एसईईको नतिजा आज प्रकाशित हुने सम्भावना

काठमाण्डाै – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशित हुने सम्भावना छ । राष्ट्रिय परीक्षा बोर्डले आज बेलुकीसम्म एसईईको नजिता प्रकाशनको तयारी गरेको बोर्डका एक सदस्यले जानकारी दिएका छन् । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको छ । आजकै बैठकले एसईईको नतिजा पनि सार्वजनिक गर्ने तयारी गरेको हो । गएकाे वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक हुँदैछ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी छन् ।   

सम्बन्धित सामग्री

एसईईको नतिजा दिउँसो तीन बजे सार्वजनिक गरिने

काठमाडौं। एसईईको नतिजा दिउँसो तीन बजे सार्वजनिक गरिने भएको छ। काठमाडौं महानगरले बिहिबारदेखि फोहोर उठाउनेछ। नागरिकता विधेयकविरुद्ध काठमाडौंमा विद्यार्थीहरुले आन्दोलन गरेका छन्। साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका खेल्ने छन्। शुक्रबारदेखि सयपत्री हाइड्रोको आईपीओमा आवेदन दिन सकिनेछ ।

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गर्न बोर्डले आज दिउँसो २ बजे बोर्डको बैठक बोलाएको छ ।  विद्यार्थीको सहजताका लागि एसईई परीक्षाको नतिजा हेर्न आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था गरिएको छ । नतिजा सार्वजनिक भएपछि SEE लेखेर सिम्बोल नम्बर टाइप गरी ३५००१, ३४९४९, ३१००३ वा १६०० मा...

एसईईको नतिजा आज, यसरी हेर्न सकिन्छ नतिजा

काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ । यसअघि कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो । गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए । एसईईको नत...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ परीक्षाफल

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो…

एसईईको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिएका हुन्।मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ। गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि  ३५ अंक नल्याउने वि

एसईईको नतिजा आज दिउँसो, यसरी हेर्न सकिन्छ

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् । ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए, त्यस्तो समस्या नआओस् […]

एसईईको नतिजा आज आउँदै, कसरी हेर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षको नतिजा आज सार्वजनिक हुन लागेको हो ।

एसईईको नतिजा आज

काठमाडौं, साउन ११ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो । यो वर्षको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा २ लाख ५७ […]

एसईईको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्दैछ। विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो। नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाइएको छ। नतिजा नेपाल टेलिकम र एनसेलबाट १६०० मा एसएमएस गरेर तथाwww.see.gov.np,www.neb.gov.np, www.see.ntc.net.np, www.ekantipur.com बाट थाहा पाउन सकिनेछ। नतिजाका लागि हाल बोर्डको बैठक बसिरहेको छ।

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज आउने

भक्तपुर – २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बेलुकीसम्ममा सार्वजनिक गर्ने तयारी भएको छ ।  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसईईको नतिजा आज दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो । गएको चैत ८ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी...