ललितपुरको महांकालको मतगणना स्थगित

३१ वैशाख, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर ६ को मतगणना हुँदै गर्दा १५ वटा मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि गणना रोकिएको छ । चार सय मत गणना सकिएपछि अर्को बण्डल खोल्ने क्रममा १५ मतपत्रका निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत भेटिएको थियो । महाकांल माध्यमिक विद्यालय केन्द्रमा खसेको […]

सम्बन्धित सामग्री

ललितपुरको महालक्ष्मीमा खन्याइएको मतपत्र फेरि मतपेटिकामै हालेर सिलबन्दी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१० को ५५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि रोकिएको मतगणना स्थगित गरिएको छ । आज प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बसेर आवश्यक निर्णय गर्ने गरी सो वडाको मतगणना  स्थगित गरिएको हो । गणनाका लागि खनाइएको मतपत्रलाई पुनः मतपेटिकामा हालेर सिलबन्दी गरिएको...

दस्तखत नगरेको मतपत्र भेटिएपछि ललितपुरको महांकालमा गणना स्थगित

ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको पाइएपछि विवाद बढ्दा मतगणना स्थगित भएको हो । १ सय वटाको बण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएको बुझिएको छ ।