जङ्गली च्याउ र सडक बालक

शायद, त्यो च्याउले मसँग गुहार मागिरहेको थियो– ‘मलाई लैजाऊ यहाँबाट ! म यहाँ सामान्य होटलको सानो काउन्टरमा सजेको छु । म यहाँ अटेको छैन । म फैलन चाहन्छु । मलाई ठूलो ठाउँमा लगेर राख ! मलाई यहाँ कसैले चिन्दैन । म धेरैभन्दा धेरै मान्छेहरूका बीच चिनिन चाहन्छु । मेरो महत्त्व ठूलो छ ।’ मलाई यस्तै भान भयो ।

सम्बन्धित सामग्री

जङ्गली च्याउ खाँदा एककोे मृत्यु

घोराही – दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो । जङ्गली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलबार […]

जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ  पकाएर खाएका जनाइएको छ।

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

रसुवा - जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी भएका छन् । आमाछोदिङ्मो गाउँपालिका–५ ताताेपानीमा जङ्गली च्याउ खाएर ११ जना बिरामी भएका हुन् । बिरामी हुनेहरु रसुवा र लमजुङका रहेका छन् । बिरामीमध्ये चार जनालाई त्रिशूली अस्पताल रेफर गरिएको जिल्ला अस्पताल रसुवाले जनाएको छ । जङ्गलमा पाइने च्याउ सकभर नखान जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. निरज फोजुको आग्रह छ ।

दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी

दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन्। शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन्।...

जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल  मिश्राले बुधबार आयोजित प्रेस ब्रिफिङमा जङ्गली च्याउ विषालु हुने भएकाले नखान आग्रह गरेकी हुन् । बर्खायाममा जङ्गलहरूमा पाइने च्याउहरू विषालु हुने भएकाले खान नहुने उनको भनाइ छ । जङ्गलको विषालु च्याउ खाँदा गम्भीर बिरामी पर्नुका साथै ज्यानै जान सक्ने भएकाले खान नमिल्ने उनले बताइन् । जङ्गली च्याउ पकाएर, पोलेर खाँदा विष कम नहुने हुँदा नखान उनको सुझाव छ । जंगली च्याउन खाएर विभिन्न स्थानमा

जङ्गली च्याउ खाँदा छ जना विरामी, पाँचको अवस्था गम्भीर

रुपन्देही, असार १६। बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । ती पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जङ्गलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना बिक, […]

ओखलढुङ्गामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

ओखलढुङ्गा-  ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जङ्गली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् । आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक कुमारी […]

जङ्गली च्याउ खाँदा मकवानपुरमा एकजनाको मृत्यु

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ।राक्सिराङ–७ की कान्छिमाया प्रजाको जङ्गली च्याउ खाएर मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले सोमबार बिहान जङ्गली च्याउ खाएकी प्रजाको हिजो घरमा नै मृत्यु भएको थियो। प्रहरीलाई मंगलबार बिहान मात्रै खबर आएको र प्रहरी घटनास्थलतर्फ गएको उनको भनाइ छ। प्रजाको श्रीमान र नातिनी पनि च्याउ खादा बिरामी परेका

जङ्गली च्याउ खाँदा एकको मृत्यु

सङ्खुवासभा।खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ।च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए।च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए।गत बिहीबार जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भइकी थिइन्।