२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

९ फागुन, काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो । सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको […]

सम्बन्धित सामग्री

बैतडीमा जेठ २८ देखि खोप अभियान

बैतडी : बैतडीमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान रोकिएको छ। देशभर जेठ २५ गतेदेखि अभियान सञ्चालनमा आए पनि यहाँ भने सञ्चालन हुन सकेको छैन।सरकारले जेठ २५ गतदेखि ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई खोप दिने भने पनि पछि संशोधन भएर ६२ देखि ६४ वर्षका नागरिकलाई दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाई भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। बैतडीमा जेठ २८ गतेदेखि अभियान सुरु हुने उनको भनाइ छ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँ

राप्तीमा ८५ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

(देउखुरी दाङ) : राप्ती गाउँपालिकामा ८५ प्रतिशत ज्येष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाएका छन्।नेपाल सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णयसँगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना ज्येष्ठ नागरिकले खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए।व्‍यापक सूचना प्रवाहका साथ सुविधाका लागि केही वडाले सवारीसाधन उपलब्ध गराई ज्येष्ठ नागरिकलाई खोप लगाइएको थियो।चार वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देविकोट स्वास्

भोलिदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान, भक्तपुरमा ५३ हजारलाई लगाइने

दोस्रो चरणअन्तर्गत कोभिड–१९ विरुद्धको खोप अभियानका लागि भक्तपुरमा ४२ खोप केन्द्र निर्धारण गरिएको छ ।  भोलि फागुन २३ गतेबाट शुरू हुने अभियानमा भक्तपुरका ५३ हजार ५०५ जनालाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने भएपछि भक्तपुरमा ४२ वटा खोप केन्द्र निर्धारण गरिएको छ । भक्तपुरका ४ वटा नगरपालिकामा विगतमा छुटेका समेत गरेर ज्येष्ठ नागरिकलाई खोप दिने भएको उनको भन...