गर्मीमा गर्भपतनको सम्भावना उच्चः अध्ययन

न्युयोर्क, १५ असार । गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई र अगस्टमा उच्च देखिएको अध्ययन विश्लेषणमा देखिएको छ । सबैभन्दा बढी गर्भपतन दर अगस्टमा […]

सम्बन्धित सामग्री

चर्को गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने जोखिम- अध्ययन

अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए। चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो।

अत्यधिक गर्मीका कारण पेटमै बच्चा खेर जाने जोखिम दोब्बर

काठमाडौं अत्यधिक गर्मीका कारण बच्चा खेर जाने जोखिम दोब्बर हुने एक अध्ययनले देखाएको छ । भारतमा गरिएको अध्ययनअनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको मृत्यु हुने जोखिम दोब्बर देखिएको हो । अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए । चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन […]

गर्मीमा भन्दा जाडोमा बढी निद्रा लाग्ने – अध्ययन - NepaliPatra

एजेन्सी । मौसम परिवर्तनले हाम्रो निद्रामा असर गर्छ । गर्मी मौसममा मानिसलाई सजिलै निन्द्रा लाग्दैन भन्ने एक अनुसन्धानले देखाएको छ । मानिसहरूलाई सुत्न गाह्रो हुन्छ । अर्कोतर्फ, चिसोमा मानिसहरू सजिलै सुत्छन् । अमेरिकन एकेडेमी अफ न्यूरोलोजीले वर्षको चार मौसममा मानिसको निद्राको ढाँचाको अध्ययन गरेको छ । ‘न्युरोलोजी’ जर्नलमा चिसो मौसम सकिएसँगै दिन लामो र रात […]

चर्को गर्मीमा फ्रिजको चिसो पानी पिउन हुन्छ ?

काठमाडौं । टन्टलापुर घामबाट घरमा फर्किएपछि फ्रिजको चिसो पानी पिउन कसलाई मन नपर्ला ? गर्मीसँगै थकाइले प्यास लागिरहेको अवस्थामा चिसो पानीले घाँटी भिजाउनुको मज्जा नै बेग्लै हुन्छ । तर चिसो पानी पिउँदा स्वास्थ्यलाई हानि गर्छ कि गर्दैन भन्नेमा भने धेरैको ध्यान पुगेको हुँदैन । यसै सन्दर्भलाई लिएर भएका विभिन्न अध्ययन अनुसन्धानले भने घामबाट धापिएर आउने […]

वैदेशिक रोजगारीको विकल्प

देशको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा झन्डै २३ प्रतिशत अंश ओगटेको विप्रेषण आयात घट्दा अर्थतन्त्रका अवयवमा समस्या थपिएका छन् । अर्थशास्त्री र विश्लेषकहरूले विप्रेषण आय दिगो नहुने हुँदा विकल्प खोज्न ढिला गर्न नहुने सुझाव दिँदै आएका छन् । तर, सरकार देशभित्रै रोजगारी सृजना गर्ने नारामा मात्र रमाइरहेको छ । यसले गर्दा बेरोजगार युवायुवती वैदेशिक रोजगारीमा जान बाध्य छन् । नेपाल विप्रेषण आय उच्च दरमा भित्र्याउने मुलुकमध्ये एक भए पनि यसको अनुपातमा अर्थतन्त्रको आकार विस्तार हुन सकेको छैन, उत्पादनमूलक गतिविधि पनि बढ्न सकेको छैन । स्वदेशमा रोजगारी वृद्धिका लागि सन् २००६ को नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री एडमन्ड फेल्प्स्ले दिएको सुझावलाई कार्यान्वयन गर्न सक्दा धेरै उपलब्धि हात पर्छ । श्रमिकले स्वदेशमा काम गर्न सक्ने अवस्था सृजना हुँदा आत्मसम्मानमा वृद्धि हुन्छ । सामाजिक समस्या कम हुन्छन् । उनीहरूले उत्पादित गरेको वस्तु विदेशमा पठाउन सक्दा विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुन्छ । तर, नेपालमा भने उल्टो भइरहेको छ । श्रम बजारमा प्रवेश गर्नेजति युवा वैदेशिक रोजगारीमा जाँदा स्वदेशमा श्रमिक पाउन नसक्ने अवस्था आएको छ । ‘म्यानुफयाक्चरिङ’ र कृषिक्षेत्रले पर्याप्त श्रमिक पाउन नसक्ने अवस्था आएको छ । श्रमिक नै नपाएपछि उत्पादन वृद्धि हुने कुरै भएन । तत्काललाई हेर्दा नेपाल विप्रेषण आय उच्च दरमा भित्र्याउने मुलुकमध्ये एक भए पनि यसको अनुपातमा अर्थतन्त्रको आकार विस्तार हुन सकेको छैन, उत्पादनमूलक गतिविधि पनि बढ्न सकेको छैन । त्यसैले नेपालले वैदेशिक रोजगारी सम्बन्धी नीतिमा व्यापक पुनर्विचार गर्नु आवश्यक छ । पहिलो त नेपाली कामदारलाई कस्तो मुलुकमा पठाउने, कस्तो जनशक्ति पठाउने भन्ने नीतिमै ध्यान दिनुपर्ने देखिन्छ । वर्षेनि करिब ५ लाख श्रम बजारमा प्रवेश गर्छन् जसमध्ये सरकारी र निजी सबै गरेर ५० हजार जतिलाई मात्रै स्वदेशमा रोजगारी दिन सकिने अवस्था छ । बाँकी सबै वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता छ तर मुलुकले उच्च दक्षता भएका र सामान्य दक्षता भएका बाहेकलाई अन्य देशमा काममा पठाउनु हुँदैन । यतिखेर वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश थोरै पारिश्रमिक पाउने काममा जाने गरेका छन् । यसले गर्दा नेपाली युवाको मेहनत बालुवामा पानी हालेजस्तो भइरहेको छ । त्यसैले उच्च आय गर्न नसक्ने जनशक्तिलाई यहीँ रोकेर तालीमसहित रोजगारी उपलब्ध गराउनुपर्छ । वैदेशिक रोजगारीका लागि गएकामध्ये ९० प्रतिशत खाडी मुलुकमा पुगेका छन् जहाँको रोजगारी जोखिमपूर्ण छ र अदक्ष भएकै कारण उनीहरूले प्राप्त गर्ने ज्याला पनि निकै कम छ । नेपालमा दैनिक ज्याला नै अहिले करीब रू. १ हजार वरिपरि भएको अवस्थामा मासिक रू. ३५ हजार कमाउन नेपालीहरू खाडीको गर्मीमा ज्यान जोखिममा राखेर दिनरात खटिरहेका छन् । यस्तो श्रम बेचेर मुलुक उँभो लाग्दैन भन्ने हेक्का नीतिनिर्माताहरूले लिन जरुरी छ । कुनै पनि अर्थतन्त्र एउटै मात्र आयमा कहिल्यै पूर्ण निर्भर हुनु हुँदैन । त्यो क्षेत्रमा समस्या आउनासाथ पूरै अर्थतन्त्र ध्वस्त हुन सक्छ । यसलाई अर्थतन्त्रमा डच रोग भनिन्छ । यो डच रोगबाट बच्न पनि विप्रेषण आयको विकल्प खोज्न अबेला भइसकेको छ । नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ । अर्थात् काम गर्न सक्ने जनशक्ति अत्यधिक भएको मुलुकमा परेको छ । तर, हालै राष्ट्रि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकले अबको एक डेढ दशकमा यो संख्यामा निकै कमी आउने र काम गर्न नसक्ने उमेर समूहको संख्या बढ्ने स्पष्ट संकेत गरिसकेको छ । जुनसुकै देश विकसित भएपछि यस्तो अवस्थामा पुगेको पाइन्छ तर नेपाल अविकसित अवस्थामै यस्तो अवस्थामा पुग्यो भने अर्थतन्त्र झनै कहालीलाग्दो हुन सक्छ । नेपालजस्ता गरीब मुलुकले यस्तो अवस्था कुनै पनि हालतमा थेग्न सक्दैन । अत: विपे्रषणको विकल्प केके हुन सक्छन् त्यसको अध्ययन गरेर तिनको कार्यान्वयन गर्न विलम्ब गर्नै हुँदैन । र, कुनै पनि मुलुकका लागि वैदेशिक रोजगारी दीर्घकालसम्म उपयुक्त हुँदैन भन्नेबारे बुझ्न आवश्यक छ ।

पाल्पाको तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् । सो उद्यानबाट हिमालय तथा तराईका सुन्दर फाँटहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ, पैदलमार्ग, रेलिङ, तिलकथान मन्दिर, भवनलगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको हो । स्थानीय बासिन्दा भुवन रायमाझीले अग्लो डाँडाबाट अन्य स्थान अवलोकन तथा घुमफिरका गर्न रुचाउनेका कारण अहिले यस क्षेत्र चहलपहल बढेको बताए । जिल्लाको पश्चिम क्षेत्रमा हेर्नलायकको धार्मिक पर्यटकीय गन्तव्यको रूपमा उद्यानलाई विकास गरिएको छहरा –४ वडाध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । उद्यान गर्मीमा शीतल, जाडोमा घमाइलो तथा वनभोजका लागि उपयुक्त रहेको बताइएको छ । पछिल्लो समय कोरोना संक्रमणले आन्तरिक पर्यटकमा कमी देखिएको छ । आन्तरिक पर्यटकको चहलपहल ल्याउन प्रचारमुखी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता समेत रहेका पोखरेलले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले तिलकथान उद्यानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थप बजेटको व्यवस्था भएको जानकारी दिए । २ वर्षदेखि तिलकथानको विकासका लागि बजेट खर्चिएको छ । चालू आर्थिक वर्ष पार्कलाई तारबारले घेर्ने योजना छ । उनका अनुसार गाउँपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेका रैनादेवी, बल्ढगढी देवी, कालिका मन्दिरलाई थप विकास गर्न अध्ययन गरी काम अघि बढाएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले रैनादेवी छहरा गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुसार काम भएको बताए । गाउँपालिकाभित्र तरकारी, सुन्तला, कफी उत्पादनमा पाल्पामै अगाडि रहेको र तरकारी तथा सुन्तला  करोड रुपैयाँभन्दा बढीको निकासी हुँदै आएको उनले जानकारी दिए ।   लुम्बिनी–बल्ढेङगढी सडकलाई कालोपत्र गर्ने काम गाउँपालिकाले सुरु गरेको छ । यसले लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई पहाड ल्याउन सहज हुने अध्यक्ष कार्कीले बताए । रासस

पार्केट प्रयोगले बनाउँछ न्यानो र स्वास्थ्यमैत्री कोठा

काठमाडौं । अपवादबाहेक घर भन्नाले इट्टा, ढुंगा, बालुवा सिमेन्टको प्लास्टरसहितको कंक्रिट निर्मित आवासलाई बुझाउँछ । ढुंगा वा इँटको गारो वा काठको बारमा माटोले पोतिएका परम्परागत घर अहिले दुर्गम क्षेत्रका गाउँमा सीमित हुन पुगेका छन् ।  घर घरिघरि नबनाइने हुँदा सकेसम्म बलियो निर्माण जरुरी भइहाल्यो । त्यसका लागि प्रचलित कंक्रिटको घर बनाउनु सामान्य प्रक्रिया हो । यद्यपि त्यस्ता कंक्रिट निर्मित घरको कोठा कत्तिको मौसममैत्री हुन्छन् वा त्यस्ता कोठाले स्वास्थ्यमा के–कस्तो असर पार्न सक्छन् भन्नेतर्फ हामी कमै ध्यान दिन्छौं । हामीलाई अत्यावश्यक गास, बास, कपासका साथै हाम्रो स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण भएकाले बास अर्थात् घर स्वास्थ्यमैत्री हुनु जरुरी छ । त्यसका लागि घरको कोठामा काठ वा पार्केटको प्रयोगले धेरै सहयोग गर्न सक्छ । परम्परागत सिमेन्टरहित (ढुंगा माटोयुक्त) र सिमेन्टयुक्त कंक्रिटका घरका बीच स्वास्थ्यलाई ध्यानमा राखेर कुन उपयुक्त हो भन्ने तुलनात्मक अध्ययन भएको पाइँदैन ।  तर, चिसोमा धेरै चिसो नहुने र गर्मीयाममा पनि अधिक गर्मी नहुने आवासीय वातावरण स्वास्थ्यका लागि सहज हुन्छ ।  यस्तो वातावरणका लागि परम्परागत ढुंगा, माटो र काठ प्रयोग गरी बनाइएको घर बढी उपयुक्त हुन्छन् । परम्परागत घरमा सामान्यतः भित्तामा माटो पोतिएको हुन्छ । माटोमा तापमान सोस्ने प्राकृतिक प्रक्रिया ढिला हुने भएकाले जाडोमा न्यानो र गर्मीमा शितल रहने गुण हुन्छ ।  यसको विपरीत कंक्रिटमा तापमान सोस्ने प्रक्रिया छिटो हुने हुँदा जाडोमा अत्यधिक चिसो हुने र गर्मीमा अधिक तातो हुने गर्दछ । यसबाट माटोको भित्ता भएको घर प्राकृतिक वातावरणीय दृष्टिले बढी उपयुक्त देखिन्छ र यसको सीधा फाइदा स्वास्थ्यमा पनि पर्छ । तर निर्माण सामग्रीको उपलब्धता, भूकम्प तथा अन्य प्रकोपबाट सुरक्षा र आम प्रचलन आदिका कारण त्यस्तो घर बनाउन भने कठिन छ ।   परम्परागत माटोले पोतेको घर बनाउन कठिन भए पनि कंक्रिटकै घर वा कोठालाई प्राकृतिक वातावरणमैत्री बनाउने उपायको रूपमा पार्केट वा काठ प्रयोग गर्न सकिन्छ ।  माटोमा जस्तै काठमा पनि चिसो मौसममा न्यानो रहने, र तातो समय अत्यधिक तातो नहुने गुण विद्यमान रहन्छ ।  सहर बजारका घना बस्तीमा घामको न्यानो हरेक कोठामा पुग्न नसक्ने हुँदा विशेष गरी चिसो मौसममा घर अत्यधिक चिसो हुन सक्छ । त्यसले रोगी मानिसको स्वास्थ्यमा थप जटिलता ल्याउन सक्छ भने स्वस्थ मानिस पनि सर्दीका कारण रोगबाट प्रभावित बन्न सक्छन् ।  अस्पतालमा डाक्टरले विभिन्न रोगमा चिसोबाट बच्नू भन्ने सल्लाह बिरामीलाई दिएको जोकसैले सुनेकै हो । कस्तो रोगका लागि चिसो वातावरण खतरा हो भन्ने जिज्ञासामा धुलिखेल हस्पिटलका चिकित्सक (हाल शुझोउ मेडिकल हस्पिटल, चीन) डा. दिलबहादुर थोकर भन्छन्, ‘विशेषगरी नशासम्बन्धी रोग जस्तै बाथ, दम, मुटु रोग, जोर्नीसम्बन्धी समस्या आदिमा चिकित्सकले चिसोबाट बच्न सुझाव दिन्छन् । किनकि जाडोयाम वा चिसो वातावरणमा नशा, रक्तनली तथा जोर्नी साँघुरिने गर्छन् र त्यसको दबाबका कारण रोगले बढी असर गर्ने अवस्था सिर्जित हुन्छ ।’  औषधीमूलोको साथमा त्यस्ता रोगीले आफूलाई चिसो र सर्दीबाट बचाउनु पनि उत्तिकै जरुरी हुने उनको सुझाव छ । यसबाट कोठा न्यानो राख्न कति महत्वपूर्ण छ भन्ने सहज अनुमान लगाउन सकिन्छ ।  घर निर्माणपछि कोठा तयार गर्ने क्रममा त्यसको सतहमा कार्पेट, टाट वा पार्केटले ढाक्ने विकल्प हामीमाझ हुन्छन् ।  कार्पेट वा टाटभन्दा काठ वा पार्केट महँगो पर्न जान्छ ।  तर, पछिल्लो समय काठकै धुलोबाट रिसाइकल गरी बनाइएका पार्केट केही सस्तोमा पाइने गरेका छन् ।  काठको पार्केट अन्यभन्दा महँगो भए पनि वर्षौं टिकाउ हुने, एक पटक राखेपछि घरिघरि मर्मत–सम्भार गर्नु नपर्ने र सरसफाइका लागि सजिलो हुने हँुदा तत्काल केही महँगो भए पनि कालान्तरमा यसमा लगानी गर्नु सही निर्णय हुन सक्छ ।  काठबाट सिमेन्टको सर्दी प्रवाह नहुने भएको हुँदा यसले कोठा न्यानो राख्न मद्दत पुग्छ र स्वास्थ्यका लागि सहयोगी हुन सक्छ । काठको चिसोमा  अत्यधिक चिसो नहुने, गर्मीमा  अत्यधिक गर्मी नहुने गुणका कारण कोठालाई केही हदसम्म भए पनि प्राकृतिक रूपमा वातानुकूलित अवस्थामा राख्न मद्दत पुग्ने हुँदा काठको पार्केटले कोठाको सतह तथा भित्ताको पूरै वा निश्चित उचाइसम्मको भाग ढाक्नु (प्mलोरिङ गर्नु) बुद्धिमानी  हुन्छ ।  यसो गर्दा स्वस्थ रहन सहयोग पुग्नुका साथै घरको आन्तरिक शोभा पनि बढाउँछ ।