ट्र्याक खुलेको २९ वर्षपछि बेसीशहर–चामे सडक कालोपत्रे

लमजुङ-मनाङ जोड्ने एक मात्र बेसीशहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे सुरु भएको छ।

सम्बन्धित सामग्री

ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे

विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ।

ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे

विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ।

कृषि सडक कालोपत्रे

ट्र्याक खोलेको तीन दशकपछि तनहुँको एक कृषि सडक कालोपत्रे भएको छ । म्याग्दे गाउँपालिका–२ स्थित पिपलडी कृषि मोटरमार्ग कालोपत्रे भएको हो । म्याग्दे गाउँपालिका–२ का वडा सदस्य रमेश क्षेत्रीले ट्र्याक खुलेको ३० वर्षपछि कालोपत्रे भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारको ३० लाख बजेटमा ४२० मिटर बाटो कालोपत्रे गरिएको अधिकारीले जानकारी दिनुभयो । क्षेत्रीले भन्नुभयो, “कालोपत्रे गरिएपछि यहाँ आवागमन सहज हुनुका साथै यस क्षेत्रमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पु¥याउन सहज भएको छ ।”

ट्र्याक खुलेको २९ वर्षपछि मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रे गरिँदै

२३ फागुन, तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा मंगलबारदेखि कालोपत्र सुरु भएको छ । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । […]

ट्र्याक खुलेको तीन दशकमा सडक कालोपत्रे

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकको ट्र्याक खुलेको २९ वर्षमा अमेरिकन प्रविधिको ‘अस्फाल्ट’

ट्र्याक खुलेको १६ वर्षपछि बेनी–सिमखण्ड सडक कालोपत्रे

म्याग्दी : जिल्लाको ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडकको ट्र्याक खुलेको १६ वर्षपछि साढे १२ किलोमिटर बेनी–सिमखण्ड कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीनवटा गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्।सडक कालोपत्रे भएपछि म्याग्दीको मंगला, मालिका र धौलागिरि गाउँपालिकाका पाँच दर्जन बढी गाउँका बासिन्दाको साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन्।२०६३ मा ट्याक  खुलेको २७ किलोमिटर बेनी–दरब

ट्र्याक खुलेको ४२ वर्षपछि कालोपत्रे

सुर्खेत जिल्लाकै पुरानो सडक धुलियाबिट भेडावारी सडक ट्रयाक खुलेको ४२ वर्षपछि कालोपत्रे हुने भएको छ । पछिल्लो समय मदन भण्डारी राजमार्गमा समावेश गरिएको धुलियाबिट भेडाबारी सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनीसंँग सम्झौता भएको हो ।उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ । सडक कालोपत्रेको ठेक्का कालिका (केएस) […]

बेनी–जोमसोम–कोरला सडक : कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण

म्याग्दी । अन्तरदेशीय व्यापारिक महŒवको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभीरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजै सवारी आवतजावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो । महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुईओटा मोटरेबल पुल निर्माणका लागि २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रू. १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । ८० मिटर लामो महभीरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए । ‘पुल र पहुँचमार्ग निर्माण सकिएको छ,’ उनले भने, ‘हस्तान्तरण भएपछि औपचारिक रूपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।’ ११ मिटर फराकिलो दुईओटै पुल निर्माणका लागि ठेकेदार आफैले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । २ वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्कै बीच सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा–२ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ७० मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रूप दिन बाँकी छ । २०६४ सालमा ट्र्याक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका छन् । बेनी–जोमसोम सडकअन्तर्गत नै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । रू. ८ करोड ४७ लाख लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए । पुलको वारि र पारि ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको बेनीदेखि चिनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्र र स्तरोन्नतिको काम भइरहेको छ । रू. ६ अर्बको लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सातओटा खण्डमा काम भइरहेको छ । चारओटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख अश्विनीकुमार यादवले बताए । सो सडक स्तरोन्नति र कालोपत्र भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महŒवपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए । रासस

पाँचकटिया सडक कालोपत्रे

जाजरकोटको खलङ्गा–पाँचकटिया सडक ट्र्याक खुलेको १६ वर्षपछि करिब सात किलोमिटर सडक कालोपत्रे गरिएको छ। खलङ्गा पाँचकटिया, व्याउली ढुङ्गा हुँदै जुम्ला जोड्ने सडक सदरमुकाम खलङ्गादेखि भेरी नगरपालिका–२ दारखोलासम्मको ६.५ किलोमिटर सडक कालोपत्रे गरिएको हो। जाजरकोटमा प्रदेश सरकारको क्षेत्राधिकारभित्रको खलङ्गा–पाँचकटिया–जुम्ला जोड्ने सडक शान्तिचौतारादेखि गैरीखालीसम्म एक किलोमिटर बानियाँ महत वली जेबीले दुई करोड बजेटमा निर्माणको जिम्मा लिएको हो। गैरीखाली, दारखोलासम्मको साढे पाँच किलोमिटर सडक ब्रज ग्रुप/बीएन्डबी जेबी काठमाडौँले सात करोड ३२ लाख बजेटमा कालोपत्रेको जिम्मा लिएको छ।