बाँके – सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन्। आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन्। वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका-६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए। उनका अनुसार पक्की नभएका […]