‘यातायात मजदुरलाई काेराेनाविरुद्धकाे खाेपकाे व्यवस्था गर्दै सार्वजनिक गाडी चल्न दिनुपर्छ’

काठमाण्डाै – यातायात मजदुरहरूलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक गाडी सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरूले माग गरेका छन् ।  बिहीवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रूपमा काठमाण्डाै जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यातायात मजदुरहरूलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सार्वजनिक गाडी सञ्चालन गराउन माग गरेका हुन् ।  ...

सम्बन्धित सामग्री

उपत्यकाका धेरैजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल

काठमाण्डाै  - काठमाण्डाै उपत्यकाका प्रायजसाे सार्वजनिक गाडी प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ ।  शुक्रवार काठमाण्डाैको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग गाडीको प्रदूषण परीक्षण गर्दा प्रायजसाे गाडी प्रदूषण परीक्षणमा फेल रहेका पाइएको हो ।  आज विभागले गरेको ५४ वटा गाडीको प्रदूषण परीक्षणमा ३८ वटा गाडी फेल भएका पाइएको छ भने १६ वटा गाडी मात्रै पास भएका विभागले जनाएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले आजको प्...

लाेसपाकाे घोषणा पत्र - सार्वजनिक गाडी निःशुल्क

काठमाण्डाै - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पालिका चुनावको घोषण पत्र सार्वजनिक गरेको छ । आज काठमाण्डौको बबरमहलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्ने व्यवस्था गर्ने, सार्वजनिक गाडीकाे भाडा निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने लगायतका महत्वाकाङ्क्षी योजना उल्लेख गरिएको छ ।  सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर त्यहाँका जनजीवनको सुरक्षा गर्नु...

सार्वजनिक गाडीलाई आजदेखि ‘रुट परमिट’ नचाहिने

काठमाडौँ। आज (बिहीबार) देखि सार्वजनिक गाडीलाई रुट परमिट नचाहिने भएको छ । अब सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दसैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट परमिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने छन् । यस्तै सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौँसम्मको सडकमा ठुला गाडी सञ्चालनमा रोक […]

मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय

काठमाण्डाै – सरकारले मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज शुक्रवार सूचना निकालेर विभिन्न परीक्षालाई ध्यानमा राखेर यसअघि तोकेका स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिक गाडी चलाउन दिने निर्णय भएको जनाएको छ । मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, कक्षा १२ तथा लोक सेवा आयोगलगायतका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन काठमाण्डौ उपत्यकाका सम्पूर्ण यातायात व्यव...

रौतहटमा जोरबिजोरमा सार्वजनिक गाडी पनि चल्ने

सोमबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।...

शिवरात्रिको दिन सार्वजनिक गाडी निरन्तर चल्ने

काठमाण्डौ – शिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक गाडी निरन्तर चल्ने छन् । तर, दर्शनार्थीको चाप बढी भइ यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा गाडी आवागमनलाई निषेध गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस्तै, मालबाहक गाडीलाई पनि रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । शिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको...