रामकुमारी झाँक्री पक्राउको विरोधमा अनेरास्ववियुद्वारा बानेश्वरमा प्रदर्शन

नेकपा केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्री पक्राउको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल पक्ष समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले बानेश्वरमा विरोध प्रदर्शन गरेको छ ।  अपराह्न ४ बजे माइतीघर मण्डलामा भेला भएर अखिलका कार्यकर्ता नारा लगाउँदै नयाँ बानेश्वर पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोप लागेकी नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने भन्दै प्रहरीले बिहीवार मध्याह्न निवासबाटै पक्राउ गरेको थियो । पक्राउ परेकी झाँक्रीलाई...