काभ्रेमा कोरोना सङ्क्रमण बढ्दो, छैन स्वास्थ्य सावधानी

काभ्रेमा दैनिक कोरोना सङ्क्रमण दर निरन्तर बढिरहेको छ । शनिबार १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेका थिए । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ । पा