बनेपाको शिल आजदेखि हटाइयो : जिल्लामा संक्रमितको संख्या पनि घट्दै

जेठ १८, बनेपा । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल मंगलवारदेखि हटाइएको छ । नगरक्षेत्रमा संक्रमित संख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन ।  नगरद्वारा सोमवार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान ६ देखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना विक्री गर्ने पसल खोल्न पाइने भएको जानकारी दिइएको छ ।  बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन् । केही दिनदेखि संक्रमणदर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय संक्रमित छन् । हालसम्म यहाका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बनेपा जिल्लाको प्रमुख शहर हो । अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिल–अवधि पनि सोमवार सकिएको छ ।  नमोबुद्ध नगर र रोशी गोउँपालिका शिलको समयसीमा बुधवारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शिलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिल गरेको थियो । मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा संक्रमण, नियन्त्रण, न्यूनीकरण तथा संक्रमण शंखला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र शिल गरेको छ । शिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन् । सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवम् प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन् ।  जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३८५ कोरोनामुक्त भएका छन् भने संक्रमित २०६ मा सीमित रहेका छन् । अघिल्लो दिन १८६ भने जम्मा ५८ कोरोना संक्रमित थपिएका थिए । यस्तै शनिवार १७६ कोरोनामुक्त भएका थिए भने ६४ नयाँ संक्रमित थपिएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा छ संक्रमितले ज्यान गुमाएका छन् ।  कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २२७ सक्रिय संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरमा १९ प्रतिशत अर्थात् ४०४ संक्रमित छन् । कुल संक्रमितमध्ये धुलिखेलमा २९९, पनौतीमा २७७, नमोबुद्धमा ११९, मण्डनदेउपुरमा १३६ तथा रोशी गाउँपालिकामा १२८, चौँरीदेउरालीमा ५७, तेमालमा ९४, भुम्लु १५२, खानीखोलामा २९, बेथानचोकमा १०७ र महाभारत गाउँपालिकामा ३१ सक्रिय संक्रमित रहेको केन्द्रले बताएको छ ।  कुल संक्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ८४ संक्रमित होमआइसोलेशनमा उपचाररत छन् । केन्द्रका अनुसार हालसम्म जिल्लाका १३३ कोरोना संक्रमितको मृत्यु भएको छ । रासस

सम्बन्धित सामग्री

डेङ्गीको डर : पाँच जिल्लामा छैन, १० जिल्लामा धेरै !

काठमाण्डाै – पाँच ओटा जिल्ला (ताप्लेजुङ्ग, रसुवा, नुवाकोट, मुस्ताङ्ग र हुम्ला)बाहेक देशैभर डेङ्गी फैलिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार देशका ७७ मध्ये ७२ जिल्लामा डेङ्गी सङक्रमित फेला परेका छन् । प्रदेशगत रुपमा प्रदेश एकका १४ मध्ये ताप्लेजुङ्गबाहेक अरु १३ जिल्लामा, वाग्मतीका १३ जिल्लामध्ये रसुवा र नुवाकोटबाहेक अरु ११ जिल्लामा, गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक १० जिल्लामा र कर्णालीका १० मध्ये हुम्लाबाहेक ९ वटा जिल्लामा सङक्रमित भेटिएका छन् । मधेस प्रदेशका आठ वटै जिल्ला, लुम्बिनीक...

चार जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदै

काठमाण्डाै - ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ । यी जिल्लामा  निषेधाज्ञा थप्ने तयारी छ ।  यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् । सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ । सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ । दाङमा आउँदो असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म, गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ ...

अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा, ५१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक

काठमाण्डाै - सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा लगाएको छ । आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म लागू हुनेछ । दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ चार गतेसम्मको विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको ...

२० जिल्लामा पाँच सय र १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित

नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र  १४ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।

१२ जिल्लामा पाँच सय र २१ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित

नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र २१ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।

१२ जिल्लामा पाँच सय र १८ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित

नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र  १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।

यी १२ जिल्लामा पाँच सय र १० जिल्लामा दुई सय बढी सक्रिय संक्रमित

नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र  १० जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।

१३ जिल्लामा पूर्ण, सात जिल्लामा आंशिक निषेधाज्ञा

काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहानसम्म स्थानीय प्रशासनले १३ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयका अनुसार पूर्ण निषेधाज्ञा जारी भएका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन र रुपन्देही छन्। बागलुङ, कालीकोट, बार्दिया, सल्यान, सुनसरी, दार्चुला र जाजरकोटमा आंशिक निषेधाज्ञा जारी गरिएको छ।

१२ जिल्लामा पाँच सय र १० जिल्लामा दुई सय बढी सक्रिय संक्रमित

नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र  १० जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।

१० जिल्लामा पाँच सय र नौ जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित

पालका दश जिल्लामा पाँच सय र नाै जिल्लामा दुई सयभन्दा बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।