राजनीति, प्रवृत्ति र पात्र - Naya Patrika

पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिक परिदृश्यमा गलत संस्कृति र प्रवृत्ति मौलाइरहेको छ । सिद्धान्त र आदर्श एकातिर, व्यवहार अर्कातिर अनि बोली र प्रतिबद्धता एकातिर र काम अर्कातिर भइरहेको छ ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सडकका पात्र अनि प्रवृत्ति

हाम्रो राष्ट्रिय राजनीति लगामबिनाको घोडा जस्तै बन्दै गइरहेको छ । सैद्धान्तिक र वैचारिक पक्ष हराउँदै गएको छ । इमान–जमान, आस्था र विश्वास डगमगाइरहेका छन् । जे पायो त्यही गर्ने र बोल्ने क्रम बढिरहेका छन् । लहड, सनक र झोँक देखाएर आफ्नो स्वार्थ सिद्ध गर्ने सजिलो प्रवृत्ति मौलाइरहेको छ । सामाजिक सञ्जा

सरकारको मनपरी

राजस्व अनुसन्धान विभाग राजस्व प्रशासनलाई सुधार गर्न तथा राजस्व चुहावट नियन्त्रण गर्न स्थापना भएको हो । तर, विभागलाई मन नपरेकालाई बदला लिने राजनीतिक हतियार बनाइएको छ । आफूअनुकूलका पात्र भएमा आँखा चिम्लने र प्रतिकूल पात्र भए करछलीमा अनुसन्धान गर्ने गरेको पाइन्छ । त्यही भएर यसको महानिर्देशक छिटोछिटो फेरिने गरिएको छ ।  पछिल्लो २८ महीनामा विभागमा छ जना महानिर्देशक बनिसकेका छन् । यी निर्देशकले प्रधानमन्त्रीको इशारामा काम गर्ने गरेको पाइन्छ । चाँदीको तस्करी र विभागमा विचाराधीन केही ठूला घरानाको फाइलमा अनुसन्धान बढाएपछि देउवा सरकारले त्यसलाई रोकेको थियो । यस्तै घटना केपी ओली प्रधानमन्त्री हुँदा पनि भएको थियो । पुष्पकमल दाहालले पनि त्यस्तै गरिरहेका छन् । विभागको महानिर्देशक फेरिइरहनमा सरकारको स्वार्थ कारण रहेको पाइन्छ । राजनीतिक आशीर्वाद पाउने व्यक्ति मात्रै विभागको महानिर्देशक बनेको पाइन्छ ।  राजस्व अनुसन्धान विभागलाई राजनीतिक नेतृत्वले आफूअनुकूल प्रयोग गर्ने संस्थाका रूपमा विकास गरेको छ । त्यसैले विभागको नेतृत्व आफूअनुकूल भयो भने मन नपरेका व्यापारीहरूलाई बदला लिने गरिएको छ र आफूलाई मन परेकालाई बचाउने पनि गरिएको छ । राजनीतिक नेतृत्वले आफूअनुकूलको मान्छे भएन भने यसरी इशारामा काम गराउन सक्दैनन् । त्यही भएर राजस्व विभागमा चाँडोचाँडो महानिर्देशक फेरिने गरेको हो । निर्वाचन जित्नका लागि पैसा चाहिन्छ । त्यसैले प्रधानमन्त्री वा मन्त्रीले पैसा आउने बाटोमा आफ्नो मान्छे लैजान्छन् । राजस्व विभाग सरकारको आम्दानी बढाउने ठाउँमात्र होइन, नेताहरूलाई खर्चको जोहो गर्ने ठाउँ पनि हो । आफूलाई नजराना चढाउने व्यापारीलाई अनदेखा गर्न लगाउने वा तिनमाथि अनुसन्धान गर्न नदिने गरी उनीहरूले पैसा कमाउने मेसो बनाएका हुन्छन् ।  वास्तवमा बढी पैसाको कारोबार हुन ठाउँमा पैसाको लेनदेन विना सरुवा हुँदैन भनिन्छ । मालदार ठाउँमा सरुवा हुन पैसा खुवाएको भनेर प्रहरीले भनेको पाइन्छ । ठमेल, बौद्धजस्ता कमाइ हुने चौकीमा सरुवा हुन करोडौंको लेनदेन हुन्छ भनिन्छ । त्यसैले भ्रष्टाचारको मूल स्रोत राजनीति नै हो । त्यहीँबाट फैलिन शुरू भएको भ्रष्टाचार विभिन्न तहमा पुग्ने हो । भ्रष्टाचार संस्थागत हुनुको कारण पनि यही हो । यो प्रवृत्ति रोक्न कसले पहल थाल्ने ?  विधान अधिकारी कलंकी, काठमाडौं ।

उनै पात्र उस्तै प्रवृत्ति

भनिन्छ, कोटको खल्तीमा जतिसुकै महँगो कलम भिरे पनि अन्ततः लेख्ने विचारले हो, कलम आफैंले लेख्दैन । अहिले हाम्रो राजनीति कोटमा भिरेको त्यही महँगो कलमजस्तै छ । पात्र छन, विचार छैन । अनुहार छ निष्ठा छैन । अघिल्लो साता मात्र प्रतिनिधि सभामा २५ प्रतिशत सांसद उपस्थित नहुँदा कोरम पुुगेन । बैठक प्रभावित भयो । एकातिर सरकारले […] The post उनै पात्र उस्तै प्रवृत्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जीर्ण राजनीति, नेतृत्वको संकट र सम्वृद्धिको यात्रा

राजनीतिको विकास (इभोल्युसन) मा पात्रको परिवर्तनसँगै प्रवृत्तिमा पनि परिवर्तन हुनुपर्ने मान्यता (डिस्कोर्स) लाई नेपालले पच्छ्याउन सकेन। नेपालको राजनीतिक परिवर्तनमा व्यवस्थाको नाम, त्यसका पात्रहरू र शक्ति केन्द्र त बदलिएका छन् तर प्रवृत्ति भने बदल्न सकेको, चाहेको देखिएन। राजनीतिमा पात्र र प्रवृत्ति भिन्न कुरा हुन्। एकाध पात्र बदलिएको देखेर उत्साहित हुने गरेका नेपाली आम नागरिक, मतदातालाई प्रवृत्तिको […]

ठूला पार्टी ‘डाइनोसर’ बन्दै

पेशल आचार्य एकजना प्रसिद्ध राजनीतिज्ञले भनेको सुनेको ‘नेपालको राजनीति जहिल्यै वृत्तमा घुम्छ । त्यसैले दस÷बीस वर्षको अन्तरमा देश पहिलेकै ठाउँमा पुग्छ । यो नेपाली राजनीतिको महारोग हो । यसरी वृत्तमा घुम्दा देश अघि बढ्ने सम्भावना अत्यन्त कम हुन्छ । पात्र र उसको कार्यशैली केही फरक होला तर प्रवृत्ति उही पुरानै देखाइहाल्छ ।’ गएको सरकारका नेतृत्वकर्ता […]

राजनीतिक क्रान्तिको हलाल विरासत

नेपाली राजनीतिले यतिबेला बेहोरिरहेको पीडाका विभिन्न कारणमध्ये एक हलाल क्रान्ति पनि हो भन्न सकिन्छ । पात्र बदलियो प्रवृत्ति बदलिएन, व्यवस्था बदलियो अवस्था बदलिएन । विगतमा जे गल्ती गरियो ती अब दोहोरिने छैनन् भनेर जनतासमक्ष माफी माग्ने र जनतामा गुमेको विश्वास पुनः जगाउने प्रयत्न नभएको होइन । जिन्दगीभर आफ्नो व्यक्तिगत चाहनाभन्दा देश र जनताका निम्ति समर्पित जीवन व्यवहार बनाएका नेताहरूको देश र जनताको भलाइबाहेक अर्को कुनै उद्देश्य छैन भन्ने पनि नगरिएको होइन । राजनीति पेसा होयन यो त सेवा हो भन्ने पनि गरियो । देश र जनताको सेवा र स्वार्थका निम्ति ज्यान खुकुरीको धारमा राखेर हिँडेका नेताहरू भएका कारणले देश र जनताको हित हुने काम नगराँैं भन्ने कुनै पनि नेताको दिल दिमागमा होला भन्ने कल्पनासम्म पनि गर्न सकिन्न । तर पनि किन देश र जनताका हितका पक्षमा अपेक्षाकृत काम हुन सकेन ?

हामी यस्तै त हो नि ब्रो !

अहिले यूरोकप र कोपा फूटबलको राप छ । तर हाम्रोमा त बारै महीना राजनीतिकोे ताप छ । देश महामारी, बाढी र पहिरोको प्रतापमा छ । व्यवसाय धरापमा छ । यै धरापमा मालामाल हुनेहरूको च्याखे थाप छ । सडकमा एम्बुलेन्स र शववाहनलाई हतार छ । अनि जनता भने सधैं हताश छ । भेडाहरूको भीडका नाइके नेता बने, कुर्सी पाए । अनि तिनको आधा कार्यकाल खादा, माला र अबिरमै सकिने भो । बाँकी आधा चाहिँ उद्घाटन र शिलान्यास गर्दैमा ठिक्क । तिनै नेताका हुक्के, ढोके, बैठकेहरूको सत्तामा भाउ लागेकोे छ । सामान्य पियन बन्न सक्ने हैसियत नभएका पार्टी कार्यकतालाई राजदूत, मन्त्री हुने दाउ जागेको छ । कमान खुस्केको घडी र लगाम खुस्केको घोडाजस्तो बनेको छ हाम्रो राजनीति । नेता हाबी हुँदै जाँदा नीति फन्टुस बन्दै गएको छ । जेमा पनि राजनीति माऊ छ । यसैले त सरकारको नीति कार्यक्रमभन्दा कुनै रियालिटी शोको बढी भाऊ छ । वडामा सदस्यसमेत बन्न नसकेका पात्र सिंहदरबारको चूलोचौकोमा पुग्न थाले । त्यसैले सिंहदरबार भिजनभन्दा भोजनको अड्डा बनेको छ । दलको बैठक होस् या चुनाव सरकारी कार्यालमा, सरकारी खर्चमै हुन थालेको छ । शहीदका सपना पूरा गर्ने कसम खाएकाहरू आफ्ना सपना चैं पूरा गर्दै छन् । झूटको भर्‍याङ चढेर भोट बटुलेका हिजोअस्तिका टपर्टुइयाँ फुटपाथेहरू आज सत्ताको कमान समाल्नेमा पुगेका छन् । अनि लोकतन्त्रको आशालाग्दो एउटा कालखण्डलाई कालो रात्रिमा बदल्न लागेका छन् । अझ यसैलाई लोकतान्त्रिक अभ्यासको उदाहरण भन्दै अरिङ्गालहरू दिनदिनै देउशिरै गाउँदै छन् । देशमा व्यापार घाटाको खाडल बढे पनि राजनीतिक व्यापार भने फस्टाएकै छ । जनताले सहज उपचार नपाएर के भो ? नेतालाई विदेशी अस्पतालमा भर्ती गर्न एयर एम्बुलेन्स आएकै छ । कछाड वा धोती मात्र लाउन सक्नेको छोरो डाक्टर बनाउने लोकतन्त्र नआएर के भो ? ठूलाठालुका छोराछोरीले त छात्रवृत्ति पाएकै छन् । कतिपय नेतालाई सत्ता र शक्तिको यति मात लागेको छ कि यिनीहरू इतिहास र संविधानलाई त बंग्याउँछन् नै, प्रकृतिकै नियमसमेत फेर्ने दाबी गरी हिँड्छन् । यिनले रामलाई नयाँ जन्म दिन सक्छन्, सगरमाथाको उचाइ तुरुन्तै घटबट गर्न सक्छन् । जीउँदा रामहरू भोकभाकै अनि गुमनाम छन् । तर अर्बौं खर्चेर मिथक रामको खोजी शुरू गर्छन् । सँगसँँगै विश्वबाट काम नलाग्ने भनी मिल्काइएका माओ, लेनिन, स्टालिनका फोटा भित्तामा झुन्ड्याउन भने भुल्दैनन् । घरमा दुई छाकको जोहो गर्न नसक्नेहरू तीन करोड जनताको भविष्य निर्धारक बनेका छन् । जनता पनि तिनैको कुरा पत्याएर बसेका छन् । मुलुकको केन्द्रीय राजनीति गर्लफ्रेण्ड, ब्वाइफ्रेण्ड, लोग्नेस्वास्नी, दाजुभाइ, छिमेकी, चन्दादाताको भलोमा केन्द्रित भएका छन् । कमान खुस्केको घडी र लगाम खुस्केको घोडाजस्तो बनेको छ हाम्रो राजनीति । नेता हाबी हुँदै जाँदा नीति फन्टुस बन्दै गएको छ । जेमा पनि राजनीति माऊ छ । यसैले त सरकारको नीति कार्यक्रमभन्दा कुनै रियालिटी शोको बढी भाऊ छ । स्थायी सरकार अर्थात् सरकारी संयन्त्रको गति र मति पनि गजबको छ । न सेवा छ, न दायित्व । जनता बिरामी हुँदा दिने भनेको सहयोग उसको बरखी हुँदासम्म हात लाग्दैन । डढेलोले वन र बस्ती खरानी बनाएपछि बल्ल दमकल खरीदका लागि टिप्पणी उठ्छ । एउटा सवारी लाइसेन्स समयमा पाउँदा पनि ठूलै युद्ध जितेसरह हुन्छ । नेताका कोरा भाषण बिकिरहेछ, तर स्वदेशी किसानको उत्पादन बिक्दैन । हामी जनता पनि उस्तै छौं । ‘चोरलाई चौतारो साधुलाई सुली’ भनेजस्तै हामी भोट भिलियनहरूलार्ई खन्याउँछौं । ती मिलियन कमाउँछन्, पछि हामी आँसु बगाउँछौं । ‘चरी’ र चोरहरूलाई चेप्छौं, पसिना बगाउनेहरूलाई भने हेप्छौं । हामी डोजरले पहाड फोडेर वा खोलामा लगेर घर बनाउँछाैं, बाढी वा पहिरोले लगेपछि सरकारलाई सराप्छौं । ब्राजिल र अर्जेन्टिना लगायत धेरै देश फुटबल खेल्छन् । हामी गफ खेल्छौं । सियोदेखि दाँत कोट्याउने सिन्कोसमेत आयात गर्छौं, अनि समृद्ध नेपालको सपना देख्छौं । आफ्नै देशका कर्मवीरहरूका नाम थाहा पाउँदैनौं, तर मरिसकेका विदेशी नेतादेखि त्यहाँका फिल्मी सेलिब्रिटीका पनि तीनपुस्तेसम्म खरर्र भन्न सक्छौं । गफाडीहरूको गफमा ताली पड्काउँछौं अनि आशा चाहिँ चमत्कारको गर्छौं । हामी सामाजिक सञ्जालमा क्रान्ति उराल्छौं । तर भोट दिने बेला तिनै गाली गरिनेमाथि नै खन्याउन छाड्दैनौं । सामान्य राजनीतिक चटकेलाई हामी देउता बनाउँछौं । व्यवसायी सबैलाई भ्रष्टाचारीकोे लेबल लगाइदिन्छौं । तर जसले सबैभन्दा बढी ठगी गर्न सक्छ, अपराध गर्छ, उसैलाई सफल दर्जामा उभ्याइदिन्छौं । डाँडाडाँडामा भ्यू टावर बनाउँछौं र छेउकोे जंगल मासेर चार घण्टाको मोटरबाटो टाढा वनभोज जाने नयाँ प्रतिस्पर्धा गरिरहेका छौं । यसरी हामी आफैमाथि यतिधेरै अन्तरघातमा उत्रिएका छौं । नेपाली राजनीतिमा तीस वर्षदेखि निरन्तर तिनै मान्छे सांसद, मन्त्री, प्रधानमन्त्री भएका भयै छन् र अझै पनि नेतृत्व दौडमा तिनै असफलहरू पटक पटक अघि देखिन्छन् । अहिले देखिएका पात्रहरू चिनिसकिएका जोकर हुन् भन्ने जान्दा जान्दै फेरि किन हामीमाथि उनै हाबी छन्, कहिल्यै सोच्दैनौं । ‘अब हाम्रो पालो आयो, लुट्नसम्म लुट’ भनेर देश दोहन गर्ने सोचले राजनीति गर्नेहरूले अझै केही गर्छ कि भन्ने भ्रमबाट कहिल्यै मुक्त किन हुन्नौं ? यसरी समय त फेरियो, तर न पात्र फेरिए, न शैली फेरियो, न प्रवृत्ति फेरियो । बरु सर्वहाराका सत्ता, गरीबको शासन, जनवाद यी सबै धामीका मन्त्रजस्तै हाम्रा गलामा बेरियो । केही सीमित तथाकथित नेताका अघिल्तिर लोकतन्त्र र विकास निरीह सावित हुँदै गयो । यसरी राजनीतिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गर्दै छौं । यो कसको भूल हो ? धान नफल्दा पुर्पुरोलाई धिक्कार्ने कस्तो रुल हो ? विकास विदेसी वादले हुन्छ कि आफ्नै इच्छाशक्तिले ? हामी पछि परेको किन हो ? नजानेर हो कि नबुझेर हो ? हरेकले आफ्नो कर्तव्य बिर्सेर, अधिकार मात्र याद गरेर हो ? वा केहीको नियत नै खोटो भएर हो ? कि हामी सधैं यस्तै त हो नि ब्रो !

मुलुक: जिसकी लाठी उसकी भैंस’

विशाल उपाध्याय असल राजनीति हुनका लागि असल चरित्र भएका व्यक्ति, असल संस्कार, असल प्रवृत्तिजस्ता तत्वहरू चाहिन्छ । जब–जब राजनीतिबाट नैतिकता गुम्न थाल्छ तब त्यो राजनीति नभएर अराजनीति हुन जान्छ । समग्रमा बेइमानी, भ्रष्ट आचरण, बोलीको ठेगान नभएको, अविश्वासी व्यवहार देखाउने खराब प्रवृत्तिलाई अराजनीति भनिन्छ । जब–जब देशमा यस्ता खराब प्रवृत्ति भएका पात्र हाबी हुन्छन् तब–तब […]