वैदेशिक रोजगारीको विकल्प

देशको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा झन्डै २३ प्रतिशत अंश ओगटेको विप्रेषण आयात घट्दा अर्थतन्त्रका अवयवमा समस्या थपिएका छन् । अर्थशास्त्री र विश्लेषकहरूले विप्रेषण आय दिगो नहुने हुँदा विकल्प खोज्न ढिला गर्न नहुने सुझाव दिँदै आएका छन् । तर, सरकार देशभित्रै रोजगारी सृजना गर्ने नारामा मात्र रमाइरहेको छ । यसले गर्दा बेरोजगार युवायुवती वैदेशिक रोजगारीमा जान बाध्य छन् । नेपाल विप्रेषण आय उच्च दरमा भित्र्याउने मुलुकमध्ये एक भए पनि यसको अनुपातमा अर्थतन्त्रको आकार विस्तार हुन सकेको छैन, उत्पादनमूलक गतिविधि पनि बढ्न सकेको छैन । स्वदेशमा रोजगारी वृद्धिका लागि सन् २००६ को नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री एडमन्ड फेल्प्स्ले दिएको सुझावलाई कार्यान्वयन गर्न सक्दा धेरै उपलब्धि हात पर्छ । श्रमिकले स्वदेशमा काम गर्न सक्ने अवस्था सृजना हुँदा आत्मसम्मानमा वृद्धि हुन्छ । सामाजिक समस्या कम हुन्छन् । उनीहरूले उत्पादित गरेको वस्तु विदेशमा पठाउन सक्दा विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुन्छ । तर, नेपालमा भने उल्टो भइरहेको छ । श्रम बजारमा प्रवेश गर्नेजति युवा वैदेशिक रोजगारीमा जाँदा स्वदेशमा श्रमिक पाउन नसक्ने अवस्था आएको छ । ‘म्यानुफयाक्चरिङ’ र कृषिक्षेत्रले पर्याप्त श्रमिक पाउन नसक्ने अवस्था आएको छ । श्रमिक नै नपाएपछि उत्पादन वृद्धि हुने कुरै भएन । तत्काललाई हेर्दा नेपाल विप्रेषण आय उच्च दरमा भित्र्याउने मुलुकमध्ये एक भए पनि यसको अनुपातमा अर्थतन्त्रको आकार विस्तार हुन सकेको छैन, उत्पादनमूलक गतिविधि पनि बढ्न सकेको छैन । त्यसैले नेपालले वैदेशिक रोजगारी सम्बन्धी नीतिमा व्यापक पुनर्विचार गर्नु आवश्यक छ । पहिलो त नेपाली कामदारलाई कस्तो मुलुकमा पठाउने, कस्तो जनशक्ति पठाउने भन्ने नीतिमै ध्यान दिनुपर्ने देखिन्छ । वर्षेनि करिब ५ लाख श्रम बजारमा प्रवेश गर्छन् जसमध्ये सरकारी र निजी सबै गरेर ५० हजार जतिलाई मात्रै स्वदेशमा रोजगारी दिन सकिने अवस्था छ । बाँकी सबै वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता छ तर मुलुकले उच्च दक्षता भएका र सामान्य दक्षता भएका बाहेकलाई अन्य देशमा काममा पठाउनु हुँदैन । यतिखेर वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश थोरै पारिश्रमिक पाउने काममा जाने गरेका छन् । यसले गर्दा नेपाली युवाको मेहनत बालुवामा पानी हालेजस्तो भइरहेको छ । त्यसैले उच्च आय गर्न नसक्ने जनशक्तिलाई यहीँ रोकेर तालीमसहित रोजगारी उपलब्ध गराउनुपर्छ । वैदेशिक रोजगारीका लागि गएकामध्ये ९० प्रतिशत खाडी मुलुकमा पुगेका छन् जहाँको रोजगारी जोखिमपूर्ण छ र अदक्ष भएकै कारण उनीहरूले प्राप्त गर्ने ज्याला पनि निकै कम छ । नेपालमा दैनिक ज्याला नै अहिले करीब रू. १ हजार वरिपरि भएको अवस्थामा मासिक रू. ३५ हजार कमाउन नेपालीहरू खाडीको गर्मीमा ज्यान जोखिममा राखेर दिनरात खटिरहेका छन् । यस्तो श्रम बेचेर मुलुक उँभो लाग्दैन भन्ने हेक्का नीतिनिर्माताहरूले लिन जरुरी छ । कुनै पनि अर्थतन्त्र एउटै मात्र आयमा कहिल्यै पूर्ण निर्भर हुनु हुँदैन । त्यो क्षेत्रमा समस्या आउनासाथ पूरै अर्थतन्त्र ध्वस्त हुन सक्छ । यसलाई अर्थतन्त्रमा डच रोग भनिन्छ । यो डच रोगबाट बच्न पनि विप्रेषण आयको विकल्प खोज्न अबेला भइसकेको छ । नेपाल अहिले जनसांख्यिक लाभको अवस्थामा छ । अर्थात् काम गर्न सक्ने जनशक्ति अत्यधिक भएको मुलुकमा परेको छ । तर, हालै राष्ट्रि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकले अबको एक डेढ दशकमा यो संख्यामा निकै कमी आउने र काम गर्न नसक्ने उमेर समूहको संख्या बढ्ने स्पष्ट संकेत गरिसकेको छ । जुनसुकै देश विकसित भएपछि यस्तो अवस्थामा पुगेको पाइन्छ तर नेपाल अविकसित अवस्थामै यस्तो अवस्थामा पुग्यो भने अर्थतन्त्र झनै कहालीलाग्दो हुन सक्छ । नेपालजस्ता गरीब मुलुकले यस्तो अवस्था कुनै पनि हालतमा थेग्न सक्दैन । अत: विपे्रषणको विकल्प केके हुन सक्छन् त्यसको अध्ययन गरेर तिनको कार्यान्वयन गर्न विलम्ब गर्नै हुँदैन । र, कुनै पनि मुलुकका लागि वैदेशिक रोजगारी दीर्घकालसम्म उपयुक्त हुँदैन भन्नेबारे बुझ्न आवश्यक छ ।

सम्बन्धित सामग्री

स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग

भेरीगङ्गा (सुर्खेत), ८ पुस । सुर्खेत वीरेन्द्रनगर–३ का मानकुमारी विकका ३० वसन्त बितेका छन् । उनी बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जान्छिन् । उनी पाककलामा पारङ्गत छिन् तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन् । उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ । छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग […]

वैदेशिक रोजगारीको विकल्प

राल्फाकालीन एउटा गीतको पंक्ति निकै चर्चित थियो– ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौँको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ।’ आज पनि मुलुकको अवस्था यस्तै छ– विदेश हिँड्नेको ताँतीले बस्नेको मन उस्तै गरी रुवाएको छ। मुलुकले राजनीतिक व्यवस्...

म्यादी प्रहरीको आ-आफ्नै अनुभवः छोटो समयको रोजगारीबाट सन्तुष्टि

म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरुको अनुरोधलाई बेवास्ता गर्दा असहज लाग्ने गरेको उनी बताउँछिन्। मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ। सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्छिन्, 'न...

२५ वर्ष वैदेशिक रोजगारीको विकल्प श्रममन्त्रीहरूले नदेखेकै हुन् ?

साढे ५ लाखमध्ये आन्तरिक श्रमबजारमा वार्षिक १ हजार युवाले जसोतसो रोजगारी पाउँछन् । त्योभन्दा बाहेकका युवा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमै जानुपर्ने बाध्यता छ ।

अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन : श्रममन्त्री कुँवर

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली संघ एनआरएनएबीच भर्खर भएको दुईपक्षिय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धीमुलक हुने अपेक्षा गरेको बताएका छन् । आइतबार भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपाय विषयक विचार गोष्ठिमा मन्त्री कुँवरले उक्त कुरा बताएका हुन् […]

वैदेशिक रोजगारीको विकल्प बन्दै इलामका चीज उद्योग

लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायिक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् ।

रेमिट्यान्स घट्दाको रोर्‍याइँ

वैदेशिक रोजगारी र रेमिट्यान्सको दिगो विकल्प नखोजी रेमिट्यान्स आप्रवाहमा कमी आउनासाथ रोर्‍याइँ गर्नुको अर्थ छैन वैदेशिक रोजगारी थोरैका लागि रहर हो भने धेरैका लागि बाध्यता । देशमा रोजगारीको अवसर सिर्जना नहुँदा बेरोजगार...

संकटमा वैदेशिक रोजगारी

नेपालको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने साढे ४ लाख श्रमशक्तिको विकल्प मानिएको वैदेशिक रोजगारीमा विगत दुई दशकयता सबैभन्दा बढी गिरावट आएको छ । कोरोना संक्रमणका कारण श्रम गन्तव्यमा रोजगारीका क्षेत्रमा आएको गिरावट र हवाईलगायतका सरोकार राख्ने क्षेत्र लामो समय बन्द हुँदा यसको असर नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा परेको हो । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा गिरावट आएसँगै त्यसको असर वैदेशिक रोजगार व्यवसाय र यसका सहायक स्वरोजगार व्यवसाय, बिमा, तालिम दिने संस्था र अन्य क्षेत्रमा समेत परेको छ । नेपाल राष्ट्र बैंकको पछिल्ल...

रोजगारीको पाल्सी कुरा र सरकारको अशक्तता

सरकारले मुलुकमा रोजगारी सिर्जना गर्ने जतिसुकै पाल्सी कुरा गरे पनि नेपाली युवाका लागि वैदेशिक रोजगारीको विकल्प दिन सक्ने छाँट ल्याएको छैन । स्वदेशमा रोजगारी सिर्जना गर्ने नाममा प्रधानमन्त्रीकै नाम जोडेर कार्यक्रम ल्याए पनि कार्यक्रमले रोजगारी त सिर्जना गर्न सकेन नै, विनियोजन गरेको बजेट पनि खर्च गर्न सकेन । तसर्थ, एकपटक नीतिनिर्माताहरूले गम्भीरतापूर्वक आफ्ना नीति तथा […]

रेमिट्यान्सले धानिदिएको लाहुरे अर्थतन्त्र

नेपाली युवा शक्ति कामदारका रूपमा ठूलो संख्यामा विभिन्न मुलुकमा छन् । मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प छैन । राज्यले काम दिन नसकेका मान्छे मलेसिया, कतार, दुबईलगायत मुलुकहरूमा श्रम गरेर घरमा रकम पठाइरहेका छन् । त्यही रेमिट्यान्सले परिवारको मात्र होइन, नेपाली अर्थतन्त्रको पनि विगत दुई दशकदेखि भरथेग गर्दै आएको छ । विदेशबाट पठाएको रेमिट्यान्स खर्चिदिएर […]