धुर्मुस-सुन्तलीको १४ औं विवाह वर्षगाँठमा ‘मायाले जीवन सजाऊ’ सार्वजनिक

१५ मंसिर, काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १४ औैं विवाह वर्षगाँठको अवसर पारेर ‘मायाले जीवन सजाऊ’ गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा धुर्मुस र सुन्तली रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरुले जीवनमा भोगेका आरोह–अवरोहका साथै एक अर्कामाथिको विश्वासको कथा भनिएको छ । गीतमा कुमार कट्टेल र […]

सम्बन्धित सामग्री

विवाह पछिको उल्झन बोकेको चलचित्र ‘झिंगेदाउ’ को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक एवम् विवाह पछिको घरायसी उल्झनलाई देखाइएको छ । विशेष गरेर दुई दाजुभाइको विवाह पछिको सम्बन्धमा देखिने उतारचढावमा ट्रेलर केन्द्रित रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय लगायतको अभिनय रहेको छ । ३ मिनेट लामो सार्वजनिक ट्रेलरमा केकी र आँचललाई जेठानी देवरानी अनि मुकुन र कुशललाई दाजुभाइको पात्रका रुपमा देख्न

के गायिका मधुले विवाह गरेकी हुन् ?

‘सोचे झैं जिन्दगी रैनछ’ करिब दुई वर्ष अगाडि सार्वजनिक गीत हो । यो गीत अहिले पनि धेरै सुनिन गरिन्छ । यसै गीतका गायिका मधु क्षेत्रीले विवाह गरेको चर्चा सांगीतिक क्षेत्रमा छ ।उनले अष्ट्रेलियामा बसोबास गर्ने सुरेश खड्कासँग विवाह गरेकी हुन् । जुन उनले सामाजिक संजाल टिकटकबाट सार्वजनिक गरेको केही भिडियोबाट अनुमान लगाउन सकिन्छ । उनले टिकटक एकाउन्टको नाम मधु क्षेत्रीबाट परिवर्तन गरेर मधु सुरेश राखेकी छन् । एक भिडियोमा आफूले भगवान जस्तै श्रीमान् पाएको समेत बताएकी छन् ।मधुको यो दोस्रो विवाह हो

गिटारिस्ट सञ्जीवसँग विवाह गर्दै मेलिना, सार्वजनिक गरिन् ‘इन्गेजमेन्ट’को तस्वीर

काठमाडौं । गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । आफूहरु चाँडै […]

साहित्यकार भुसालको उपन्यास 'विवाह रेखा' सार्वजनिक

साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास 'विवाह रेखा' सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको 'परिवेश'  कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

राजधानीकर्मी झाद्धारा लिखित पुस्तक ‘पुनि पुनि होत विवाह’ सार्वजनिक

जनकपुरधाम । जनकपुरस्थित राजधानी संवाददाता सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ सार्वजनिक भएको छ । सोमवार जनकपुरमा आयोजित एक समारोहका बीच उक्त कृति सार्वजनिक भएको हो । रामजानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ । ६८८ पुष्ठको सो पुस्तकलाई यसअघि […] The post राजधानीकर्मी झाद्धारा लिखित पुस्तक ‘पुनि पुनि होत विवाह’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक भए मौनी र सूरज, विवाह तस्बिर सार्वजनिक

अभिनेत्री मौनी रोय र सूरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले मलायाली र बंगाली परम्परा अनुसार विवाह गरेका हुन् । मौनी र सूरजको विवाहमा परिवारका सदस्य र केही नजिकका साथीमात्र सहभगी थिए ।उनीहरुको विवाहको पहिलो तस्विर सार्वजनिक भएको छ । जसमा बेहुली बनेकी मौनी परम्परागत साडीमा निकै सुन्दर देखिएकी छिन् ।विवाहपछि अभिनेत्रीले तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरका साथ लेखेकी छन्, ‘अन्तत : मैले भेटें । हातमा हात मिलाएर, परिवार र साथीभाइको आशीर्वाद, हामी विवाहित छौं । तपाईको माया र प्

प्रदेश २ सरकारले विवाह पञ्चमीमा सार्वजनिक बिदा दिने

काठमाडौँ । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । आज (सोमबार) सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार बिदा दिने जनाएको हो । साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।

प्रदेश २ : विवाह पञ्चमी महोत्सवमा सार्वजनिक बिदा

जनकपुर । प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म नगर क्षेत्रका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकप

के गायक हेमन्त रानाले विवाह गरेका हुन् ?

गायक हेमन्त रानाले विवाह गरेका छन् । रानाले मंगलबार प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् । पछिल्लो समय अमेरिका बस्दै आएका रानाले अमेरिकाको पेन्सिलभेनिया रहदै आएकी प्रेमिका अधिकारीसँग विवाह गरेको बताइएको छ ।राना र अधिकारीको विवाहको तस्बिर शशी रावलले सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरमा धेरैले दाम्पत्य जीवनको शुभकामना दिएका छन् । जसबाट पनि उनीहरुले विवाह गरेको अनुमान लगाउन सकिन्छ ।नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका रानाले पछिल्लो समय ‘साइँ