बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै

काभ्रेपलाञ्चोक। बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ। नगरक्षेत्रमा सङ्क्रमित घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी राखिएको छ। सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि१० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ।

सम्बन्धित सामग्री

राखेको २४ घण्टा नबित्दै हटाइयो मरिचमानको बोर्ड

सल्यान : जिल्लामा पूर्वप्रधानमन्त्री स्व.मरिचमान सिंह श्रेष्ठको नामबाट चोकको नामाकरण गरेर राखेको बोर्ड २४ घण्टा नबित्दै हटाइएको छ। जिल्लाको शारदा नगरपालिका १ श्रीनगर स्थित सल्यान खलंगा र रुकुम जाने सडकको चोकमा पूर्वप्रधानमन्त्री स्व. मरिचमान बोर्ड राखेर मरिचमान चोक नामाकरण गरिएको थियो।जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकाको सहमतिमा मरिचमान चोक नामाकरण गरी मरिचमानको र्बोड राखेपनि राखेको २४ घण्टा नबित्दै प्रहरीले हटाएको समृद्ध सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीले बताए। राजनीतिक चलखेलक

ताप्लेजुङमा ४ महिनापछि निषेधाज्ञा हटाइयो

१६ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि […]

ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइयो

ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो ।  जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाए । जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजक

बनेपाको शिल आजदेखि हटाइयो : जिल्लामा संक्रमितको संख्या पनि घट्दै

जेठ १८, बनेपा । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल मंगलवारदेखि हटाइएको छ । नगरक्षेत्रमा संक्रमित संख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन ।  नगरद्वारा सोमवार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान ६ देखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना विक्री गर्ने पसल खोल्न पाइने भएको जानकारी दिइएको छ ।  बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन् । केही दिनदेखि संक्रमणदर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय संक्रमित छन् । हालसम्म यहाका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बनेपा जिल्लाको प्रमुख शहर हो । अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिल–अवधि पनि सोमवार सकिएको छ ।  नमोबुद्ध नगर र रोशी गोउँपालिका शिलको समयसीमा बुधवारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शिलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिल गरेको थियो । मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा संक्रमण, नियन्त्रण, न्यूनीकरण तथा संक्रमण शंखला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र शिल गरेको छ । शिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन् । सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवम् प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन् ।  जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३८५ कोरोनामुक्त भएका छन् भने संक्रमित २०६ मा सीमित रहेका छन् । अघिल्लो दिन १८६ भने जम्मा ५८ कोरोना संक्रमित थपिएका थिए । यस्तै शनिवार १७६ कोरोनामुक्त भएका थिए भने ६४ नयाँ संक्रमित थपिएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा छ संक्रमितले ज्यान गुमाएका छन् ।  कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २२७ सक्रिय संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरमा १९ प्रतिशत अर्थात् ४०४ संक्रमित छन् । कुल संक्रमितमध्ये धुलिखेलमा २९९, पनौतीमा २७७, नमोबुद्धमा ११९, मण्डनदेउपुरमा १३६ तथा रोशी गाउँपालिकामा १२८, चौँरीदेउरालीमा ५७, तेमालमा ९४, भुम्लु १५२, खानीखोलामा २९, बेथानचोकमा १०७ र महाभारत गाउँपालिकामा ३१ सक्रिय संक्रमित रहेको केन्द्रले बताएको छ ।  कुल संक्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ८४ संक्रमित होमआइसोलेशनमा उपचाररत छन् । केन्द्रका अनुसार हालसम्म जिल्लाका १३३ कोरोना संक्रमितको मृत्यु भएको छ । रासस

बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै

काभ्रेपलाञ्चोक। बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ। नगरक्षेत्रमा सङ्क्रमित घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी राखिएको छ। सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि१० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ।

रामेछापमा आचारसंहिता विपरित राखिएका प्रचार सामाग्री हटाइयो

२९ कात्तिक, रामेछाप । निर्वाचन आयोगले रामेछाप जिल्लामा राजनीतिक दलहरुले आचारसंहिता विपरित राखिएका निर्वाचनका प्रचार सामाग्री हटाउन सुरु गरेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट बुधबारदेखि यस्ता सामाग्रीहरु हटाउन सुरु गरिएको हो । मन्थली बजार नै ढाकेर टाँगिएका राजनीतिक दलका झण्डा तथा पोष्टरहरु बुधबार प्रहरी लगाएर हटाइएको हो । मुख्य निर्वाचन आधिकृतको कार्यालयले …