५४ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सकियो

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ-नगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

रसुवामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

रसुवामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको पाँच वटा गाउँपालिकाको २७ वटै वडामा कांग्रेसको वडा अधिवेशन  सम्पन्न भएको नेपाली कांग्रेस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले जानकारी दिए...

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।     सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् । काठमाडौँमा १३८ वडामध्ये ...

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार

सिन्धुपाल्चोक, ४ असोज: नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो । जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए । सबै वडामा निर्वाचन अधिकृत खटिसकेको […]

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार

नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो ।  जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ । गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिय

पौडेल समूहद्वारा डडेल्धुराको वडा अधिवेशन अस्वीकार

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन नेता रामचन्द्र पौडेल समूहले अस्वीकार गर्ने तयारी गरेको छ। जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन गराएको भन्दै पौडेल पक्षले अस्वीकार गर्ने तयारी गरेको हो। त्यसका लागि पौडेल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ भने दिउँसो पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक […]

धादिङ कांग्रेसको वडा अधिवेशन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेस धादिङ जिल्लाको वडा अधिवेशन आज हुँदैछ । २ निर्वाचन क्षेत्र रहेको धादिङमा १०४ वटा वडा छ । सबै वडामा आजै वडा अधिवेशन हुने कांग्रेस जिल्ला सचिव विनोद तिमल्सिनाले जानकारी दिनुभयो । सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने र नसके निर्वाचनबाट भएपनि वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरिने उहाँले बताउनुभयो । वडाका […]

कपिलवस्तुमा कांग्रेस वडा अधिवेशन अनिश्चित

कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तुको वडा अधिवेशन अनिश्चित बनेको छ। जिल्लाको मायादेवी गाउपालिका वडा नं ३ फुलिकाकामा सिफारिस भएका नयाँ क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा वडा अधिवेशन अनिश्चित बनेको हो । कांग्रेस पार्टीमा प्रबेश गरेका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह , राष्ट्रिय सभा सदस्य दिर्ग नारायन पाण्डेय र राजेश बहादुर सिंहले सिफारिस गरेका क्रियाशील सदस्यमा पनि […]

बैतडीमा कांग्रेसको वडा अधिवेशन भदौ २१ मा हुने

बैतडी । बैतडीमा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन सकेको छैन । देशका अधिकांश जिल्लामा आज वडा अधिवेशन जारी रहेको भए पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिला हुने भएको छ । अधिवेशनका लागि आवश्यक तयारी नपुगेकाले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए । उनले […]

झापामा कांग्रेसको वडा अधिवेशन एकदिन ढिलो

झापा । नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको छ । आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने आज बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताए । अधिवेशनका लागि केन्द्रबाट […]