काठमाडौं, १३ बैशाख । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको जनाएको छ […]