वर्षाले अलैंचीखेती गर्ने किसान उत्साहित

ताप्लेजुङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान उत्साहित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीको रूपमा रहेको अलैंचीखेतीमा सिँचाइ गर्ने बेला वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । अलैंची सिँचाइमा मूल/कुलोको भन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन् । जिल्लामा गत शुक्रवार र शनिवार वर्षा भएपछि हिमपात समेत भएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका बिर्खबहादुर लिम्बूले अलैंचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताए । अलैंची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले उत्पादन राम्रो हुने उनको भनाइ छ । मङ्सिरपछि किसानले अलैंचीबाली सिँचाइ गर्ने गर्दछन् । यो समयमा औल क्षेत्रमा अलैंची फुल्न थालेको र लेक क्षेत्रमा पूmल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुर्‍याएको किसान बताउँछन् ।      यस्तै अन्य फलफूल तथा तरकारीखेतीलाई पनि वर्षाले फाइदा पुर्‍याएको छ । यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो । हिउँदमा बेला–बेलामा वर्षा भइदिँदा अलैंचीसहित फलपूmल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसानको भनाइ छ । जिल्लाका ९ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैंचीखेती गर्ने गरिएको छ । रासस  

सम्बन्धित सामग्री

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

इलाम – बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् । गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार […]

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर – बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन्। चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन९४० केजी० रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन्। यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए। सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले […]

सयपत्री कतार निर्यात भएपछि किसान उत्साहित

तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको...

वर्षा भएपछि किसान उत्साहित

फुङ्लिङ, १३ चैत । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगेका छन् । कात्तिकको तेस्रो सातादेखि […]

चिराइतोले उचित मुल्‍य पाएपछि भोजपुरका किसान उत्साहित

११ माघ, भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका […]

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

वालिङ, १४ मङ्सिर । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका […]

दूधमा अनुदान पाएपछि किसान उत्साहित

डेरीमा दूध बिक्री गर्दा पाउने मूल्यमा थप अनुदान रकम पाउने भएपछि सिन्धुपाल्चोक कुविण्डेका किसान उत्साहित भएका छन् ।डेरीमा फ्याटको आधारमा पाउने मूल्यमा प्रतिलिटर ७ रुपैयाँ जोडेर आउन थालेपछि किसान उत्साहित भएका हुन् । यहाँका किसानले सहकारीमार्फत दूध बिक्री गरेवापत डीडीसीको दररेट भन्दा ७ रुपैयाँ थप रकम पाउने गरेकी स्थानिय लक्ष्मी सापकोटाले बताइन् ।“डेरीमा दूध बिक्री […]

अलैंचीको मूल्य बढेपछि किसान उत्साहित

गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा बिक्री भएको अलैंची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा बिक्री भएपछि किसान उत्साहित भएका छन् ।

चिराइतोको मूल्य बढ्यो, किसान उत्साहित

भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् । चाररपाँचवर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो। पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए। अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतोखरीदगर्न थालेका छन् । गत वर्ष आठदेखि दश हजारमा बिक्री भएको चिराइतो अहिले किसानको […]

कृषि जोन कार्यक्रमले किसान उत्साहित

देउखुरी– दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन लागू भएको छ। उक्त कार्यक्रम लागू भएपछि किसान उत्साहित भएका छन्। जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम दाङमा तोरी जोन एकाइ लागू भएको छ। यस्ता कृषिजन्य परियोजना लागू भएपछि दाङका कृषक खुसी भएका छन्। राप्ती गाउँपालिका–२ पाखापानीकी सुनिता चौधरीले मकै […]