निर्जीवन बीमा ११% ले बढ्यो

काठमाडौं । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय १० दशमलव ७४ प्रतिशतले बढेको छ । गत आवको सोही महीनामा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमातर्पmको वृद्धिदर सामान्य देखिएको बताए । ‘यसै पनि साउन आर्थिक वर्षको शुरुआती महीना भएका कारण यस समयमा व्यवसाय त्यति हँुदैन । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको वृद्धि राम्रो देखिएको छ । तर, त्यसको तुलनामा निर्जीवन बीमामा त्यति राम्रो वृद्धि देखिएन,’ उनले भने, ‘समीक्षा अवधिमा भएका प्राकृतिक प्रकोपका कारण व्यवसाय वृद्धिदर त्यति राम्रो देखिएन होला ।’ १० प्रतिशतको वृद्धिदरलाई नराम्रो पनि भन्न नसकिने उनको भनाइ छ । ‘कोरोना महामारी अझै जारी छ । यो अवस्थामा व्यवसायमा ह्रास नै आएको छैन । यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने । समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । साउनमा उक्त कम्पनीले रू. ३३ करोड बीमाशुल्क संकलन गरेको छ । बढी बीमा शुल्क संकलन गर्ने दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स देखिएको छ । कम्पनीले रू. ३० करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो नम्बरमा रहेका नेको र सिद्धार्थ इन्स्योरेन्सले २६/२६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय सामान्य वृद्धि

चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा नगन्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आवको फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा कम्पनीहरूले २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । चालू आवको पहिलो ८ महीनामा १ दशमलव १२ प्रतिशत मात्र बीमाशुल्क वृद्धि गर्न निर्जीवन बीमा कम्पनीहरू सफल भएका छन् । फागुनसम्ममा सबैभन्दा बढी व्यवसाय गर्नेमा शिखर इस्योरेन्स रहेको छ । शिखरले यस अवधिमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । यसै गरी सबैभन्दा कम व्यवसाय नेशनल इस्योरेन्सको ७६ करोड १३ लाख रुपैयाँ रहेको छ । फागुनमा भने निर्जीवन बीमा कम्पनीहरूले अघिल्लो महीनाको तुलनामा राम्रो बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार माघमा लघुबाहेकका १४ ओटा निर्जीवन बीमा कम्पनीले २ लाख ४५ हजार बीमालेख विक्रीबाट ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । माघको तुलनामा कम्पनीहरूको बीमाशुल्क फागुनमा १६ दशमलव ९० प्रतिशतले वृद्धि भएको हो । माघमा उनीहरूले ३ अर्ब १२ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । सोमवार जीवन बीमा कम्पनीहरूको व्यवसाय घटेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको थियो । यसैगरी चालू आवको फागुनसम्ममा निर्जीवन लघुबीमा कम्पनीहरूले १० करोड ३३ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् । यस अवधिसम्म कम्पनीहरूले ४५ हजार ३५८ ओटा बीमालेख जारी गरेका छन् । हाल नेपाल, प्रोटेक्टिभ र स्टार माइक्रो गरी तीनओटा कम्पनीले निर्जीवन लघुबीमा व्यवसाय गर्दै आएका छन् । त्यसमध्ये सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । फागुनसम्ममा यसले ४ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसै अवधिमा प्रोटेक्टिभले ३ करोड ४८ लाख र स्टारले १ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले बताएको छ ।  आर्थिक शिथिलतासँगै बैंक, वित्तीय संस्थाको कर्जा प्रवाहमा कमी र व्यावसायिक गतिविधिसमेत प्रभावित भएपछि बीमा कम्पनीको व्यवसाय घट्दै आएको थियो । पछिल्लो समयमा बैंकमा बढेको तरलता, राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिसँगै पुसयता बीमा व्यवसायमा पनि केही सुधार हुन थालेको बीमक बताउँछन् ।

निर्जीवन बीमा कम्पनी कुनले कति कमाए ?

काठमाडौं– निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क […]

लयमा देखिएन निर्जीवन बीमा व्यवसाय

चालु आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा करिब ६ प्रतिशत झिनो वृद्धि देखिएको छ । अर्थतन्त्र सुस्त हुन पुग्दा त्यसको असर बीमा क्षेत्रमा पनि परेको हो । यही कारण चालु आवमा व्यवसाय वृद्धि न्यून हुन पुगेको कम्पनीहरूको विश्लेषण छ । आवको ११ महिनासम्ममा निर्जीवन बीमा कम्पनीले ३६ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् […]

निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्यो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो ।उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत

११ प्रतिशतले बढ्यो निर्जीवन बीमा

काठमाडौं, भदौ २३ । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब ३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका […]

निर्जीवन बीमा ११ प्रतिशतले बढ्यो

नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो ।हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् ।समीक्षा अवधिमा निर्जीव

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा चार सय ६२ करोड

काठमाडौं, भदौ ८। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा चार अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै […]

बजार बढेपनि निर्जीवन बीमा समूहमा गिरावट

काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से)का अनुसार आज निर्जीवन बीमा समूहको सूचक घटेको छ। नेप्से परिसूचक १९ अंकले बढ्दा यो समूहमा ५.७ अंकको गिरावट आएको हो। आज योबाहेक सबै १२ समूहको सूचक बढेको छ। जसमध्ये सबैभन्दा बढी विकास बैंक समूहमा १५३ र होटल तथा टुरिजम समूहमा १३८ अंकको सुधार आएको छ।