धनुषामा कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी बिरामी, प्रादेशिक अस्पतालमा उपचार हुँदै

जनकपुरधाम– धनुषामा कोरोना भाइरसविरुद्धको मोदेर्ना खोप लगाएका एउटै विद्यालयका १० जना विद्यार्थी बिरामी परेका छन्। धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ स्थित मेरीगोल्ड सेकेण्डरी बोर्डिङ स्कुलका १० जना विद्यार्थी खोप लगाउँदा बिरामी परेका हुन्। खोप लगाएका विद्यार्थीहरुमा अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस् हुनेजस्ता लक्षण देखिएको शिक्षक इन्द्रदीप साहले जानकारी दिए। […]

सम्बन्धित सामग्री

भक्तपुरमा विद्यार्थी तथा बालबालिकालाई खोप दिन सुरु

भक्तपुर – जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए। उनका अनुसार आइतबारदेखि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा खाेप अभियान सुरु गरिएकाे हाे। त्यस्तै साेमबारदेखि […]

‘हामीले त कोरोनाविरुद्धको खोप लगायौं तपाईँले नि ?’

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित एक विद्यालयका विद्यार्थी कोभिड-१९ विरुद्धको मोडेर्ना खोप लगाएपछि खोप कार्ड देखाउँदै । नगरपालिकाले १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइरहेको छ । तस्वीरः कृष्ण न्यौपाने, रासस

कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थी भन्छन्– अब कहिल्यै लकडाउन नहोस्

महोत्तरी-  बिहीवार एभरेष्ट बोर्डिङ्ग विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाएपछि उक्त विद्यालयमा अध्ययनरत छात्र  निसान ठाकुर निक्कै उत्साहित भए । कोरोना माहामारीकै कारण लामो समयसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाएका ठाकुरलाई यसपालि पनि कतै लकडाउन पो हुने हो कि भन्ने ठूलो चिन्ता थियो । कोरोनाभाइरसविरुद्धको मोडर्ना खोप लगाइसकेपछि ठाकुर लकडाउन नहुनेमा विश्वस्त छन् । देउराली माध्यामिक […]

बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।  यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । सरकारको निर्णयअनुसार नै कक्षा १२ को परीक्षा दिने परीक्षार्थीहरूलाई यसअघि नै खोप दिइएको हो ।परीक्षामा सहभागी हुने विद्यार्थीलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइएको स्व

बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

बैतडी, ३० भदौ । देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए […]

खोप लगाएपछि ढुक्कले परीक्षा दिने तयारीमा विद्यार्थी

दाङ – यामसरी रोका कक्षा १२ को परीक्षा दिने तयारीमा छिन्। भदौ ३० गतेबाट परीक्षा सुरु हुँदै छ। कक्षा १२ का विद्यार्थीलाई लक्ष्य गरेर कोरोनाविरुद्धको खोप लगाउने अभियान चलेपछि उनले पनि लगाउन पाइन्। घरपरिवारमा बुवा–आमा, हजुरबुवा–हजुरआमा सबैले खोप लगाइसकेका छन्। खोप लगाएर ढुक्कले परीक्षा दिने वातावरण बनेको उनले बताइन्। ‘मनमा धुकचुक थियो। खोप पाइन्छ कि […]

प्रवेशपत्रका आधारमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन माग

विद्यार्थीहरूलाई कोरोना विरुद्धको खोप लगाउन माग गर्दै विद्यार्थी संगठनहरूले स्वास्थ्य मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले खोपको माग गर्दै जापनपत्र...

शिक्षकहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले शिक्षकका लागि तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेकी छन् । आइतबारको बैठकमा बोल्दै उनले शिक्षकहरू ‘नो भ्याक्सिन, नो स्कुल’ भनेर आन्दोलित रहेकाले सरकारले ध्यान दिनुपर्ने बताइन्। कोभिड महामारीका कारण विद्यालय बन्द रहेका र सामुदायिक विद्यालयले भर्चुअल माध्यममा सबै विद्यार्थी समेट्न नसकेको उनले बताइन्। शिक्षालाई तहसनहस हुनबाट जोगाउनुपर्ने उनको भनाई थियो।