काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्त्व संसारभर रहेको बताउनुभएको छ ।
आज शुक्रवार रामदेव पतञ्जली योगपीठ नेपालले आयाेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्त्व संसारभर रहेको बताउनुभएको हो । उहाँले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरूको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि आउनुभएको बताउनुभयो । प्रधानमन्त्री देउवाले स...