तीन दिने मुद्रा प्रदर्शनी सुरु

काठमाडौँ- नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ । राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो । प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ । पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका […]

सम्बन्धित सामग्री

तस्वीरमा हेर्नुस् लिच्छविकालदेखिका मुद्रा राखिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी

काठमाडौं । नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तरराष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा शुरू भएको छ ।  राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि हुँदै आएको भए पनि अन्तरराष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो । प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल र शाहकालका मुद्रा एवं कागजी नोट प्रदर्शनीमा राखिएको छ ।  पशुपति मुद्रादेखि शाहकालसम्म निष्कासन भएका मुद्रा प्रदर्शनीमा राखिएको सङ्घको महासचिव समेत रहेका प्रदर्शनी संयोजक दीपेन्द्ररत्न शाक्यले जानकारी दिए ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदर्शनीको उद्घाटन गरे । कार्यक्रममा नेपाल राष्ट्र बैङ्क टक्सार विभागका प्रमुख सत्येन्द्र सुवेदी, सङ्घका अध्यक्ष दिनेशराज मास्के र महासचिव शाक्यलगायतले मुद्रा सङ्कलनको महत्त्वका बारेमा प्रकाश पारेका थिए ।  नेपालमा विसं २००२ देखि कागजको नोट प्रकाशन हुन थालेको हो । नेपाल राष्ट्र बैङ्कको स्थापना नभए पनि खजाञ्ची जनकराज पण्डितले हस्ताक्षर गरी रू. ५, १० र १०० का नोट प्रकाशन भएको इतिहास रहेको आयोजक समितिका सदस्य राजु श्रेष्ठले जानकारी दिए ।  मुद्राको इतिहास रक्षाका लागि पनि मुद्रा सङ्कलन महत्त्वपूर्ण हुने जनाइएको छ । प्रदर्शनीमा भारतका मुद्रा सङ्कलकको पनि सहभागिता छ । गत वर्ष भारतको कोलकातामा पनि यस्तै प्रदर्शनी गरिएको आयोजक समितिका अर्का सदस्य चन्द्ररवि श्रेष्ठले जानकारी दिए । सङ्घमा हाल ३५९ सदस्य सक्रिय छन् । जसले निरन्तररूपमा मुद्रा सङ्कलन गर्ने गरेको जनाइएको छ ।  प्रदर्शनी बुधबारसम्म चल्नेछ । प्रदर्शनीमा मुद्रा किनबेच गर्नसमेत पाइने छ । पुराना मुद्राको निश्चित मूल्य नतोकिने भएकाले आपसी समझदारीमा किनबेच गर्न सकिने आयोजक समितिले जनाएको छ । रासस तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

ऐतिहासिक मुद्राहरूको प्रदर्शनी [तस्बिरहरु]

नेपाल मुद्रा संकलक संघले तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी आयोजना गरेको छ । बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा जारी मुद्दा प्रदर्शनी बुधबार सकिँदैछ । राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी भने यो पहिलोपटक आयोजना गरिएको हो ।

अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी पहिलोपटक नेपालमा सुरु

नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा सुरु भएको छ।राष्ट्रियस्तरको प्रदर्शनी यसअघि पनि आयोजना भएको थियो।

पुरानो मुद्रा प्रदर्शनी सुरु

नेपाल फिलाटेलिक सोसाइटीको आयोजनामा राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा तीन दिने मुद्रा प्रदर्शनी सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्नेछ ।