प्रदेश २ मा औद्योगिक विकासको उच्च सम्भावना

काठमाडौं । प्रदेश नम्बर २ मा औद्योगिक विकासको उच्च सम्भावना देखिएको छ । धरातलीय स्वरूप, पर्याप्त श्रमशक्ति, सडक सञ्जाल तथा सीमा नाकासँगको पहुँचलगायत कारण त्यहाँ औद्योगिक विकासको उच्च सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैंकले प्रदेश नम्बर २ को आर्थिक गतिविधिको सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महीनाको अवधिको आर्थिक गतिविधिबारे अध्ययन गरेको थियो । त्यस अध्ययनले त्यहाँ औद्योगिक विकासको उच्च सम्भावना देखिएको हो । यस प्रदेशमा परम्परागत शीपमा आधारित धार्मिक सांस्कृतिक महत्त्वका वस्तुहरूको उत्पादन गर्ने उद्योगहरूको उच्च व्यावसायिक सम्भावना देखिएको छ । प्रदेश नम्बर २ मा प्रसिद्ध धार्मिक पर्यटकीय स्थलहरू रहेकाले त्यस्ता उद्योगहरूको प्रवर्द्धन गरी स्थानीय जनताको आय आर्जन बढाउन सकिने अध्ययनले देखाएको हो । त्यस्ता उद्योगहरूको प्रवद्र्धन गर्न सकेमा राजस्व परिचालनको आधार पनि फराकिलो हुने अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महीनाको अवधिको आर्थिक गतिविधिबारे अध्ययन गरेको थियो । प्रदेश नम्बर २ मा औद्योगिक लागत पनि कम हुने अध्ययनले देखाएको छ । नेपालको सबभन्दा बढी जनघनत्व र दोस्रो बढी जनसंख्या भएको प्रदेश भएकाले श्रमको सहज आपूर्ति हुने देखिन्छ । फलस्वरूप औद्योगिक लागत कम हुने देखिएको छ । प्रदेशमा उद्योगहरू स्थापना गरी उत्पादन बढाएमा उत्पादित वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्ने पनि अध्ययनले देखाएको छ । प्रदेश २ को अधिकांश भूभाग भारतीय सिमानासँग जोडिएकाले भारतबाट हुने औद्योगिक कच्चा पदार्थको ढुवानी पनि सस्तो हुने बताइएको छ । फलस्वरूप कम लागतमा वस्तु उत्पादन गरी सजिलै भारततर्फ निकासी गर्न सक्ने सम्भावना रहेको छ । प्रदेशमा पूर्वपश्चिम राजमार्गलगायत संघीय राजधानी काठमाडाैं तथा पहाडी जिल्लाहरू जोड्ने सडक सञ्जाल रहेकाले उत्पादित वस्तुको आपूर्ति गर्न पनि सहज हुने देखिएको छ । त्यहाँ दूध, माछा, मासु, अन्नजस्ता कृषिमा आधारित उद्योगहरू स्थापना गर्न सके उत्पादित वस्तुहरू देशभरि नै पु¥याउन सक्ने प्रचुर सम्भावना देखिएको अध्ययन प्रतिवेदनले देखाएको छ । धरातलीय स्वरूपका कारण पनि प्रदेश २ मा उद्योग सञ्चालन गर्न सहज हुने देखिएको छ । व्यापक मात्रामा उद्योगहरू स्थापना गर्न सके मुलुकभित्रै रोजगारीको अवसर वृद्धि गर्न सकिने अध्ययनले देखाएको छ । धान, गहुँ, मकैजस्ता अन्नको प्रशस्त उत्पादन हुनुको साथै सुगम भौगोलिक स्थिति भएकाले त्यस प्रदेशमा पिठोजन्य उद्योगहरू स्थापना गर्न सक्ने सम्भावना पनि देखिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले प्रदेश २ मा औद्योगिक विकासको सम्भावना उच्च देखिएको बताए । ‘अध्ययनको क्रममा विभिन्न कारणले प्रदेश २ मा औद्योगिक विकासको सम्भावना उच्च देखिएको छ । यसबाट समग्र अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने देखिन्छ ।’ यद्यपि, त्यसका लागि केही चुनौती पनि देखिएको अध्ययनले देखाएको उनको भनाइ छ । कोरोनाका कारण उद्योग तथा व्यवसायहरूको पुनरुत्थान गर्नु, उत्पादन लागतमा कमी ल्याउनु, श्रम सम्बन्धमा सुधार गर्नु र कच्चा पदार्थको नोक्सानी घटाउन चुनौती हुने देखिएको छ । यस्तै, जमीनको मूल्य अत्यधिक वृद्धि भएका कारण नयाँ उद्योग स्थापना गर्न उचित वातावरण तयार गर्न पनि चुनौती देखिएको अध्ययन प्रतिवेदन उल्लेख छ । औद्योगिक क्षेत्रका लागि आवश्यक शीप र क्षमता भएका दक्ष जनशक्तिको आपूर्ति गर्न पनि चुनौती देखिएको छ । उत्पादन लागत न्यून गर्दै औद्योगिक वस्तुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न पनि चुनौती हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । अधिकांश उद्योगहरू भारत वा अन्य मुलुकबाट आयात हुने कच्चा पदार्थमा आधारित भएको र यस्ता उद्योगहरूका व्याकवार्ड लिङकेज कमजोर रहेको सन्दर्भमा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको स्थापना गर्न पनि चुनौती हुने देखिएको छ । २ नम्बर प्रदेशमा सञ्चालित अधिकांश उद्योगहरू ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित छन् । उक्त अवस्थामा उद्योगहरूलाई पूर्णक्षमतामा सञ्चालन गर्न पनि चुनौती हुने अध्ययनले देखाएको छ । उद्योगका लागि समयमै कच्चा पदार्थ उपलब्ध हुने वातावरण तयार गर्नुका साथै उत्पादित वस्तुहरूको बजार विस्तार गर्दै छिमेकी मुलुकहरूमा वस्तु निकासी गर्न सकिने वातावरण निर्माण गर्न पनि चुनौती हुने अध्ययनले देखाएको छ । प्रदेशमा कृषि तथा माछापालनको राम्रो सम्भावना रहेको भए तापनि यसको व्यावसायिक रूपमा उत्पादन हुन नसकेकाले यसलाई व्यावसायिक बनाउन पनि चुनौती हुने देखिएको छ । मौसमी रूपमा मात्र माछा उत्पादन हुने अवस्थालाई अन्त्य गर्न माछा प्रशोधन उद्योगहरू स्थापना गर्नुमा पनि चुनौती हुने देखिएको छ । समयसमयमा उखु किसान तथा उद्योगीहरूको बीचमा असमझदारीका कारण देशलाई चिनी उत्पादनमा आत्मनिर्भर तुल्याउन पनि चुनौती हुने देखिएको छ । किसान तथा उद्योगीहरूको बीच हुने असमझदारीको दीर्घकालीन समाधान गरी देशलाई चिनी उत्पादनमा आत्मनिर्भर तुल्याउनुपर्ने अध्ययनले देखाएको छ ।

सम्बन्धित सामग्री

‘वीरगञ्ज नै प्रदेश २ को राजधानी हुनुपर्छ’

वीरगञ्ज – प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई नै बनाउनुपर्ने प्रदेश २ का प्रदेश सांसद प्रह्लाद गिरीले माग गरेका छन्। उनले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी वीरगञ्ज प्रदेश २ को एक मात्र महानगर र आधुनिक सहर पनि भएकाले प्रदेश २ को स्थायी राजधानी वीरगञ्ज नै हुनुपर्ने बताए। प्रदेशको राजधानी बनाउन कसरत भइरहेका बेला लोकतान्त्रि […]

तोकियो काँग्रेस प्रदेश २ को अधिवेशन मिति

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेका अनुसार शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशनको मिति टुंगो लागाएको हो। नामावली प्रकाशन हुन नसक्दा प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। प्रदेश २ का केही जिल्लामा क्रियाशील सदस्यता विवादका कारण […]

माओवादी प्रदेश २ को विवादमा केन्द्रले हस्तक्षेप गर्ने

सबै दलका लागि प्रदेश २ विवादित प्रदेश हो । विवादबाट कुनै दल अछुतो छैनन् । काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न भइसक्यो तर प्रदेश २ को अधिवेशन हुन सकेन । यस्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि हुन गइरहेको छ, तर प्रदेश २ को अधिवेशन सम्पन्न भएको छैन । कतिपय जिल्लाहरुमा देखिएको विवाद र प्रदेशमा कसलाई नेतृत्व दिने भनि विषयमा विवाद हुँदा प्रदेश २ को अधिवेशन स्थगित भएको हो । मंसिर २५ गते लगभग सबै प्रदेशमा अधिवेशन सम्पन्न भयो । नेतृत्व चयन पनि भयो तर प्रदेश २ मा विवाद उत्पनन हुँदा

प्रदेश २: स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण

प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ। शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन्।

माओवादी प्रदेश २ मा तोकिए इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टी समन्वय समिति संयोजक चयन गरेको छ । माओवादी केन्द्र प्रदेश–२ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेका आठवटै जिल्लाका संयोजक र दुई जिल्लामा सह इन्चार्ज तोकेको हो । नेकपा एमाले र एकीकृत नेकपा माओवादी एकीकरण भएर हुँदा एमालेले प्रदेश–२ का आठवटै जिल्लामा जिल्ला संयोजक लिएको थियो भने […]

प्रदेश–२ मा मंगलबार सार्वजनिक बिदा

जनकपुरधाम : प्रदेश २ को सरकारले प्रदेश २ मा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ।मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश सरकारले भोलि बिदा दिएको हो।प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ।

प्रदेश २ मा महन्थलाई राहत

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश २ मा राहत मिलेको छ । प्रदेश २ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा विभाजन भएको हो । अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने मंगलबार अन्तिम दिन हो ।लोसपाका नेताहरु प्रदेश २ प्रदेशसभामा १६ सांसद आफ्नो पक्षमा रहनु उत्साहजनक रहेको बताउँछन् । यद्यपि तत्कालीन राजपा नेपालका अ

प्रदेश २ मा आज सार्वजनिक बिदा

वीरगंज : प्रदेश २ सरकारले आज प्रदेश २ भर सार्वजनिक बिदा दिने जनाएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज प्रदेश २ मा सार्वजनिक बिदा दिने भएको जनाएका हुन्। जुडशितल पर्वको अवसरमा बिदा दिइएको सार्वजनिक सूचना जारी गर्दै प्रदेशमन्त्री यादवले जनाएका छन्। जुडशितल शितलताको आशीर्वाद दिने पर्व हो। यस…

एसिडपीडितलाई प्रदेश २ सरकारले जागिर दिने

आफ्नै श्रीमान्बाट एसिड आक्रमणमा परेकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले रोजगारी दिने भएको छ । प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले साहलाई आगामी १ साउनदेखि बहाल हुने गरी कार्यालय सहायकको...