काठमाण्डाै - अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।
तीन दिने भ्रमणका लागि हिजो काठमाण्डौ आएका उहाँले आज उच्चस्तरीय भेटवार्ता गर्न लाग्नुभएको हो । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाण्डौ आउनु भएको हो ।
नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाण्डाै आएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।
नेपालले गएको असार ६ गते ...