारण संक्रामक रोग फैलिने जोखिम धेरै हुन्छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गर्मी बढेकाले यतिबेला प्रशस्त मात्रामा शुद्धीकरण गरिएको वा उमालेको पानी र...

छिनछिनको मौसम परिवर्तनले संक्रमणको जोखिम बढ्यो

काठमाडौं । मौसम परिवर्तनसँगै विभिन्न रोगका संक्रमण बढ्दै जाने गर्दछ । छिनछिनमै मौसम परिवर्तन हुने कहिले चर्को घाम त केही छिनमै पानी पर्ने हुँदा यस्तो अवस्थामा संक्रमणको जोखिम झन् बढ्ने बताइन्छ । त्यस्तै, शरीरमा पानी र सरसफाईको कमीले मौसमी रोगको संक्रमण बढ्ने गरेको हो । गर्मी सुरुसँगै पानीबाट सर्ने रोगको जोखिम हुने हुँदा सजक रहन […]

लागूऔषधजन्य आतंकवादको जोखिम बढ्यो

काठमाडौँ– विश्वभर लागूऔषधजन्य अतंकवादको जोखिम बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको आपूर्ति श्रृङ्खलामा अफगानिस्तान, पाकिस्तानजस्ता मुलुकको भूमिका, क्षेत्रीय आतंकवाद र धार्मिक अतिवादका कारण लागूऔषधजन्य आतंकवादको जोखिम बढेको पाइएको हो । इण्डोनेशियाबाट प्रकाशित हुने जकार्ता टाइम्सले जनाएअनुसार अफगानिस्तान र पाकिस्तान सीमा क्षेत्रमा जारी लागूऔषध तस्करी रोक्न दुबै मुलुकका प्रशासनले संघर्ष गरिरहेका छन् । यसबाहेक […]

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।  पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए। उनका अनुसार बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छ

सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढ्यो

उदयपुर । उदयपुरमा सडक क्षेत्र अतिक्रमण गर्दै होटल तथा अन्य व्यवसाय संचालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । पछिल्लो समय चतरा सप्तकोशी नदिमा पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । तर, सुनसरी खण्डका नदि किनारमा बनेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यापार व्यवसायका कारण सडक साँघुरो बन्दा दुर्घटनाको जोखिम बढेको हो । सडकको छेउमा […]

दशैँ किनमेलको भीडले सङ्क्रमणको जोखिम बढ्यो

हिन्दुधर्मालम्वीहरुले मनाउने दशैं पर्वमा जताततै मेला र उत्सवसँगैको किनमेलका कारण भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको स्वास्थ्यविज्ञहरुले जनाएको छ ।

टीटीमा अग्रिम भुक्तानीः आयातमा जोखिम बढ्यो

वीरगञ्ज, साउन २१। मालसामान आयातमा टेलिग्राफिक ट्रान्सफर (टीटी) मा अग्रिम भुक्तानीको बाध्यकारी व्यवस्थाले वैदेशिक व्यापारमा जोखिम बढेको आयातकर्ताले बताएका छन् । यो नीतिगत प्रावधानले व्यापारको लागत पनि वृद्धि भएको छ । टीटीमार्फत हुने आयातमा मालसामान लोड हुनुअघि नै सम्पूर्ण रकम भुक्तानी भइसक्नुपर्ने प्रावधान नेपाल राष्ट्र बैंकले राखेको छ । प्रतीतपत्र (एलसी)मार्फत हुने कारोबारलाई प्रोत्साहन गर्न […]

कोरोनाको तेस्रो लहर फैलिने जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह […]

सेती नदी थुनिने जोखिम बढ्यो

पोखराको मध्यभाग हुँदै बग्ने सेती नदीको किनार क्षेत्रको धाँजा फाटेसंँगै खसेको डिस्कोले नदी थुनिन सक्ने जोखिम बढेको छ । सेती नदीस्थित रातोपहिराको अमिनताराको डिस्को खसेपछि सेती नदीमा नदी थुनिन सक्ने जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् । पोखरा–१७ रातोपहिराकी एक स्थानीय रेस्टुराँ व्यवसायी अस्मिता क्षेत्रीले सेती नदीमा ठूलो डिस्को खसेर नदी थुनिन सक्ने भएकाले चिन्त्ता […]

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

गोरखा, जेठ १ । कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाको शुक्रबार रिपोर्ट नआउँदै मृत्यु भयो। मृत्य भएको तीन घण्टापछि मात्रै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उनीहरू कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। गाउँगाउँमा संक्रमित बढेसँगै स्थानीय तहले संकलन गरी प्रदेश प्रयोगशालामा पठाएको स्वाबको […]