दाङको तुलसीपुर उपमहानगरको मेयरमा गठबन्धन र उपमेयरमा एमालेलाई अग्रता

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकामा  गठबन्धनले अग्रता बनाएको छ । यो उपमहानगरापालिकामा गठबन्धन र एमालेको कडा प्रतिस्पर्धा देखिएको छ ।  पछिल्लो मत पणिाम अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउनु भएको छ । उहाँले ३ हजार ६९० मत पाउनु भएको छ । एमालेका टीकाराम खड्काले ३ हजार ६५७ मत पाउनु भएको छ । उपमेयरमा भने एमालेकी स्यानी चौधरीलाई अग्रता छ । उहाँले ३ हजार ५३८ मत ल्याउँदा एकीकृत समाजवादीका जोगबहादुर रानाले २ हजार ९७५ मत पाउनु भएको छ ।

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरपालिमा गिरीलाई उछिन्दै खड्का

दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमाले बीचको मतान्तर फराकिलो बन्दै गइरहेको छ । पछिल्लो मत परिणाम अनुसार शनिवार मध्यान्हसम्म गणना भएको २८ हजार ६ सय ५७ सदर मत मध्ये नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्काले  गठबन्धनका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको अग्रतालाई तोड्दै पछि पारेका छन् ।खड्काले ११ हजार ९ सय १८ प्राप्त गर्दा गठबन्धन तर्फका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले ११ हजार ६ सय १० मत प्राप्त गरेका छन् । खड्काले पछिल्लो मत परिणाम अनुसार गिरीलाई  ३ सय

तुलसीपुर उपमहानगर : गठबन्धनलाई पछि पार्दै एमाले अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा दाङको तुलसीपुर

तुलसीपुर उपमहानगरमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

७ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र नेकपा एमालेका टीकाराम खड्का झिनो मतअन्तरले अगाडि–पछाडि छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका खड्का ७१ मत अन्तरले अगाडि छन् । हालसम्म २५ हजार ६८३ मत गणना हुँदा […]

तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता

तुलसीपुर, ५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको जारी मतगणना अनुुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २१० मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले १६६ मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका स्यानी चौधरीले […]

तुलसीपुर उपमहानगर : गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा...

दाङको तुलसीपुरमा मतगणना जारी, एमालेको अग्रता

४ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी नै अगाडि छिन् । उनले ७४१ […]

तुलसीपुरमा जारी पुनः मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खस्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जारी मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म १ हजार ७ सय ९४ मत खसेको छ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गतेको मतदान स्थगित भएको थियो । मतदान आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त भैरहेको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा ए...

सहमति र सहकार्य गर्न गिरिजाप्रसाद कोइरालाले सिकाउनुभएको होः प्रचण्ड

दाङ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङको तुलसीपुर र घोराहीमा आयोजना गरिएका संयुक्त चुनावी सभालाई सम्बोधन गरेका छन्। स्थानीय तह निर्वाचनमा दाङका दुई उपमहानगरपालिकामा गठबन्धन छ। गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दाङ आएका हुन्। सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त […]

दाङमा गठबन्धनको चुनावी सभा, देउवा, प्रचण्डलगायत नेता आउँदै

दाङ : पाँच दलीय गठबन्धन दलहरूले आइतबार दाङको तुलसीपुर र घोराहीमा चुनावी सभा गर्ने भएको छ।  तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा गर्न लागिएको छ।तुलसीपुर र घोराहीमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व-प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ), कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल  लगायतका शीर्ष नेताह

दाङको चुनावी सभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने

२५ वैशाख, दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् । आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ आउँदैछन् । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् । तुलसीपुरको अरनीको मैदान र […]