पर्यटन बोर्ड र मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा परेको सांसद खनालको टिप्पणी

काठमाडौं । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन बोर्डले बजेट एलोकेट गर्न नसक्दा ठूला पर्यटनसँग सम्बन्धित […]

सम्बन्धित सामग्री

संस्कृतिसहितको पर्यटन विकास आवश्यक छ : मन्त्री किराँती

८ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पर्यटन समिति तथा पर्यटनका लागि युरोप–नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा ‘नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रवर्द्धन’ विषयमा आयोजित अन्तक्र्रियामा […]

कोभिडले समस्यामा परेको पर्यटन उठाउने विषय सरकारको प्राथमिकताः मन्त्री श्रेष्ठ

काठमाण्डौं– संस्कृति पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल पर्यटन बोर्ड क्यानडाको सहकार्यमा नेपाल क्यानडा टुरीज्म कल्चर एण्ड टेडले प्रकाशन गरेको वेस्र्टन नेपाल फोटो पुस्तक विमाचेन गर्दै मन्त्री श्रेष्ठले भन्र्दकोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताएका हुन । […]

पर्यटन क्षेत्रमा सन्तोषजनक सुधार हुँदै : रेग्मी

काठमाडौं । कोरोनाका कारण थला परेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय चलायमान बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य एवं नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च भिटोफको नयाँ कार्य समितिको स्वागत कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले कोरोनाका कारण शून्यमा पुगेको पर्यटन क्षेत्रमा सन्तोषजनक […]

कोभिड–१९ पछि विदेशी पर्यटक बढे

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् ।  यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो ।सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । अप्रिल

बेकामे पर्यटन बोर्ड

नेपालको पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न सरकार र निजीक्षेत्रको साझेदार संस्थाका रूपमा खडा गरिएको नेपाल पर्यटन बोर्डले अपेक्षाअनुसार काम गर्न सकेको छैन । त्यसमा पनि कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्न सबैभन्दा बढी क्रियाशील हुनुपर्ने यो संस्था अहिले निष्क्रिय जस्तै छ । कोरोनाको महामारी अन्त्य हुने लक्षण देखा पर्दै जाँदा पर्यटनलाई गति दिन प्रचारप्रसारको नयाँ रणनीति अपनाउनुपर्नेमा उल्टै नेतृत्वविहीन बनेर कामविहीन बनेको छ । त्यसैले यसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । बोर्डको कार्यकारी प्रमुख बन्नका लागि निकै दौडधुप गर्ने तर प्रभावकारी रूपमा पर्यटन प्रवर्द्धनका योजना बनाउने नसक्ने प्रमुख पाउनु यसको नियति नै बनेको छ । बोर्डलाई चलायमान बनाउने प्रमुख व्यक्तिको क्षमता र नियतिमाथि नै टीकाटिप्पणी हुने गरे पनि सही र योग्य व्यक्ति ल्याउन सार्थक पहल भएको देखिँदैन । कोभिड–१९ ले गर्दा २ वर्षदेखि बाह्य पर्यटको आगमन करीब- करीब ठप्प छ । पर्यटक आगमन ठप्प हुँदा बोर्डले पाउने बजेटको आकार पनि घटेको छ । त्यसैले अहिले स्रोत व्यवस्थापनमा समेत दबाब परेको छ । तैपनि बोर्डले आफूसँग भएको आन्तरिक स्रोतसाधनको उच्चतम परिचालन गर्न सकेको छैन । बोर्डको स्रोत भनेको सरकारी अनुदान र विभिन्न पर्यटकीय संघसंस्थाबाट प्राप्त हुने रकम हो । यो रकम पर्यटनको प्रवर्द्धनका लागि खर्च हुनुपर्ने हो । दुर्भाग्य, कोरोनाका कारण थलिएको पर्यटनलाई पुनर्जीवन दिन आवश्यक प्रवर्द्धनात्मक कार्य गर्न सकेको छैन । भएका काम पनि परिणाममुखी देखिएका छैनन् । यस्तोमा बोर्ड प्रमुखविहीन हुँदा कामै नहुनु स्वाभाविक हो । बोर्डमा केही पदाधिकारीले राजीनामा दिएका छन् । बोर्डका प्रमुख कारबाहीमा परेका छन् । बोर्डलाई यसरी नै लथालिंग छाड्ने हो र यसको जिम्मेवारी र कार्य क्षमतामा सुधार नल्याउने हो भने पर्यटनको पुनरुद्धार अभैm ढिलो हुन सक्छ । त्यसैले सरकारले तत्कालै योजना र लक्ष्य लिएको योग्य व्यक्तिलाई बोर्डमा नियुक्ति दिन ढिला गर्नु हुँदैन । कोरोना भाइरस संक्रमण महामारीका कारण झन्डै डेढ वर्षदेखि पर्यटन क्षेत्र शिथिल बनेको छ । यो अवस्थामा सरकार र नेपाल पर्यटन बोर्डले अघि सार्ने योजना र कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुत्थान निर्भर रहन्छ । विश्वभरि नै पर्यटन व्यवसाय निकै घटेको छ । तर, अन्य देशले तीव्र गतिमा फरक रणनीति र प्रर्वद्धनात्मक एवं प्रचारात्मक कार्य थालेकाले अहिले तिनीहरू बिस्तारै तंग्रन थालेका छन् । नेपालको अवस्था भने उल्टो छ भन्दा हुन्छ । अहिले ओमिक्रोन भेरिएन्टको संक्रमण पनि मत्थर भइसकेको छ । खोप पनि अत्यधिकले लगाइसकेका छन् । पर्यटकहरू फाट्टफुट्ट देखापर्न थालेका छन् । यही बेला बोर्डको भूमिका बढी आवश्यक छ । बोर्डले व्यवसायीहरूसँग अन्तरक्रिया गरेर कुन कुन क्षेत्रमा कसरी प्रवर्द्धनात्मक कार्य गर्दा बढी प्रभावकारी हुन्छ भनेर योजना बनाई तत्कालै कार्यान्वयनमा जानुपर्छ । पर्यटन बोर्डले विगतमा अध्ययन–अनुसन्धान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मेला–महोत्सवमा बजेट छुट्ट्याउने गथ्र्यो । पर्यटन बोर्डको उद्देश्य अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्नु हो । पर्यटनसँग सम्बद्ध नीति बनाउन पनि उसको भूमिका हुन्छ । उसले सरकार र निजीक्षेत्रलाई जोड्न पुलको काम गर्न सक्छ । बोर्डको काम समग्र पर्यटन प्रवर्द्धनका गतिविधि गर्नु हो । तर, जे परिकल्पना गरेर ऐन, विधान निर्माण गरियो, त्यसअनुसार बोर्डले काम नै गर्न सकेको छैन । सोच र योजना राम्रो आए पनि कार्यान्वयनको पाटो कमजोर भयो । त्यही भएर स्थानीय मेलामहोत्सवमा खर्च गरेर बजेट सक्ने काम भएको छ जुन गलत हो । अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्न भएको खर्चको प्रतिफलबारे बोर्डमा छलफल नै भएको पाइँदैन । त्यसबारे अध्ययन पनि भएको छैन । त्यो कति प्रभावकारी भयो, कति फाइदा भयो, अर्कोपटक लगानी गर्ने कि नगर्ने भन्ने विषयमा बोर्डले गम्भीर भएर अध्ययन गर्नुपर्ने हो । फलदायी नभएको कामहरू रोकेर नयाँ खालको प्रचार नीति ल्याउनुपर्ने हो । त्यस्तो भएको पनि पाइँदैन । पर्यटन बोर्डको अध्यक्ष पर्यटन सचिव हुने व्यवस्था छ र सचिव फेरिएसँगै अध्यक्ष फेरिइहाल्नाले पनि बोर्डले राम्ररी काम गर्न नसकेको हो । बोर्डका सीईओ विवादमा तानिँदा पनि कार्यान्वयन पक्ष असाध्यै फितलो भयो । नेपालमा कस्ता पर्यटक आए, कति पर्यटक आए, त्यसको तथ्यांकसमेत बोर्डसँग भएको पाइँदैन । यस्तो तथ्यांकविना गरिने प्रचारकै कारण पनि फलदायी परिणाम नआएको हो । नेपालका लागि कुन बजार बढी उपयुक्त छ भनेर त्यसअनुसार प्रचार गर्न पनि बोर्ड चुकेको अनुभव हुन्छ । बोर्डलाई अस्तव्यस्त बनाउने एउटा कारण राजनीति पनि हो । समूहमा मिलेर काम नगर्ने अनि आआफ्नो स्वार्थअनुरूप काम गर्ने पर्यटन व्यवसायीहरूको कारण पनि बोर्ड प्रभावकारी बन्न नसकेको हो । पर्यटन व्यवसायमा लाग्ने र बोर्डमा प्रतिनिधित्व गर्नेहरू धेरैजसो उच्च व्यक्तिहरू नै छन् । उनीहरूले सीईओ र सचिवलाई उचित सुझाव दिएको भए र सही काम गर्न बाध्य पारेको भए पनि बोर्ड प्रभावकारी हुन्थ्यो । काम गर्ने इच्छाशक्ति नहुँदा र बोर्डलाई हाँक्न धेरै बोर्ड सदस्यले प्रतिनिधित्व नगर्दा यो अवस्था आएको हो । यस्तो परिणाममुखी काम नगर्ने बोर्ड किन आवश्यक पर्‍यो भन्ने प्रश्न पनि उठ्न थालेको छ । तैपनि प्रवद्धर्नात्मक काम गर्न एउटा सशक्त र निजीक्षेत्रको प्रतिनिधित्व भएको संस्था उपयुक्त हुन्छ । यसको काम बोर्डले गर्न सक्छ । बोर्डमा आउने व्यक्तिहरूमा व्यवसाय र आफ्नो कर्तव्यप्रति जिम्मेवारीबोध भएमा बोर्डलाई निकै प्रभावकारी बनाउन सकिन्छ । यसलाई बलियो बनाएर आफ्नो उद्देश्यमा सफल बनाउन सरकार, व्यवसायी सबैले बोर्डलाई घचघच्याउनुपर्छ र गलत गर्ने वा काम नगर्नेलाई पदबाट हट्नुपर्ने बाध्यता सृजना गर्नुपर्छ । विवादित व्यक्ति र योजनाविहीन व्यक्तिलाई बोर्डमा ल्याउनै हुँदैन । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

नेपाल आउने पर्यटकको संख्या बढ्न थाल्यो– पर्यटन बोर्ड

काठमाडौँ– कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ […]

नेपाल पर्यटन बोर्ड खारेज गर्ने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड खारेजको गृहकार्य गरेको छ ।  मन्त्रालयले कोभिड १९ को प्रभावका कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान गर्न, पर्यटन व्यवसायीहरुको समस्या पहिचान एवम् समाधान गर्न राय, सल्लाह, सुझाव दिन भन्दै मन्त्री प्रेम आलेको अध्यक्षतामा पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरिएको...

दुई सय पर्यटन मजदुरलाई आपत्कालीन रोजगारी

दुई सय जना पर्यटन मजदुरलाई आपत्कालीन रोजगारीको अवसर दिइएको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत उक्त सङ्ख्याका श्रमिकलाई रोजगारी दिइएको हो । ट्रेकिङ एजेन्सी एसोसिएसन आफ नेपाल (टान) पश्चिमाञ्चल, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा दुई जना श्रमिकलाई रोजगारी पाएका हुन् ।कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्र पूर्णरुपमा ठप्प बन्दा आर्थिक सङ्कटमा परेका श्रमिकलाई सहयोग गर्ने गरी यो कार्यक्रमको सुरुवात

डेढ वर्षमा ३ लाख पर्यटक, योजना बनाउँदै पर्यटन बोर्ड

काठमाडौँ– कोरोना भाइरसको महामारीले नेपालको पर्यटन व्यवसाय झन्डै शून्यको अवस्थामा छ । सरकारले लकडाउन गर्दै र नियन्त्रण खुकुलो गर्दै लगे पनि पर्यटन व्यवसयमा सुधार आएको छैन । कोरोना महामारीकै कारण भिजिट नेपाल २०२० को असफल भयो । दोस्रो चरणको लकडाउनपछि अहिले लगभग सबै क्षेत्रहरू खुलिसकेका छन् । डेढ वर्षदेखि थला परेको पर्यटन क्षेत्र भने तत्काल […]