पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौं : ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ। अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समिति, काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, पर्यटन विभाग, पर्यटन प्रहरी कार्यालय, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल प्रहरी श्रीमती सङ्घ, पशुपति सेवा विक

सम्बन्धित सामग्री

काठमाडौं महानगरका ३२ ओटै वडामा सरसफाइ

काठमाडौं । काठमाडौं महानगरपालिका (Kathmandu Metropolitan City)का जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ ओटै वडामा सरसफाइ गरिएको छ । वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, ६ र ७ मा  सरसफाइ गरिएको छ ।  त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिसर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइ गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।  यस्तै महानगरको वडा नं १७ डल्लु पुल, १८ को कार्यालय परिसर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान, २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यङ्गाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को  कमलादी गणेश स्थान, २९ को ढुङ्गेधारा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय–भीमसेन गोला तथा वडा नं ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त)मा  सरसफाइ गरिएको छ । विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य कामपाको छ । रासस

शनिबार पशुपतिनाथ क्षेत्रमा विशेष सरसफाइ

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि हरेक शनिबार सरसफाइ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्रालय मातहतका २१ निकायका कर्मचारीले हरेक शनिबार दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने तयारी गरेको छ । उक्त सरसफाइ अभियान तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न […]

पर्यटन मन्त्रालयले भोलिदेखि पशुपति सरसफाइ अभियान सञ्चालन गर्ने

२६ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाइ अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागीतामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने छ । मन्त्रालयले यस अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृति प्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मीसहित आम नागरिकलाई अपिल गरेको छ । शनिबार ८ […]

अब हरेक दिन पशुपति मन्दिरको सरसफाइ हुने

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित मातहतका निकायमा कार्यरत कर्मचारीले हरेक शनिवार दुई घन्टा पशुपतिनाथ मन्दिरको सरसफाइ गर्ने भएका छन् । पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले कर्मचारीलाई पनि सरसफाइमा जुट्न आग्रह गरेको हो । मन्त्रालयसहित मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट अब हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पशुपतिमा लाग्यो ‘बाबा’लाई शिवरात्रिको रौनक (फोटो फिचर)

काठमाडौँ – यस वर्षको महाशिवरात्रि पर्वको तयारी पशुपति क्षेत्र विकास कोषले पूरा गरेको छ। शनिबार हुने शिवरात्रि मेलाका लागि कोषले पाशुपत क्षेत्रको सरसफाइ, रंग रोगन गर्ने, सुरक्षा प्रवन्ध मिलाउने, बत्तीको व्यवस्थापन गर्ने जस्ता काम गरेको छ। शिवरात्रिका लागि भारतबाट साधुसन्त, जोगीहरु पनि आइपुगेका छन्। केही शुक्रबार पनि आउन सक्ने जनाइएको छ। तर विगतको तुलनामा यसपटक […]

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

काठमाडौँ,३० कार्तिक । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज […]

मेसिन सफा गर्न पशुपति बिस्कुटको उत्पादन बन्द

काठमाडौँ – लामो इतिहास बोकेको सुनसरीको दुहबीमा सञ्चालित पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ। प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको बिस्कुट उद्योग १५ दिनका लागि बन्द गरिएको हो। बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइ गर्न १५ दिन उत्पादन रोकिएको बीएलसी होल्डिङ प्रालिका संस्थागत सञ्चार विभाग प्रमुख सोमनाथ बास्तोलाले […]

बागमती नदी सफाइ गर्दै अभियानकर्मी (फोटोफिचर)

काठमाडौं, २१ फागुन । चार सय ६० औँ बागमती नदी सफाइअन्तर्गत आज शनिबार पशुपति क्षेत्र वरपर आर्यघाटदेखि रामघाटसम्म सरसफाइ गर्दै अभियानकर्मी । तस्वीरः प्रदीपराज वन्त÷रासस

महाशिवरात्रीको पूर्व सन्ध्यामा बृहत् सरसफाइ

महाशिवरात्रीको पूर्व सन्ध्यामा पशुपति परिसरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।

कुमारी बैङ्कको २० औँ वार्षिकोत्सव, पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ। यस अवसरमा चैत्र २१ गते शनिवार काठमाडौँको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैङ्कका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप राणाबाट गरे।