उड्ने कारमा टोयोटाको साढे ३९ करोड डलर लगानी

जापानको टोयोटा कम्पनीले उड्ने कार निर्माणको लागि ३९ करोड ४० लाख अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । विश्वकै अग्रणी कार निर्माता टोयोटा मोटर कम्पनीले अमेरिकी कम्पनी मार्फत गुड्ने र उड्ने सुविधा युक्त अत्याधुनिक कारको निर्माण गर्न लागेको जनाएको छ ।

सम्बन्धित सामग्री

ब्याट्रीबाट चल्ने ईभीमा ३५ अर्ब डलर लगानी गर्दै टोयोटा

मंसिर २९, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटाले ब्याट्रीबाट चल्ने विद्युतीय सवारी सधानमा ३५ अर्ब डलर (४० खर्ब येन) लगानी गर्दैछ । सन् २०३० सम्ममा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी सधानको ३० पूर्ण लाइन अप निर्माण गर्न कम्पनीले सो लगानी गर्न लागेको हो । कम्पनीले सन् २०३० को दशकको अन्त्यसम्ममा विश्वभर ब्याट्रीबाट चल्ने सवारी साधनको विक्री बढाएर वार्षिक ३५ लाख थानसम्म पुर्‍याउने योजना बनाएको कम्पनीको सीईओ आकिओ तोयोदाले मंगलवार बताएका थिए । टोयोटाको अहिले विक्री भइरहेका विद्युतीय सवारी साधन हाइब्रिड कार हुन् । यसमा ब्याट्रीबाट मात्रै चल्ने ईभीको हिस्सा निकै न्यून छ । कम्पनीले ब्याट्री प्रविधिमा लगानी ५ खर्ब येन (४ अर्ब ४० करोड डलर) ले बढाएर २० खर्ब येनमा पुर्‍याउने योजना बनाएको पनि तोयोदाले बताए । यो ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधनमा कम्पनीले गर्ने भनेको ४० खर्ब येन लगानीको हिस्सा हो । यसमा पूँजीगत खर्च र अनुसन्धान तथा विकास दुबै रहेका छन् । एजेन्सी

विद्युतीय सवारीको ब्याट्री प्रविधि विकासमा १३ अर्ब ५० करोड डलर खर्चदै टोयोटा

भदौ २२, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले मंगलवार ब्याट्री र ब्याट्री आपूर्ति प्रणालीको विकास गर्न १३ अर्ब ५० करोड डलर खर्च गर्ने घोषणा गरेको छ ।  कम्पनीले आगामी दशकमा स्वचालित प्रविधिमा अग्रणी बन्ने प्रयासमा सन् २०३० सम्ममा सो रकम खर्च गर्न लागेको हो । कम्पनीले आगामी वर्ष आफ्नो पूर्ण विधुतीय सवारी साधन बजारमा ल्याउँदैछ ।  ब्याट्रीमा प्रयोग गरिने सामाग्री र सेलको संरचनामा काम गरेर ब्याट्रीको लागत ३० प्रतिशतसम्म घटाउने लक्ष्य टोयोटाको छ । स्वचालित प्रविधि र विद्युतीय सवारी साधनतर्फको रुपान्तरणका लागि थप खर्च गरिने मंगवार रजर्मन अटो निर्माता कम्पनी फक्सवागनले बताएको थियो ।  आफ्नो व्यवसायमा कम्पनीले सन् २०२५ सम्ममा १ खर्ब ७८ अर्ब डलर खर्च गर्ने योजना कम्पनीको छ । एजेन्सी