हुम्लामा बाढीबाट क्षति

सिमकोट – बाढीले हुम्ला जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–२ को तुम्कोटमा ठूलो क्षती पु¥याएको छ। बाढीले तुमकोटको एक होटेल, खानेपानीको मुहान, सिचाई कुलो र खानेपानीको धारामा क्षेती पुगेको हो। तुम्कोटका टेम्जोक दोर्जे लामाले राती आएको वर्षा सहितको बाढीले स्थानीयको होटेल भएको घरमा ठूलो क्षती पु¥याएको बताए। घरमा रहेको अन्नपात, भाँडाकुडा र लत्तकपडा पनि छोपिएका छन्। […]