काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सकियो भन्नेहरुलाई बलेसीको पानीको फोकाको संज्ञा दिएका छन्। शनिवार देशभर एमालेको वडा अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उनले एमाले सकियो भन्ने हल्लाहरु बलेसीको पानीको फोका जस्तै कमजोर बन्दै गएको बताए। एमालेलाई सरकारबाट हटाएपछि एमाले युगको अन्त्य भयो भनेर हल्ला चलाइए पनि एमाले झनै सशक्त बनेर आएको उनको भनाइ थियो।