काठमाण्डौ – गर्मी बढेसँगै विभिन्न संक्रमणजन्य रोगको जोखिम बढ्न थालेको डाक्टरले बताएका छन् ।
यतिबेला औलो, डेंगी, कालाजार, जण्डिस, टाइफाइड, झाडापखाला, हैजालगायत रोगको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।
उनीहरुका अनुसार प्रि–मनसुन र मनसुनमा लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगसँगै दूषित पानी, अस्वस्थकर खानेकुरा र सरसफाइको कमीका कारण संक्रामक रोग फैलिने जोखिम धेरै हुन्छ ।
सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गर्मी बढेकाले यतिबेला प्रशस्त मात्रामा शुद्धीकरण गरिएको वा उमालेको पानी र...