काठमाण्डाै – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत आज बुधवारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कुल एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट औसतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट औसतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ । आजसम्म सबै जिल्लामा ...