एनएमबि बैंक–हातेकागज संघ छलफल

काठमाडौं (अस) । नेपाल हातेकागज संघले ठमेलस्थित एनएमबि बैंक शाखासँगको सहकार्यमा छलफल आयोजना गरेको छ । कार्यक्रममा संघका अध्यक्ष किरणकुमार डंगोलले आफ्ना सदस्यको व्यावसायिक उन्नतिका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । हस्तकलाका विविध वस्तुमध्ये हातेकागज उत्पादनमा स्थानीय कच्चापदार्थ र श्रम तथा सीपको करिब ९० प्रतिशत उपयोग हुने गरेको उनले जानकारी दिए । सरकारको मेड इन नेपाल र मेक इन नेपाल नारालाई कार्यान्वयनमा हातेकागज उद्यमीलाई राज्यको सहयोग हुनुपर्ने आवश्यकता उनले औंल्याए । यसमा उद्योग परिसंघले विभिन्न कार्यक्रम तय गर्दै आएको र यसमा संघलाई सहभागी गराएको उनको भनाइ छ । एन एम बी बैँकले खासगरी कोभिडबाट असर परेका व्यवसायलाई लक्ष्यित गरी विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको सन्दर्भमा बैँकका विभिन्न सेवाहरुबाट संघमा आबद्ध सदस्यहरुले लाभ लिनसक्ने भएकाले नेपाली हाते कागजका व्यवसायी र बैँकबीच समन्वय गराउन छलफल कार्यक्रमको आयोजना गरिएको कुरा स्पष्ट पारे । उनले उक्त कार्यक्रम दुबै सरोकारवालाका लागि लाभदायक हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा एनएमबि बैंकको वरिष्ठ क्षेत्रीय प्रबन्धक राजेन्द्र रञ्जितले कोभिडका कारण शिथिल भएका उद्यमी र व्यवसायीलाई सहज सेवा उपलब्ध गराएर उत्पादन र व्यापारलाई गति दिन सक्रिय हुँदै आएको जानकारी दिए । संघमा आबद्ध सदस्यलाई बैंकले कुन–कुन सेवा–सुविधा उपलब्ध गराउन सक्छ र अप्ठेरो परेका बेला आर्थिक रूपमा कसरी सबलीकरण गर्न सहयोग पु¥याउन सकिन्छ भनेरै यो छलफल आयोजना गरिएको उनको भनाइ छ । बैंकको ठमेल शाखाका व्यवसाय विकास म्यानेजर रुचि श्रेष्ठले बैंकको हालको अवस्था र रिलेसनसिप म्यानेजर दीपक बस्नेतले बैंकले उपलब्ध गराउँदै आएको उत्पादनकर्ता तथा निर्यातकर्ताका लागि उपयोगी आर्थिक सेवा–सुविधाबारे जानकारी दिएका थिए । कार्यक्रममा बागमती प्रदेश हस्तकला संघका सचिवलगायत ५ जनालाई उपहार प्रदान गरिएको थियो । संघका उपाध्यक्ष राधाकृष्ण धौभडेलले हातेकागज व्यवसायलाई बचाउन सबै व्यवसायीको पहल आवश्यक रहेकामा जोड दिए ।

सम्बन्धित सामग्री

एनबिआईको ‘नेभिगेशन द क्रेडिट ल्याण्डस्केप’ कार्यक्रम

काठमाडौं। नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआई)ले शनिवार धनगढीमा ‘नेभिगेशन द क्रेडिट ल्याण्डस्केप’ विषयक एकदिने सेमिनार सम्पन्न गरेको छ । देशमा विद्यमान कर्जा लगानीको अवस्था, सम्भावना र चुनौतीका बारेमा सेमिनारमा छलफल गरिएको बताइएको छ ।  उक्त सेमिनारमा बैंक तथा वित्तीय संस्थाका ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीका साथै बैंकिङ विज्ञ पर्शुराम कुँवर क्षेत्री र अजय श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । सेमिनारमा विशेषगरी कर्जा लगानीका लागि बैंकिङ तथा वित्तीय क्षेत्रले सामना गरेका चुनौती, कर्जा लगानीका अवसर र कर्जा परिचालनका लागि प्रभावकारी वातावरण तयार गर्ने रणनीतिबारे छलफल भएको बताइएको छ । उक्त कार्यक्रममा बैंकिङ विज्ञ क्षेत्रीले ‘साना तथा मझौला व्यवसाय क्षेत्रमा रहेका अवसर र जोखिम’का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने बैंकिङ विज्ञ श्रेष्ठले ‘खुद्रा व्यवसायमा कर्जा लगानी गर्दा आइपर्ने चुनौती’का बारेमा अध्ययन प्रस्तुत गरेका थिए । नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरूले बैंकको कर्जाको गुणस्तरका बारेमा चर्चा गर्दै बैंकले सुधार गर्नुपर्ने क्षेत्रका बारेमा जोड दिएका थिए । उक्त अवसरमा एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र एनएमबि बैंकका प्रदेश प्रमुखहरू क्रमश: सतीशप्रताप सिंह, पुकार सुवेदी र श्याम अधिकारी सहभागी थिए ।

एनएमबि लघुवित्तको १० प्रतिशत बोनस प्रस्ताव

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सञ्जिव सुब्बाले पेश गरेको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो । सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजारको १० प्रतिशतले हुन आउने रकम […]

लाभांश पारितका लागि एनएमबी लघुवित्तले बाेलायो वैशाख १५ मा साधारण सभा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० वैशाख १५ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । सिटी स्क्वायर प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे सभा शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।  त्यस्तै सभाले यस संस्थाले अन्य वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १७ गतेदेखि २०८० वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

बैंकर्ससँग पनि चालुपूँजी कर्जा मार्गदर्शनबारे गभर्नरको छलफल

१९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकर्सहरुसँग पनि चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनबारे छलफल गरेको छ । मार्गदर्शन संशोधनको दवाबमा परेका गभर्नर महाप्रसाद अधिकारीले सोमबार निजी क्षेत्रसँग छलफल गरेका थिए भने मंगलबार बैंकर्ससँग पनि छलफल गरेका हुन् । मंगलबार बैंकर्स संघका कार्यवाहक अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, निवर्तमान अध्यक्ष समेत रहेका […]

आज पुनर्बीमा कम्पनी , एचआईडिसीएल र एनएमबि बैंकको साधारणसभा हुदै

आज आज पुस २२ गते बिहिबार ३ वटा कम्पनीको साधारणसभा हुदै छ । आज नेपाल पुनर्बीमा कम्पनी , एचआईडिसीएल र एनएमबि बैंकको साधारणसभा हुन लागेको हो ।नेपाल पुनर्बीमा कम्पनीले  कार्की ब्याक्वेटमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।   कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : साधारण प्रस्ताव:१. आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।३. सञ्चालक समितिवाट प्रस्तावित हालको चुक्ता पूँजी रु. १०,००,००,००,०००/- (अक्षरेपी दश अर्ब) को २.५० (दुई दशमलव पाँच शून्य) प्रतिशतको दरले रु. २५,००,००,०००/- (अक्षरेपी पच्चिस करोड) नगद लाभांश (लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्याम कार्की एण्ड कं.चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तिको लागि योग्य रहेको ।)५. नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने ।६ . नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्तावाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू श्री दिप प्रकाश पाण्डे र श्री डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८/०१/२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारण सभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने ।विशेष प्रस्ताव१. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पूँजी रु.१०,००,००,००,०००/- (दश अर्ब) को १६.५० (सोह दशमलव पाँच शून्य) प्रतिशतका दरले हुन आउने रु.१,६५,००,००,०००/-(एक अर्ब पैसठी करोड) बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई रु.११,६५,००,००,०००/- (एघार अर्ब पैसठी करोड) कायम हुने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६(२) र ६(३) मा छलफल गरी देहाय बमोजिम संशोधन गर्ने ।कम्पनीले तल्काल जारी गर्ने शेयर पँजी रकम रु. ११६५०००००००/- (एघार अर्ब पैसठी करोड) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ११,६५,००,०००/- (एघार करोड पैसठी लाख) कित्ता शेयरमा विभाजित गरिनेछ।दफा ६(३) : कम्पनीको चुक्ता पूँजी रु. ११,६५,००,००,०००/- (एघार अर्व पैसठी करोड) हुनेछ।२. सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने ।३. कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१)(ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने ।४. कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।एनएमबि बैंक NMB Bank Limited ले  आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.५०  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.३ प्रतिशत नगद लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : क) सामान्य प्रस्तावः१. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने,२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात र आव. २०७७/०७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू पारित गर्ने (सहायक कम्पनीहरू एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय विवरणहरू समेत).३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने (हालका लेखापरीक्षक देव एशोसिएट्स र केएमयु एण्ड एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स संयुक्त रूपमा पूनः नियूक्त हुनका लागि योग्य हुनुहुन्छ ।),४. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम हाल कायम चुक्ता पूँजी रू.१६,३२,५९,६०,८५२/६६ को ३३० प्रतिशतका दरले हुन आउने रू.५३.८७,५६,७०८/१४ नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरणको लागि स्वीकृत गर्ने ।ख) विशेष प्रस्तावः१. बैंकको वर्तमान जारी पूँजी रू.१६,३२,५९,६०,८५२/६६ (अक्षेरेपि सोइ अरब बत्तीस करोड उनन्साठी लाख साठी हजार आठ सय बाउन्न र पैसा छैसठ्ठी मात्र) बाट बृद्धि गरी रू.१८,३६,६७,०५,९५९/२४ (अक्षेरेपि अठार अरब छत्तीस करोड सतसठ्ठी लाख पाँच हजार नौ सय उनन्साठी र पैसा चौबीस मात्र) पु-याउन स्वीकृति प्रदान गर्ने,२. बैंकको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबर चुक्ता पूँजी पुयाउन वर्तमान चुक्ता पूँजीको १२.५० (बाइ दशमलव पाँच शुन्ना) प्रतिशतको दरले हुन आउने रकम रू.२,०४,०७,४५,१०६/५८ बराबरको बोनस शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने,३. वोनस शेयर जारी भए पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोहि बमोजिम बैंकको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) मा संशोधन गर्ने, ४. बैकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने,५. बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाब भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने । एचआईडिसीएलले भर्चुअल रुपमा सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशतले हुन आउने १ अर्ब ४९ करोअद ६० लाख बराबरको बोनस सेयर र ०.४२१ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको  आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात मात्रै उक्त लाभांश सेयरधनीहरुमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।  कम्पनीको सभामा पेश हुने प्रस्ताव निम्न अनुसार छन् ।साधारण प्रस्ताव: १) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २) आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने । ३) श्री महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने। ४) सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने । विशेष प्रस्तावः १) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.००% (आठ प्रतिशत) का दरले हुने रू. १, ४९,६०,००,०००/ (अक्षरेपी एक अर्ब उनान्पचास करोड साठी लाख मात्र) बराबरको बोनस शेयर र चुक्ता पूाजीको ०.४२१% (शून्य दशमलव चार दुइ एक प्रतिशत) का दरले हुने रू. ७,८७,३६,८४२.११ (अक्षरेपी सात करोड सतासी लाख छत्तीस हजार आठ सय बयालीस रुपैयाँ एघार पैसा मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।(कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) मा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले नेपाल सरकारको पूर्व स्वीकति लिएर मात्र लाभांश वितरण गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल सरकारको स्वीकृति प्राप्त भए पश्चात मात्र वितरण गरिनेछ ।) २) कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने । ३) कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने । ४) कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष' मा रु. ८ लाख र राष्ट्रिय आविष्कार केन्द्रलाई रु. २ लाख सहयोग रकम भुक्तानी भएकोमा सो को अनुमोदन गर्ने।

एनएमबि लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् मर्जर सहितका ८ बुँदे प्रस्ताव

एनएमबि लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते सोमबार पोखराको पार्दी स्थित होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको हो  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.१३ प्रतिशत नगद लाभांश गरि कुल २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ९८ लाख ४ हजार रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् सभामा पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । २. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । ३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा। ४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १.१३ (एक दशमलव एक तीन) प्रतिशतका दरले हुन आउने रकम रु. ६१,०८,३१७.७६। (अक्षरुपी एकसठ्ठी लाख आठ हजार तीन सय सत्र रुपैयाँ छहत्तर पैसा मात्र) नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा ।विशेष प्रस्ताव १. सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी रु. ५३,९८,०४,८२५.००।- (अक्षरुपी त्रिपन्न करोड अन्ठानब्ये लाख चार हजार आठ सय पच्चिस रुपैयाँ मात्र) को २१.५० प्रतिशतले हुन आउने रकम रु ११,६०,५८,०३७.३८ । (अक्षरुपी एघार करोड साठी लाख अन्ठाउन्न हजार सैतिस रुपैयाँअठ्तीस पैसा मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने सम्बन्धमा । २. बोनश शेयर जारी भए पश्चात वित्तीय संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी बृद्धि लगायतका बिषयहरु समावेश गरि संस्थाको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्नगरिएको छ)। ३. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा । (यससँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदनमा संलग्न गरिएको छ)। ४. यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति (Merger/Acquisition) सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने सम्बन्धमा । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

मुक्तिनाथ र एनएमबि क्यापिटलको साधारण सभा आज हुँदै

असोज १, काठमाडौं । शुक्रवार दुई ओटा क्यापिटलले साधारण सभा आयोजना गरेका छन् । मुक्तिनाथ क्यापिटल र एनएमबि क्यापिटलले साधारण सभा आयोजना गरेका हुन् ।  मुक्तिनाथ क्यापिटलले अपरान्ह ४ बजे होटेल क्राउन इम्पेरियल रविभवनमा साधारण सभा बोलाएको हो । सभाले १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै, एनएमबि क्यापिटलले बिहान ११:३० बजे आरण्य बुटिक होटल मनकामना मार्ग हात्तिसारमा साधारण सभा आयोजना गरेको छ । सभाले सञ्चालक समितीले प्रस्ताव गरेको आव २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

मुक्तिनाथ क्यापिटल र एनएमबि क्यापिटलको साधारण सभा शुक्रवार हुँदै

भदौ ३१, काठमाडौं । दुई ओटा अलग - अलग क्यापिटल कम्पनीले साधारण सभा शुक्रवार साधारण सभा आयोजना गरेका छन् ।  मुक्तिनाथ क्यापिटल र एनएमबि क्यापिटलले साधारण सभा आयोजना गरेका हुन् । मुक्तिनाथ क्यापिटलले अपरान्ह ४ बजे होटेल क्राउन इम्पेरियल रविभवनमा साधारण सभा बोलाएको हो । सभाले १८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै एनएमबि क्यापिटलले बिहान ११ः३० बजे आरण्य बुटिक होटल मनकामना मार्ग, हात्तिसारमा साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आव २०७७/ ७८ को मुनाफाबाट ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

एनएमबि क्यापिटलले आव्हान गर्‍यो ११औं वार्षिक साधारण सभा

भदौ ११, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले ११औं वार्षिक साधारण सभा असोज १ गते बोलाएको छ ।  कम्पनीले आरण्य बुटिक होटल, हात्तिसार काठमाडौंमा बिहान ११:३० बजे उक्त सभा शुरु हुने जानकारी दिएको छ ।  सभाको प्रस्तावमा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृत प्रदान गर्ने रहेको छ ।   त्यस्तै, सञ्चालक समितिबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।  कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

विदेशबाट ऋण ल्याउन जुटे बैंकहरु

वाणिज्य बैंकहरु विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटेका छन्। नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन बाटो खोलेसँगै ति संस्थासँग बैंकहरुले छलफल अघि बढाएका छन्। केही बैंकले ऋणका लागि सहमति गरिसकेका छन्। एनआइसी एसिया र एनएमबि बैंकले ऋणका लागि आइएफसी (इन्टरनेसनल फाइनान्स कर्पोरेसन) सँग सम्झौता गरिसकेका छन्। आइएफसी विश्व बैंक ग्रुपअन्तर्गत पर्दछ। नेपालसहित…