अविरल वर्षाका कारण प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामसहित प्रदेशका विभिन्न स्थान जलमग्न भएको छ । जनकपुरधाम उपमहमानगरपालिकाद्वारा एकीकृत शहरी विकास परियोजना अन्तर्गत ऋणको सहयोगबाट विकास निर्माण गरिएको ढल तथा नालामा पानी निकास हुन नसक्दा सडकदेखि घरसम्म पानी पसेर जनजीवन प्रभावित बनेको छ । ढलमा पानी निकास अवरूद्ध हुँदा मधेश भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलमग्न भएको छ । त्यस्तै धनुषाको ढल्केबर सतह हिसाबले उच्च स्थानमा पर्छ । तर वर्षाको पानी पूर्व–पश्चिम राजम