काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आ