सीसीटीभी फुटेज मेटाउनु अर्थमन्त्रीको अर्को अपराध होः लक्ष्मणलाल कर्ण

काठमाडौं, २२ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले बजेट निर्माणमा चलखेल गर्नु र सीसीटीभी फुटेज मेटाउनु ठूलो अपराध भएकाले अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “अर्थमन्त्रीलाई हटाउनुपर्छ भन्ने कुरा बिलकुल ठिक हो । […]

सम्बन्धित सामग्री

जनार्दन प्रकरणः छानबिन समितिले जेठको सीसीटीभी फुटेज माग्दा अर्थले असारको दियो

बजेट निर्माणमा विचौलियालाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लगोपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मामाथि संसदीय छानबिन समितिले छानबिन गरिरहेको छ । उक्त छानबिन समितिले अर्थ मन्त्रालयसँग बजेट निर्माणका बेलाको सीसीटीभी फुटेज माग्यो । तर, अर्थले अर्कै महिनाको फुटेज दिएको छ ।समितिलाई अर्थ मन्त्रालयले शुक्रबार सीसीटीभी फुटेजको ‘हार्ड डिस्क’ दियो । छानबिन समितिका सदस्यहरुले उक्त हार्ड डिस्कलाई शुक्रबार र शनिबार गहन ढङ्गले हेरे । तर, जेठको फुटेज माग गरिएकोमा अर्थले असार महिनाको दिएको पाईएको छ । छानबिन विशेष समितिले जेठ महिना भरको सीसीटीभी फुटेज मागेको थियो । तर, अर्थले असार महिनाको फुटेज भएको हार्ड डिस्क दिएको हो ।‘हामीले मागेको जेठ महिना भरीको फुटेज थियो, अर्थबाट आएको फुटेज हेर्दा त असारको पो रहेछ’ छानबिन समितिका एक सदस्यले भने । असार २२ गते गठित छानबिन समितिले अर्थसचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय मातहतका विभिन्न विभागका महानिर्देशकहरुसँग बयान लिईसकेको छ । जेठ १४ गते खेताला विज्ञ ल्याएर करका दर हेरफेर गराएको आरोप जनार्दन शर्मामाथि लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले सीसीटीभी फुटेज माग गरेको थियो । तर, अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएको थियो ।समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्यहरु रहेका छन् । समितिले गत असार २८ गते मंगलबारको मितिले १० दिनभित्र प्रतिवेदन संसदमा बुझाउनु पर्नेछ ।