जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गरे । आफू परराष्ट्रमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरुको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभव गरेको अध्यक्ष यादवले जानकारी दिए । कृषिलाई