कक्षा १ मा प्रवेश परीक्षा नलिन विद्यालयहरूलाई निर्देशन

काठमाडौं : सरकारले कक्षा १ मा भर्ना गर्न इन्ट्रान्स(प्रवेश ) परीक्षा नलिन निजी तथा सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ। प्रवेश परीक्षा लिँदा बालबालिकाहरूको मानसिकतामा असर पुगेको गुनासो आएपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना नै जारी गरि प्रवेश परीक्षा नलिन निर्देशन दिएको हो। बालबालिकालाई कत्रो बोझ : एक कक्षामै भर्ना हुन 'इन्ट्रान्स' !‘शिशु विकास केन्द्रको अवधारणाअनुसार स्थापना भएका मण्टेश्वरी र संस्थागत विद्यालयका

सम्बन्धित सामग्री

जेभियर इन्टरनेशनलमा कक्षा १ को प्रवेश परीक्षामा झण्डै १ हजार सहभागी

काठमाडौं । जेभियर इन्टरनेशनल स्कूल चाबहिलले आउँदो शैक्षिक सत्रको लागि कक्षा १ को प्रवेश परीक्षा लिएको छ । मैजुवाहालमा रहेको उक्त विद्यालयले शैक्षिक सत्र २०८१ को लागि प्रवेश परीक्षा सम्पन्न गरेको हो । कक्षा १ को सीमित सीटको लागि झण्डे १ हजारजना परीक्षार्थी सहभागी भएका छन् । विद्यालयका अनुसार इन्ट्रान्सको नतिजा स्कूलको वेबसाइटमा राखिनुको साथै […]

कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने

काठमाडौं, चैत २ । केही ठूला विद्यालयले कक्षा १ मा भर्ना गर्न लिखित परीक्षा लिने तयारी गरेपछि स्थानीय तहले कारबाही गर्ने चेतावनी दिएको छ । विशेषगरी काठमाडौं र ललितपुरमा सञ्चालित केही ठूला विद्यालयले कक्षा १ मा भर्ना लिने तयारी गरेलगत्तै स्थानीय तहले यस्तो चेतावनी दिएको हो । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले कक्षा […]

बाल मनोविज्ञानमा व्यापार

कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन रोक लगाएर सरकारले सकारात्मक कदम चालेको धारणा आम नागरिकले व्यक्त गर्दैआएका छन् । कक्षा १ मा प्रवेश परीक्षा लिँदा अनुत्तीर्ण भएका विद्यार्थी र अभिभावकमा मानसिक तनाव हुने अवस्थाबाट रोक्न गरेको यस कदमले अभिभावकलाई राहत मिलेको त छ नै साथमा कलिला विद्यार्थीले पनि कोमल मुटुलाई छियाछिया पार्दै आफू […]

विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने

काठमाण्डाै - अबदेखि विद्यालयहरुले कक्षा १ मा विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यस्तै केन्द्रले कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि रोक लगाएको छ । कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै पालिका र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं ...

कक्षा १ मा भर्ना गर्दा प्रवेश परीक्षा नलिन निर्देशन

२८ पुस, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । उसले प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन समेत नगर्न निर्देशन दिएको छ । मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने, […]

मन्त्रालय भन्छ- प्रवेश परीक्षा लिन पाइँदैन, स्थानीय तह नै परीक्षाको संरक्षक !

काठमाडौं : सरकारले कक्षा १ मा निजी र सामुदायिक स्कुलले प्रवेश परीक्षा (इन्ट्रान्स) लिन नपाउने बताएको छ।तर, काठमाडौं उपत्यकाभित्रका अधिकांश निजी स्कुलले स्थानीय तहकै संरक्षणमा परीक्षा लिने गरेको पाइएको छ।ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले आगामी चैतबाट नयाँ भर्ना सुरु गर्दै छ।स्कुलका अनुसार कक्षा-१ मा भर्ना हुन प्रवेश परीक्षा दिएर पास गरेपछि मात्र त्यहाँ विद्यार्थी पढ्न पाउँछन्।यसैगरी ललितपुरकै रातो बंगला स्कुलले पनि प्रवेश परीक्षा लिन्छ।रातो बंगलाका कर्मचारीका अनुसार कोभिडको बेला

प्रवेश परीक्षाबारे उपत्यकामै भएन अनुगमन

आगामी २०८० सालको शैक्षिक सत्रदेखि कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन नपाइने व्यवस्था गरिए पनि उपत्यकाका कतिपय विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेका छन् ।

प्रवेश परीक्षाको विराम

बालबालिकाको शारीरिक तथा मानसिक तवरले स्वाभाविक विकास हुन सके मात्र सर्वाङ्गीण विकास मान्न सकिन्छ । विश्वका कतिपय विकसित मुलुकमा समेत बालबालिकालाई आठ वर्षको उमेरपछि मात्र विद्यालय पठाइने गरिन्छ । तर हामीकहाँ बालबालिकालाई धेरै सानो उमेरमा नै विद्यालय पठाउने होड नै चलेको पाइन्छ । साढे दुई वर्षका बालबालिकालाई आमाको न्यानो काखबाट विमुख गराएर विद्यालय पठाउने प्रवृत्ति नेपाली समाजको विशेषतामा रूपान्तरित भइरहेको अवस्था छ । समाजमा अहिले जसरी भए पनि अर्थोपार्जन गर्ने उद्देश्य रहेकाले विशेषगरी काठमाडाँैं उपत्यकाका नाम चलेका विद्यालयले कक्षा १ मा भर्ना लिन साना बालबालिकाको प्रवेश परीक्षा सञ्चालन गर्ने गरेका छन् । यो वर्षौंदेखि चल्दै आएको छ ।

कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् ।