ताप्लेजुङ गठबन्धन: एमाले-कांग्रेसलाई घाटा, माओवादीलाई फाइदा

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा गठबन्धनको फाइदा माओवादी केन्द्रले लिँदा घाटाभने एमालेले व्यहोरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिभाजनको क्रममा आफूतिर लागेका पदको झण्डै एक तिहाइ कम मात्र जनप्रतिनिधि निर्वाचित गराउन सकेको छ।...

सम्बन्धित सामग्री

ताप्लेजुङ गोल्डकप : आयोजकसँग सिलिगुढी ७-५ गोलले पराजित

ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक संघर्ष स्पोर्टिङ क्लब हाबी भएको छ । घरेलु मैदानको फाइदा उठाएको संघर्षले पाहुना टिम कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारतलाई ७–५ गोल अन्तरले हराएको हो ।

अलैंचीको मूल्य बढ्यो, प्रतिमन ७० हजार पुग्यो भाउ

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैंचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैंचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैंचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो ।  पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैंची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष शुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैंची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैंचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैंची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ ।   अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष भने अलैंचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैंची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा 'क', 'ख' र 'ग' गरी तीन तहमा विभाजन गरिएको छ ।  नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करीब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पानमा ह्रास आएको कृषि ज्ञान केन्द्र, सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैंची बगानमा पुराना बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् । रासस

बाढीपछि माछा मार्नेको घुँइचो (फोटो फिचर)

धनकुटा : वर्षाका कारण नदिमा आएको बाढीले माछा बगाएर ल्याएपछि धनकुटाको मुलघाटस्थित तमोर नदीमा स्थानीयवासीहरू माछा मार्न घुइँचो लागेका छन्।वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथरमा जनधनको क्षति भए पनि धनकुटाको मुलघाट आसपासमा भने माछा मार्नेहरूलाई फाइदा पुगेको छ।तमोर तथा अरुण नदीमा बाढी आएपछि माछा मार्नेको भिड लाग्न थालेको छ।नदीमा लेदो सँगै ठूला ठूला माछाहरू बगरमा भेटिन थालेका छन्। तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा मार्नेहरूको भीड बढ्न थालेपछि जोखिम पनि उत्तिकै बढेको छ।नदीमा बाढी आएपछि एउटै म

सामाजिक सञ्जालमार्फत अश्लील भिडियो बनाएर ‘हैरानी’ दिने दुईजना पक्राउ

सामाजिक सञ्जाल भाइबार, इन्स्टाग्राम र बिगोमा साथी बनाएर कुराकानी गर्ने क्रममा अश्लील भिडियो बनाएर हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएर काठमाडौंको बौद्ध बस्ने १९ वर्षका रमीज राजा र ताप्लेजुङ घर भएर बौद्ध बस्ने ३२ वर्षका जेम्स तामाङ छन् । रमीजले नाबालिकासँग भाइबरमा अडियो संवाद गरेर ‘तिम्रो अश्लील भिडियो भाइरल छ’ भनेर त्रास देखाएर तस्बिर इडिट गरेर बनाएको भिडियो पीडितको भाइबरमा पठाएर नाजायज फाइदा लिन खोजेको साइबर ब्यूरोले जनाएको छ । अर्का

वर्षाले अलैंचीखेती गर्ने किसान उत्साहित

ताप्लेजुङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान उत्साहित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीको रूपमा रहेको अलैंचीखेतीमा सिँचाइ गर्ने बेला वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । अलैंची सिँचाइमा मूल/कुलोको भन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन् । जिल्लामा गत शुक्रवार र शनिवार वर्षा भएपछि हिमपात समेत भएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका बिर्खबहादुर लिम्बूले अलैंचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताए । अलैंची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले उत्पादन राम्रो हुने उनको भनाइ छ । मङ्सिरपछि किसानले अलैंचीबाली सिँचाइ गर्ने गर्दछन् । यो समयमा औल क्षेत्रमा अलैंची फुल्न थालेको र लेक क्षेत्रमा पूmल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुर्‍याएको किसान बताउँछन् ।      यस्तै अन्य फलफूल तथा तरकारीखेतीलाई पनि वर्षाले फाइदा पुर्‍याएको छ । यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो । हिउँदमा बेला–बेलामा वर्षा भइदिँदा अलैंचीसहित फलपूmल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसानको भनाइ छ । जिल्लाका ९ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैंचीखेती गर्ने गरिएको छ । रासस

माघे झरीले अलैँची किसानलाई फाइदा

पाँचथर – माघ महिनामा परेकाे झरीका कारण चिसो बढेपछि धेरैजसाे ठाँउमा जनजीवन प्रभावित भइरहेका बेला पूर्वी पहाडी जिल्लाका अलैँची किसानलाई भने फाइदा पुगेको छ । अलैँचीमा फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । यतिबेला अलैँचीलाई पानीको धेरै आवश्यकता पर्ने हुनाले पानी परेपछि पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम र धनकुटालगायतका पूर्वी पहाडी जिल्लाका किसानलाई फाइदा पुगेको हो । गएको कात्तिक महिनाको १, २, ३ गतेको बेमाैसमी वर्षापछि कमै मात्र पानी पर्दा मुहानहरू सुक्दै गएपछि अलैँचीको बोट मर्छ क...

गाउँमै रोजगार गर्वको आधार कार्यक्रमले उद्यमी सिर्जना गर्दै

ताप्लेजुङ । कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किनुभएका सिरीजंघा गाउँपालिका–८ याम्फुदिनका सुकु भोटे भेडापालन व्यवसायका लागि तयारी गरिरहनुभएको छ । करिब ३५ महिना दुबइमा बसेर गत वर्ष घर फर्किनुभएका भोटेलाई पुनः विदेश जाने रहर छैन । विदेशी भुमिमा पसिना बगाउनु भन्दा आफ्नै पाखा बारीमा परिश्रम गरे फाइदा हुने भन्दै भेडापालनको तयारीमा लागेको उहाँले बताउनुभयो । […]

अलैंचीको मूल्य बढे पनि किसानले लिन सकेनन् फाइदा

ताप्लेजुङ, असार ४ । ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् । विगत केही वर्ष अलैंचीको मूल्यमा निरन्तर कमी भएको थियो । […]

अलैंचीको मूल्य बढे पनि किसानले लिन सकेनन् फाइदा

ताप्लेजुङ । ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् । विगत केही वर्ष अलैंचीको मूल्यमा निरन्तर कमी भएको थियो । यस वर्ष पनि अलैंची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात् प्रतिमन (४० किलोग्राम) २२ देखि २५ हजार रुपैयाँसम्म भएको थियो । पछिल्लो चार÷पाँच वर्षयता मूल्य बढ्ने भन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैंची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरीद विक्री गरिसकेकाले हालको मूल्य वृद्धिको फाइदा लिनबाट उनीहरू वञ्चित भएका हुन् । अहिले अलैंचीको मूल्य वृद्धि भएर प्रतिमन ३० हजारदेखि ३२ हजारसम्म पुगेको छ । मूल्य वृद्धि भए पनि त्यसको फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताए । पहिले सिजनमै अलैंचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेकाले त्यो फाइदा लिन नपाएको उनको भनाइ छ ।      यस्तै फुङ्लिङ बजारकै अलैंची व्यवसायी दिनेश अधिकारीले पनि वृद्धि भएको मूल्यको फाइदा किसान तथा स्थानीय व्यवसायी दुवैले लिन नपाएको बताए । ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेकान व्यवसायी अधिकारीका अनुसार कारोबारको मौसममा आएको मूल्यमा सबै अलैंची विक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा लिनबाट वञ्चित हुनुपरेको हो । शुरूका वर्षमा भने किसान तथा स्थानीय व्यापारी दुवैले राम्रो मूल्यको पर्खाइमा अलैंची पछिसम्म कारोबार नगरी थन्क्याएर राख्ने गर्दथे । पछिल्लो समयमा भने मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्दै जाने हुँदा शुरूमै कारोबार गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन् । ताप्लेजुङमा भने ४ हजार २५८ हेक्टर क्षेत्रफल बराबरमा अलैंची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यस वर्ष मात्र २ हजार ९६० मेट्रिकटन अलैंची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्यांक अनुसार यस वर्ष जिल्लामा गत वर्षभन्दा करीब १० देखि १५ प्रतिशतले अलैंची उत्पादन वृद्धि भएको हो । रासस