ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल

ठमेल पर्यटन विकास परिषद्ले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे ठमेलका व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ।...

सम्बन्धित सामग्री

‘ठमेलको रात्रिकालीन व्यवसायलाई व्यवस्थित गरौँ’

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता निर्माण गर्नुपर्ने बताउनुभएको छ । ठमेलका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्ले सोमबार साँझ काठमाडौँमा आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्तिसुरक्षा सम्बन्धमा छलफल तथा अन्तरक्रिया’मा उहाँले आचारसंहिता बनाएर ठमेल क्षेत्रको रात्रिकालीन …

काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो

काठमाण्डाै - प्रमुख पर्यटकीय क्षेत्र काठमाण्डौको ठमेलमा फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाण्डौ महानगरपालिकाले विशेष चासो देखाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले ठमेल क्षेत्रको स्थलगत अवलोकन गरी त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि छलफल समेत गर्नुभएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया भएको छ । परिषद्ले ठमेलको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन, तार तथा होर्डिङ बोर्ड, सीसी क्यामरा व्यवस्थापन, ढल, सडक तथा सडकबत्ती व्यवस्थापनलगायत समस्या सम...

काठमाडाैं महानगरका प्रमुख शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो

काठमाडाैं : राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौं महानगरपालिकाले चासो देखाएको छ।महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले आज ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गरेका हुन्। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गरेका नगरप्रमुख शाहले ठमेलको छाँया सेन्टर परिसरको सडकमा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया गरेका छन्।सो अवसरमा परिषद्ले ठमेलको प्रमुख समस्याका र

हानले बागमतीका मुख्यमन्त्रीलाई भन्यो, ‘खर्च बढाउने वातावरण ऐन संशोधन गरियोस्’

होटल संघ नेपाल (हान) ले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटी दिगो पर्यटनको लागि सुझाव प्रस्तुत गरेको छ । सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन गरिनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुसरण गर्ने बताईन् । उनले वातावरणीय अध्ययन आफैंमा राम्रो र यसको सराहना हुँदाहुँदै पनि कोभिड–१९ को मध्य समय असार १, २०७६ मा संशोधन भएको वातावरण ऐन २०७६ मा २५ देखि ५० बेड सम्मका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने कानून लागू हुनुले स्तरोन्नति र सकारात्मक दूरदृष्टि राखेपनि परामर्श र व्यवहारिकता नहेरी गरिएको यस व्यवस्थाले साना तथा मझौला व्यवसायीहरुलाई चेपुवामा पारेको बताएकी छिन् । अहिलेको जटिल परिस्थितिमा खर्चका कारण उक्त कार्य गर्न केही समय लाग्ने भएकोले नेपाल राष्ट्र बैंक लगायतका निकायहरुबाट उपलब्ध हुनुपर्ने इजाजतहरु वातावरणीय अध्ययनलाई थाँती राखी इजाजत प्रक्रिया लगायतका कार्यहरु स्थगित हुन पुगेकाले यसलाई सहजिकरण गरिदिन पनि उनले मुख्यमन्त्रीलाई आग्रह गरेकी छिन् । साथै नयाँ आउने प्रदेश नीति तथा नियम र संशोधन गरिने अन्य विषयहरुमा हानको प्रत्यक्ष सहभागिता तथा छलफल हुन सके दिगो पर्यटनलाई टेवा पुग्ने अध्यक्ष राणाको भनाई छ । उपत्यका पर्यटन कार्यालयलाई स्रोत साधनसहित मजबुत बनाइनुपर्ने पनि उनको माग छ । कार्यक्रममा संघका महासचिव साजन शाक्यले कोभिड–१९ ले अतिप्रभावित पर्यटन तथा होटल उद्योगलाई बचाउनका लागि प्रदेश पर्यटन नीति तथा कानुन पर्यटन मैत्री हुनुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नीयम तथा कानुनको अवलम्वन गर्दै अगाडि बढिरहेको र यसबाट पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने दाबी गरे । उनले यस क्षेत्रको जर्गेना हुन सके, बढी भन्दा बढी लगानी हुन सके, रोजगारी र राजस्वको दयरा बढ्ने बताउँदै पर्यटन क्षेत्रलाई फराकिलो बनाउँदै अघि बढ्ने आश्वासन दिए । सो अवसरमा उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले कार्यालय नीति तथा नियमको पूर्ण परिपालना गरी अगाडि बढ्ने भएको हुँदा यस्ता किसिमका समस्याहरु कार्यालयमा अवगत हुँदा व्यवसायीको समस्या आफैंमा सकारात्मक हुँदाहुँदै पनि कानुनको पालना गर्ने क्रममा कार्यालय दृढ रहेको बताए । कार्यक्रममा पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष, पश्चिम ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तथा पर्यटकीयस्तरका होटलहरुका सदस्यहरुको उपस्थिति रहेको थियो ।

एनएमबि बैंक–हातेकागज संघ छलफल

काठमाडौं (अस) । नेपाल हातेकागज संघले ठमेलस्थित एनएमबि बैंक शाखासँगको सहकार्यमा छलफल आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष किरणकुमार डंगोलले आफ्ना सदस्यको व्यावसायिक उन्नतिका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । हस्तकलाका विविध वस्तुमध्ये हातेकागज उत्पादनमा स्थानीय कच्चापदार्थ र श्रम तथा सीपको करिब ९० प्रतिशत उपयोग हुने गरेको उनले जानकारी दिए । सरकारको मेड इन नेपाल र मेक इन नेपाल नारालाई कार्यान्वयनमा हातेकागज उद्यमीलाई राज्यको सहयोग हुनुपर्ने आवश्यकता उनले औंल्याए । यसमा उद्योग परिसंघले विभिन्न कार्यक्रम तय गर्दै आएको र यसमा संघलाई सहभागी गराएको उनको भनाइ छ । एन एम बी बैँकले खासगरी कोभिडबाट असर परेका व्यवसायलाई लक्ष्यित गरी विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको सन्दर्भमा बैँकका विभिन्न सेवाहरुबाट संघमा आबद्ध सदस्यहरुले लाभ लिनसक्ने भएकाले नेपाली हाते कागजका व्यवसायी र बैँकबीच समन्वय गराउन छलफल कार्यक्रमको आयोजना गरिएको कुरा स्पष्ट पारे । उनले उक्त कार्यक्रम दुबै सरोकारवालाका लागि लाभदायक हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा एनएमबि बैंकको वरिष्ठ क्षेत्रीय प्रबन्धक राजेन्द्र रञ्जितले कोभिडका कारण शिथिल भएका उद्यमी र व्यवसायीलाई सहज सेवा उपलब्ध गराएर उत्पादन र व्यापारलाई गति दिन सक्रिय हुँदै आएको जानकारी दिए । संघमा आबद्ध सदस्यलाई बैंकले कुन–कुन सेवा–सुविधा उपलब्ध गराउन सक्छ र अप्ठेरो परेका बेला आर्थिक रूपमा कसरी सबलीकरण गर्न सहयोग पु¥याउन सकिन्छ भनेरै यो छलफल आयोजना गरिएको उनको भनाइ छ । बैंकको ठमेल शाखाका व्यवसाय विकास म्यानेजर रुचि श्रेष्ठले बैंकको हालको अवस्था र रिलेसनसिप म्यानेजर दीपक बस्नेतले बैंकले उपलब्ध गराउँदै आएको उत्पादनकर्ता तथा निर्यातकर्ताका लागि उपयोगी आर्थिक सेवा–सुविधाबारे जानकारी दिएका थिए । कार्यक्रममा बागमती प्रदेश हस्तकला संघका सचिवलगायत ५ जनालाई उपहार प्रदान गरिएको थियो । संघका उपाध्यक्ष राधाकृष्ण धौभडेलले हातेकागज व्यवसायलाई बचाउन सबै व्यवसायीको पहल आवश्यक रहेकामा जोड दिए ।

एनएमवि बैंकको सहकार्यमा नेपाल हाते कागज संघद्वारा अन्तरक्रिया कार्यक्रम

भदौ २२, काठडमाडौं । नेपाल हाते कागज संघले एनएमवि बैंकको सहकार्यमा हालै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त बैंकले कुन- कुन सेवा सुविधा उपलब्ध गराउन सक्छ र अप्ठेरो परेको बेला आर्थिक रुपमा कसरी सबलीकरण गर्न सहयोग पुर्‍याउँछ भन्ने विषयमा आयोजित कार्यक्रममा नेपाल हाते कागज संघका अध्यक्ष किरण कुमार डंगोलले संघले आफ्ना सदस्यको व्यावसायिक उन्नतिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको कुरा बताए ।  उनले हस्तकला क्षेत्रका विभिन्न वस्तुहरुमध्ये हाते कागजको उत्पादनमा स्थानीय कच्चा पदार्थ र श्रम तथा सीपको करीब ९० प्रतिशत उपयोग हुने भएकोले देशको अर्थतन्त्रलाई टेवा दिन विशेष योगदान पुर्‍याउँदै आएको बताए ।  कोरोना महामारीको कारणबाट आर्थिक रुपमा कमजोर भई उत्पादन एवं व्यापार गर्नका लागि विभिन्न कठिनाइ भोग्नु परेकोले आगामी दिनमा कसरी अघि बढ्न सक्छौं भन्ने विषयमा केन्द्रित भएको भन्दै उनले बैंकले कोभिडबाट असर परेका व्यवसायलाई लक्ष्यित गरी विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको बताए ।  कार्यक्रममा एनएमवि बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक राजेन्द्र रञ्जितले कोभिडको कारणले सिथिल भएका उद्यमी र व्यवसायीलाई के - कस्तो सेवा उपलब्ध गराएर उत्पादन र व्यापारलाई सुचारु तथा सक्रिय गराउन सकिन्छ भन्ने विषयमा छलफल गराउन चाहेको  बताए ।  कार्यक्रममा बैंकको ठमेल शाखाका व्यवसाय विकास मेनेजर रुचि श्रेष्ठ तथा रिलेसनसिप मेनेजर दीपक बस्नेतले बैंकले उत्पादनकर्ता तथा निर्यातकर्ताहरुका लागि उपयोगी हुने आर्थिक सेवा तथा सुविधाका बारेमा विस्तृत रुपमा जानकारी दिएका थिए ।  उनीहरुले ऋणका विभिन्न प्रकारका बारेमा जानकारी दिंदै नेपाल राष्ट बैंकको निर्देशन अनुसार विना धितो कर्जा उपलब्ध गराउँदै आएकोले त्यसबाट पनि लाभ लिन सकिने कुरा बताएका थिए । कार्यक्रममा नेपाल हाते कागज संघका उपाध्यक्ष राधाकृष्ण धौभडेलले वर्तमान विषम परिस्थितिको सामना गर्नुपर्ने बाध्यता सबैको रहेको भन्दै यस्तो अवस्थामा व्यवसाय कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रहेको अवस्थामा बैंक र व्यवसायी बीच भएको छलफलले केही हदसम्म निकास दिने विश्वास लिएको बताए । कार्यक्रममा हातेकागज संघका २८ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

ठमेलमा व्यवसाय सञ्चालन अनुमति माग्दै व्यवसायी : सरोकारवालाबीच छलफल

काठमाडौं । पर्यटन व्यवसायीले ठमेल क्षेत्र खुला गर्नुपर्ने र रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण

घर भाडा आधा छुटको गृहकार्य

कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताउनुभएको हो ।