राष्ट्रपति विरुद्धको अभिव्यक्ति प्रकरण : रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले छलफलको लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ ।  पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आक्रामक विरोध गर्दै आएकी नेत्री झाँक्रीलाई प्रहरीले बोलाएको हो । विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको भन्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले छलफलका लागि बोलाएको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए । ‘गोरखामा ब...

सम्बन्धित सामग्री

रामकुमारी झाँक्री पक्राउको ५ घण्टा : चौतर्फी आलोचनापछि ‘ब्याक’ भयो ओली सरकार

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्दै गरेको विवादित भाषणपछि पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री अन्ततः रिहा भएकी छिन् । चौतर्फी विरोधपछि प्रहरीले साँझ नै उनलाई रिहा गरिदिएको हो ।  उनलाई प्रहरीले बिहीबार दिउँसो १ः१० बजेतिर बानेश्वरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो भने करिब ५ घण्टा हिरासतमा रहेपछि साँझ ६ः२० बजे रिहा गरिएको हो ।  झाँक्रीलाई ‘सोधपुछ’ का लागि कार्यालयमा गइदिन आग्रह गर्दै प्रहरी उनको निवासमा पुगेदेखि नै

रामकुमारी झाँक्री पाँच घण्टापछि रिहा

काठमाडौं । राज्यविरुद्धको अपराधमा पक्राउ परेकी नेकपा (प्रचण्ड–नेपाल) समूहकी नेत्री रामकुमारी झाँक्री रिहा हुनुभएको छ । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई हिरासतमा लिएको पाँच घण्टापछि प्रहरीले रिहा गरेको हो । प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उहाँका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो। गोर्खाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो । झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । रिहाई भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले सरकारले पूर्वाग्रहका कारण आफूलाई गिरफ्तार गरेको भन्दै अब प्रतिगमनको दिनगन्ती सुरु भएको बताउनुभयो ।

नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार बिहान उनालई प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो । करीव ६ घण्टा अपराध महाशाखामा राखिएपछि उनी रिहा भएकी हुन्  । आफ्नो जिम्मा कसैले लिनस नपर्ने भन्दै उनी नवासतिर लागको छन् ।  झाँक्री पक्राउ परेपछि सरकारको सर्वत्र आलोचना भएको […]

रामकुमारी झाँक्री रिहा

काठमाडाैं : नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ।उनलाई प्रहरीले घरमै लगेर छाडिदिने सर्तमा रिहा गरेको हो। राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो। नेत्री झाँक्रीलाई रिहा गर्न चाैतर्फी दबाब बढेको थियो। नेकपाकै केही नेता उनलाई भेट्न पुगेका थिए।

रामकुमारी झाँक्री रिहा !

काठमाण्डाै – नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो । राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उहाँकै निवास शंखमुलबाट पक्राउ गरेको थियो ।उहाँलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।  केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर ग...

नेत्री रामकुमारी झाँक्री रिहा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीलाई रिहा भएकी छन् । महानगरीय अपराध महाशाखाले पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीवार राज्य विरुद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई पक्राउ गरेको थियो । गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आ...

रामकुमारी झाँक्री पक्राउको विरोधमा अनेरास्ववियुद्वारा बानेश्वरमा प्रदर्शन

नेकपा केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्री पक्राउको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल पक्ष समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले बानेश्वरमा विरोध प्रदर्शन गरेको छ ।  अपराह्न ४ बजे माइतीघर मण्डलामा भेला भएर अखिलका कार्यकर्ता नारा लगाउँदै नयाँ बानेश्वर पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोप लागेकी नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने भन्दै प्रहरीले बिहीवार मध्याह्न निवासबाटै पक्राउ गरेको थियो । पक्राउ परेकी झाँक्रीलाई...

रामकुमारी झाँक्री पक्राउ

न्युज अफ नेपाल, काठमाडौँ । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहानै झाँक्री निवास प्रहरी पुगेसँगैे नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी सुरु गरेका थिए । झाँक्रीले पक्राउ पर्नुअघि सम्बोधन […]

रामकुमारी झाँक्री पक्राउ (अपडेट)

काठमाडौं । नेकपा दाहाल– नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गरेकाे छ । महानगरीय अपराध महाशाखाका डीएसपी सुधिर शाहीले नेतृ झाँक्रीलाई बिहीबार पक्राउ पूर्जी थमाएका हुन् । झाँक्रीका समर्थकले भने अहिले निवासबाहिर नाराबाजी गरिरहेका छन् । झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने भएपछि सामाजिक सञ्जालमा झाँक्रीको समर्थनमा टिप्पणी सुरु भएको छ । अब देश मुडभेडमा : जनार्दन […] The post रामकुमारी झाँक्री पक्राउ (अपडेट) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

मुखमा कालो टेप टाँसेर सम्बोधनका लागि पुगिन् रामकुमारी झाँक्री

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री मुखमा कालो टेप लगाएर विरोध सभामा उपस्थित भएकी छन् । प्रतिगमन मुर्दावाद लेखिएको कालो कपडा, हातमा कालो पट्टी र मुखमा कालो टेप लगाएर सम्बोधनका लागि झाँक्री पोडियममा पुगेकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनलाई प्रहरीले निगरानीमा राखेको बताइएका बेला झाँक्रीले भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गरेकी हुन् । उनले मुखको टेप निकालेपछि 'बोल्न पाइन्छ' भन्दै भाषण शुरू गरेकी थिइन् ।