भारतमा क्लाउड कम्प्युटिङमा धमाधम लगानी गर्दै अमेरिकी कम्पनी

काठमाडौं । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन (Amazon) को क्लाउड कम्प्युटिङ एकाईले भारतमा अर्बौं डलर लगानी गर्दैछ । कम्पनीको सो एकाईले यो दशकको अन्त्यसम्ममा भारतमा १० खर्ब ६० अर्ब भारतीय रुपया अर्थात् झन्डै १३ अर्ब डलर लगानी गर्ने भएको छ ।  लगानीको यो आकार यसअघि कम्पनीले भारतमा गरेको भन्दा दोब्बर हो । बढ्दो माग धान्न कम्पनीले पछिल्लो समय भारतमा लगानी बढाइरहेको छ । कम्पनीले भारतको ई–कमर्श क्षेत्रमा पनि साढे ६ अर्ब डलर लगानी गरेको थियो ।  हालैका वर्षमा भारतीय ई–कमर्श (E-Commerce) बजार तीव्र दरमा बढिरहेको छ । तर, प्रतिस्पर्धा पनि उत्तिकै चुलिएको छ । कठोर नियमनका कारण ई–कमर्श चलाउन गाह्रो छ । यस्तोमा एमाजनले ई–कमर्श भन्दा पनि वृद्धिको अवसर प्रशस्त भएको क्लाउड कम्प्युटिङमा हात हालेको छ ।  क्लाउड पूर्वाधार निर्माणमा सन् २०३० सम्ममा एमाजनले १३ अर्ब डलर खर्च गर्दैछ । यसले वार्षिक १ लाखभन्दा धेरै फूल टाइम रोजगारी सृजना गर्ने एमाजन वेब सर्भिसेजले बिहीवार एउटा विज्ञप्तिमा भनेको थियो । योसँगै सन् २०३० सम्ममा भारतको क्लाउड कम्प्युटिङमा मात्रै कम्पनीको कुल लगानी १६ अर्ब ४० करोड डलर पुग्नेछ ।  कम्पनीले यसअघि नै मुम्बई र हैदरावादमा दुईओटा डेटा सेन्टर चलाइरहेको छ । कम्पनीको क्लाउड प्लेटफर्मले स्टोरेज, नेटवर्किङ र कृत्रिम बौद्धिकताजस्ता २०० भन्दा धेरै सेवा दिइरहेको छ । भारतमा हालैका वर्षमा निजी क्षेत्रका कम्पनी र सरकारी निकायहरूबाट डेटा स्टोरेज र सेवाका माग बढेको छ ।  भारतको सार्वजनिक क्लाउड सर्भिस सेवा सन् २०२६ सम्ममा १३ अर्ब डलरमा पुग्ने अनुमान गरिएको छ । सन् २०२१ देखि सन् २०२६ को बीचमा यो सेवा बजार वार्षिक २३ दशलमव १ प्रतिशतले बजार अनुसन्धानकर्ता संस्था आईडीसीले बताएको छ ।  बढ्दो बजारको लाभ लिन एमाजन मात्रै होइन, माइक्रोसफ्ट (Microsoft), अल्फाबेट (Alphabet) जस्ता अन्य अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले पनि भारतको क्लाउड कम्प्युटिङको क्षेत्रमा व्यापक लगानी खन्याइरहेका छन् ।  अमेरिकी नेटवर्किङ उपकरण निर्माता कम्पनी सिस्को सिष्टमले यो महीनाको शुरुमा भारतमा उत्पादन शुरु गर्ने बताएको थियो । एप्पलको आपूर्तिकर्ता कम्पनी फक्सकोनले पनि तेलंगना राज्यमा ५० करोड डलर खर्चेर उत्पादन कारखाना बनाएको छ । एजेन्सी 

सम्बन्धित सामग्री

चिनियाँ ईभी उत्पादक बचाउन अमेरिकी कम्पनीले लगानी गर्ने

काठमाडौं । चिनियाँ स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनी ह्यूमन होराइजनमा अमेरिकी कम्पनी आई अटोले लगानी गर्ने भएको छ । चीनमा लग्जरी ईभी उत्पादन गर्दै आएको ह्यूमन होराइजनले हाइफी ब्राण्डमा एसयूभी उत्पादन गर्दै आएको थियो । पछिल्लो समय आर्थिक समस्या झेल्दै आएको हाइफीले गत फेब्रुअरीबाट उत्पादन नै रोकेको थियो । धेरैले हाइफीले बैंकरप्सी पाइल गर्न लागेको अनुमान […]

धेरै अमेरिकी कम्पनी लगानी गर्न नेपाल आउन चाहन्छन् : यूएस चेम्बर

१४ वैशाख, काठमाडौं । अमेरिकन व्यवसायीहरूको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले धेरै अमेरिकी कम्पनी ठूलो लगानीसहित नेपाल आउन चाहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले …

धेरै अमेरिकी कम्पनी ठूलो लगानी लिएर नेपाल आउन चाहन्छन् : अतुल कश्यप

अमेरिकी व्यवसायीहरूको नेतृत्वदायी संस्था युएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अर्थमन्त्री

इलेक्ट्रीक कार उत्पादनमा ८ खर्वभन्दा धेरै लगानी गर्दै जनरल मोटर्स

काठमाडौं । अमेरिकी कम्पनी जनरल मोटर्सले विद्युतीय गाडी उत्पादनमा ७ विलियन डलर अर्थात् ८ खर्वभन्दा बढी नेपाली रुपैयाँ खर्च गर्ने भएको छ । अहिलेसम्म विद्युतीय कार उत्पादन र इनोभेसनमा सबैभन्दा धेरै लागनी गर्दै आएको टेस्लालाई समेत उछिन्नेगरी जनरल मोटर्सले लगानी गर्न लागेको हो । जनरल मोटर्सले इभीमा गर्न लागेको ७ विलियन डलरको लागनीलाई एतिहासिक लगानी […]

उड्ने कारमा टोयोटाको साढे ३९ करोड डलर लगानी

जापानको टोयोटा कम्पनीले उड्ने कार निर्माणको लागि ३९ करोड ४० लाख अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । विश्वकै अग्रणी कार निर्माता टोयोटा मोटर कम्पनीले अमेरिकी कम्पनी मार्फत गुड्ने र उड्ने सुविधा युक्त अत्याधुनिक कारको निर्माण गर्न लागेको जनाएको छ ।

लगानी भित्र्याउनै अवरोध

उद्योगपति विनोद चौधरीले एक दशकअघि जलविद्युत् आयोजनामा लगानी गर्न अमेरिकी कम्पनी ‘एईएस'लाई भित्याए। संयुक्त रूपमा पाँचवटा