काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक कुराकानी भएको बताएका छन्। आइतबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए। अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहित […]